Thursday, February 13, 2025
Homebreaking-newsगीत, संगीतको उचाइमा पुग्दै गोपाल

गीत, संगीतको उचाइमा पुग्दै गोपाल

- Advertisement -spot_img

तुलसीपुर, २५ माघ ।
भन्न पनि हे सानु लाइराछ सरम …
सुको पैसा गोजिमा छैन के गरम ?
दूरी भयो टाढा, भेट्नलाई आउ भन्छ्यौ, आउ भन्छ्यौ हे छैन् गाडी भाडा
छ भने प्यार… प्यार, आइएमइ गर दुई चार हजार
यस्तै–यस्तै गीत गाउँदै नेपाली गीत, संगीतमा चर्चा कमाउन सफल नाम हो गोपाल नेपाल जीएम । करिब एक दशक अघि गीत, संगीतको यात्रा शुरू गरेका लोकगायक जीएमले अहिले दर्जनौ गीतमा स्वर दिइसकेका छन् ।
उनले स्वर दिएका हरेक गीत नेपाली बजारमा सफल छन् । गीत सफल बन्दै गएपछि कलाकारिताबाटै सुन्दर भविष्यको खोजीमा छन् ।
‘शुरूमा लहलहैमा गीत गाउन शुरू गरियो, श्रोताले सबैजसो गीत मन पराइदिनुभयो’ उनले भने– ‘अब कलाकारिताबाटै सुन्दर भविष्य देखेको छु । बहुप्रतिभाका धनी लोकगायक जीएम आफैले शब्द,
स्वर र लय गर्दै आफ्नो गीतमा आफै मोडलिङसमेत गर्ने गरेका छन् । नयाँ पुस्ताले खोजेको कथालाई गीतमा पस्किन थालेपछि उनका सबैजसो गीत सफल बनेका छन् भने गीत हिट बन्दै जान थालेपछि माग पनि बढेको छ ।

‘गीत सफल बन्दै गएपछि अहिले विभिन्न स्टेज कार्यक्रमहरूमा माग पनि बढेको छ, स्रोता तथा दर्शकले मन पराइदिनुभएको छ’ उनले भने– ‘अब २÷४ हजार आइएमइ गरेर पठाउ भन्नुपर्ने अवस्था छैन् ।’
सञ्चारक्षेत्रमा लामो समयको अनुभवपछि लोकदोहोरी क्षेत्रमा प्रवेश गरेका उनी भन्छन्– ‘हरेक क्षेत्रमा नयाँ र फरक गर्न सक्ने हो भने सुन्दर भविष्य बनाउन भौतारिनु पर्दैन्’ उनले भने–
‘यो क्षेत्रमा केही नयाँ दिन सकेको कारणले त होला, मलाई दर्शक, श्रोताले माया गरिदिनुभएको छ ।’ उनले स्वर दिएका गीत ‘मेरो माया लयो आफन्तैले’, ‘आइएमी गर २÷४ हजार’, ‘नक्कली मोरी’, मेरो माया उल्का भो’
लगायतका गीतले झनै उचाइमा पु¥याएको छ । चुनौती हरेक क्षेत्रमा छन् तर चुनौतीलाई जसले सामान गर्न सक्यो त्यसले नै सफल प्राप्त गर्ने हो ।
उनले पनि शुरूमा लहलहैमा २÷३ वटा गीत बजारमा ल्याएपछि चर्चा त कमाए तर संगीत नसिकेर जाँदा चुनौतीको समान गर्नुप¥यो । गायन क्षेत्रमा संगीत सिकेर आउन सक्यो भने झनै सहज हुने उनको बुझाई छ ।
‘लगानीको भरमा कलाक्षेत्रमा आउने लहर छ, अब त्यतिले हाम्रा सिर्जना उत्कृष्ट हुन सक्दैनन्’ उनले भने– ‘गीत, संगीतमा आउन पनि ठूलो त्याग र तपस्या गर्नुपर्छ, यसमा लगानीको भरमा आउनुभन्दा पनि सिकेर आउन सकेमा भविष्य राम्रो देखिन्छ ।’
गायक जिएमले अहिले झण्डै ७० वटा गीतमा आवाज दिइसकेका छन् । तर उनीलाई आफैले स्वर दिएका गीत राम्रा लाग्दैन् । ‘खै किन हो किन ? आफैले स्वर दिएका गीतमा के नपुगेको के नपुगेको जस्तो लाग्छ’ उनले भने–
‘मलाई राम्रो नलागे पनि श्रोता तथा दर्शकले मन पराइदिनुभएको छ ।’ फरक ढंग र फरक सोचका साथ नयाँ गीत बजारमा ल्याउने गरेका उनले हरेक क्षेत्रमा नयाँपन दिने व्यक्ति नै सफल हुने बताए ।
छोटो समयमै चर्चामा आउन सफल उनी नेपालका विभिन्न जिल्लासहित भारतका विभिन्न स्टेज कार्यक्रममा पुग्ने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here