- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरलोकार्पण एवं समीक्षा कार्यक्रम

लोकार्पण एवं समीक्षा कार्यक्रम

- Advertisement -spot_img

घोराही, २५ माघ । दाङको घोराहीमा कृति लोकार्पण एवं समीक्षा कार्यक्रम भएको छ । राप्ती साहित्य परिषद् दाङको नियमित कार्यक्रम अन्तर्गत शुक्रबार १७२औँ श्रृङ्खला सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्यकार ईश्वरीकुमारी बस्नेतद्वारा लिखित ‘जे देखेँ त्यही लेखुँ’ नामक कविता संग्रहको लोकार्पण एवं समीक्षा गरिएको हो । परिषद् दाङका जिल्ला शाखा अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा अग्रज साहित्यकार गिरिराज शर्माको प्रमुख आतिथ्यतामा उक्त पुस्तकको विमोचन गरिएको हो ।
परिषद्का जिल्ला उपाध्यक्ष नगेन्द्र गुरूको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा पुस्तक लेखक बस्नेतले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रम सहजीकरण परिषद्का सचिव शारदा शर्माले गरेकी थिइन् । विमोचन गरिएको पुस्तकको समीक्षा परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here