Tuesday, April 16, 2024
Homeफिचरमजदुर

मजदुर

- Advertisement -spot_img

दीपा धिताल

घरमा गरिबीको चाङ लागेको छ । बर्खामा बर्षेनी घरको छानोबाट पानीका थोपाहरूले भुइँतलामा साथ दिन आउँछन् । हिउँदको कठ्याङ्ग्रिने जाडोमा घरको भित्ताहरूबाट शितका कणहरू अंगालो मार्न आउँछन् ।
चैत– बैशाखमा हावाको साथ पाएर आइरहेका पात पतिङ्गरहरूले घरभित्रै पसेर आँखा जुधाएर जान्छन्  । घरको गरिबीइलाई जति लखेट्न खोज्छ रमेशले उतिउति चुलिदै जान्छ । दिनभर मजदुर ग¥यो साँझ चारजनाको परिवारलाई खान पुग्दैन । घरमा खर्च झनझन् बढ्न थालिसक्यो ।
उता छोराछोरी उच्च शिक्षा पढ्ने भइसके । जति मजदुरी गरे पनि पुग्ने हैन । चाडपर्वहरूमा श्रीमतीले राम्रो कपडा, गरगहना चाहियो भनेर सधैंको कचकच सुनिरहनु पर्ने  ।
एकछाक खान जुटाउन त गाह्रो परिरहेको बेला बिचरा रमेशले श्रीमतीलाई कसरी राम्रो कपडा गरगहना किनिदेओस् । जीवनभर साथ दिने जीवन साथीले नै जिन्दगीको समस्या नबुझेपछि निकै गाह्रो हँुदो रहेछ बाबै ! भनेर हिजो गुनासो पनि पोख्दै थियो ।
आज दिनभरको कामको थकाइले शरीर नै भारी भैरहेको छ रमेशको । ज्वाला आउला, आउला जस्तो पनि छ । यता घर भने राम्रोसँग छाउन नपाएको हुनाले गर्मी, बर्खा, जाडोका साथीहरू घरभित्रै अंगालो मार्न आउँछन् ।
उता साहुले पनि आफूले काम गरे बापत जतिको पैसा दिएन आज । साहुको नाममा गरिबको पसिना र रगत चुसेर शहरमा ठूलठूला महल ठड्याईरहेका चोरहरूलाई गरिब भएर जिउनुको पीडा के थाहा तिनीहरूलाई ?
नालायक सामन्तीहरू सधैं जिउँदो भइरहने होलान् जस्तो गर्छन् । मुर्दाहरूलाई त गरिब मजदुरहरूको पनि पाप लाग्दो रहेनछ । आफूले भने के गर्नु दुई चार शब्द बोल्यो कि औंला ठड्याईहाल्छ्न भएको त्यही मजदुरी पनि खोसिएला भन्ने डर । खोसिएपछि फेरि के गरौं, कता जाउँ,
के खाउँ, के लगाऊ भन्ने त्रास । रूदै के कराउँदै हिड्नु रोएर उपहार जित्न सकिदैन क्यारे ! यसरी सधैं कति दिनसम्म निरीह भइ बाँच्नु ?
सरकारले मजदुरहरू अब मजदुर मात्र रहनुपर्दैन । मजदुरहरूका दिनहरू पनि आउँदैछ्न् भनेर दिनहुँ चोक–चोकमा आश्वासनका खोस्टाहरू बाँडिरहन्छ तर मजदुरहरूकै रगत,
पसिना लुटेर सरकार चलाइरहेका छन् देश बनाउने नाममा हिडेका लुटेराहरू । हरेक मञ्चमा भाषण गर्ने तिनै लुटेराहरू नै अघि सरेका हुन्छन् तर हरेक ऐतिहासिक आन्दोलनमा अग्रमोर्चामा रहेर नारा लगाउने र गोली खाने उही निमुखा मजदुर अर्थात् श्रमजीवि हुन्छन् ।
आन्दोलनपछिका हरेक परिवर्तनमा रमाउने फेरी उही नेता, श्रमिक जहाँको तहिँ ।मन्त्रीहरूले यस्तै झुठा भाषणहरू छाटेर शहरमा महल बनाइसके मजदुरहरूका दिन भने जस्ताको त्यस्तै छन्  । न काम गर्दा सुख पाइएको छ न काम गरेजति पैसा नै पाइएको छ । उफ ! मजदुरहरूको जिन्दगी ?

रमेशलाई आज खै किन हो निद नै लागेको छैन । मनमा यस्तै अनेकथरी कुरा खेलाइरहेको छ । एकातिर श्रीमतीको गुनासो सम्झिन्छ । अर्कोतिर छोराछोरीको आवश्यकता सम्झिन्छ । घरको स्थिति सम्झन्छ ।
मजदुर गर्ने ठाउँमा साहुको व्यवहार सम्झन्छ र दिक्क हुँदै टाउकोमा हात राख्छ । के गर्नु जति काम गरेपनि खान, लाउन धौं–धांै पुग्छ । शरीरमा बल हुन्जेल त काम गरेर आफ्नो र घरपरिवारको जीवन निर्वाह गरूँला तर शरीरले काम गर्न छाडेपछि भने कसरी गुजारा चलाउने ?
फेरि छोराछोरी नि अब त ठूला भैसके उनीहरूका आवश्यकताहरू नि ठूला हुँदै जालान । आफूले त नपढेर यस्तो मजदुरीतिर लागें छोराछोरीलाई त पढाउनु पर्यो नि आफूजस्तै बनाउन नि भएन । धन्न मेरा छोराछोरी ज्ञानी बुझ्ने छन् र मलाई नि सहज भएको छ दैनिकी चलाउन ।
पहिले नै आवश्यक सीप सिकेर काम गर्न थालेको भए आज सहज हुने थियो । आफू कुनै काममा दक्ष हुन सकिएन त्यसैले थोरै पारिश्रमिकमा समेत घोटिएर काम गर्नुपर्ने अवस्था छ ।
विदेश जाउ कसले पो पत्याएर ऋण दिन्छ ? आफुसँग पैसा छैन । सायद मसँग नि पैसा भैदिएको भए विदेश जान्थे होला पल्लाघरे चन्द्रेजस्तै एउटा सुन्दर घर बनाउथे होला ।
श्रीमतीलाई गरगहना, छोराछोरीलाई राम्रा कपडाहरू किनिदिन्थे होला अनि त कति सुन्दर हुने थियो मेरो जिन्दगी पनि । अर्काको यसरी मजदुरी गरेर खान पर्ने थिएन होला ।
अब जे होस् केही समय पैसा जम्मा गरेर म पनि परदेशतिर नै लाग्नुपर्छ । यो देशमा बसेर मजदुरी गरेर खान नि नपुग्ने भयो । न काम गरेबापत पारिश्रमिक नै पाइने ।
विदेश गएपछि कमसेकम पैसा त बचत हुन्छ । छोराछोरीले पनि त राम्रोसँग पढ्न पाउलान् । आफ्नै देशमा बसेर केही गरौं भन्यो सधैं देशको स्थिति उस्ता–उस्तै हुने केही हैन । यो नालायक सरकारको आस गरेर कति दिन जीवन निर्वाह गर्नु ?
त्यतिकैमा अनेक कुराहरू सोच्दा–सोच्दै बिहान भएको पत्तै हुँदैन रमेशलाई । फेरि सदाझै झोलामा मकै र भटमास भुटेर राख्छ र उहीँ मजदुर गर्नतिर नै लाग्छ । देखेका सपनाहरू सबै कहाँ पूरा हुन्छन् र देखेका सपनाहरू सबै पूरा हुनेभए किन यसरी दौडधुप गर्नुपथ्र्यो र जिन्दगीमा ।
दिनभर काम गर्दैमा केही सम्झने, देख्ने फुर्सद हुँदैन रातभर मीठा–मीठा सपनाहरू देख्यो बिहान उठ्यो देखेका सपनाहरू एकातिर दौडन्छ्न् आफू अर्कोतिर दौड्ने क्रम फेरि जारी नै रहन्छ  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here