- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरआध्यात्मिकता र हाम्रो चिन्तन

आध्यात्मिकता र हाम्रो चिन्तन

- Advertisement -spot_img

श्रीराम दहित

आध्यात्मिक मार्गको बारेमा चिन्ता र चिन्तन आजको नितान्त जरूरी छ । देखावटीपन तथा कुराले मात्र मानवजीवनको स्तरमा व्यक्तिगत जीवन र समाजमा सकारात्मक परिवर्तन ल्याउन गाह्रो छ । आध्यात्मिक शुत्र प्रयोगबाट महापुरूष हरूले व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्व कल्याणको मार्ग अपनाएका छन् ।
महापुरूषहरूको योजनालाई दैनिक जीवनशैली बनाउँदै आरोप होइन अनुरोध तथा नियमित सत्संग गर्दै सहयात्रीको रूपमा यात्रा गर्नु वर्तमान समयको माग हो । शास्त्रमा टेकेर विचारमा सकारात्मक परिवर्तनका लागि परम्पराको तुलनामा विवेकलाई महत्व दिन जरूरी छ ।
कुनै व्यक्तिलाई भौतिक रूपमा सहयोग गर्नुको तुलनामा उसको आहारबिहार, व्यवहार र विचार परिवर्तन गराउन उपयुक्त हुनेछ । जसका लागि सनातन संस्कृति अनुरूप जन्मदेखि मृत्युसम्मका वैज्ञानिक तथ्यमा आधारित संस्कारलाई व्यावहारिक प्रयोग गर्न गराउन सरोकारवाला सचेत नागरिक लाग्न आवश्यक छ ।
नेपालको सन्दर्भमा शास्त्रको उचित विवेचना र प्रयोग गरी शङ्का, स्वार्थ, घात र प्रतिगमनलाई न्यूनीकरण गर्न सहज हुनेछ । म होइन हामी मेरो होइन हाम्रो भन्न सकौं जसका कारण समस्या होइन समाधान भेटिनेछ ।
नित्य नियमित मन्त्रजप, ध्यान, योग आसन लगायतका आध्यात्मिक गतिविधिको व्यवहारिक प्रयोग स्वयम् गरौं जनजनलाई गराऔं । हाम्रो साझा चाहना ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः ।’
शास्त्रीय युक्तिलाई परिणाममा चरितार्थ गराउन आध्यात्मिक मार्गलाई विवेकपूर्वक चिन्तन गर्न आजको अत्यन्त जरूरी छ ।
धार्मिक संघसंस्था सम्प्रदायका नेतृत्व धर्मगुरू, विश्लेषक, विज्ञ, राजनैतिक नेतृत्व, सामाजिक अभियन्ता, शान्ति र समग्र समृद्धि चाहना हुनेहरूले गम्भीर रूपमा चिन्ता र चिन्तनानुसार कार्य गर्न आजको आवश्यकता देखिन्छ ।
महिला युवा सशक्तीकरण प्रशिक्षण, चेतनामूलक नाटक प्रदर्शन, आध्यात्म, विज्ञान, शिक्षा, राजनीति, कानुन तथा आर्थिक क्षेत्रका विज्ञहरूद्वारा कर्तव्य, दायित्वबोध र अधिकारका विषयमा अन्तरक्रिया गराउँदा समाजमा सकारात्मक सन्देश प्रवाह हुने थियो ।
आध्यात्मलाई जीवनशैली बनाएका हाम्रा पूर्खाहरूको इतिहास बिर्सदा आज भ्रष्टाचार, कामचोरी, बलात्कार, भौतिक तथा मानसिक हिंसा, रोग, शोक भोकले हाम्रो समाज आक्रान्त छ ।
पशुपतिनाथ, बुद्ध, सीता, वीर नेपालीको परिचय हराउँदै छ । आध्यात्मिक मार्गबाट प्राप्त हुने प्रत्यक्ष फाइदा इमान्दारी, जिम्मेवारी, बहादुरी र समझदारी हामीबाट समाप्त हुँदै गएको छ ।
एउटैमात्र कारण हो आध्यात्मलाई कर्मकाण्डको रूपमा मात्र हेरिनु । जातीय र व्यक्तिगत स्वार्थमा शास्त्र विवेचना गर्नु ।
समाजमा सकारात्मक परिवर्तनका लागि जिम्मेवारी वहन गरेका नेतृत्व पंक्तिमा जबसम्म आध्यात्मिक चिन्तन तथा मनुष्य जीवनको बोध हुँदैन । तबसम्म हामीले नचाहेका अमानवीय गतिविधि दिन दुगुणा रात चौगुणाका दरले बढी रहनेछ ।
हाम्रोजस्तो आध्यात्मिक समाज जब विनासको उत्कर्षमा पुग्नेछ तब हाम्रा भावी सन्ततिले अमृततुल्य ऋषि परम्पराको शास्त्र इतिहास अध्ययन गर्दै हामीलाई ढिक्कार्ने छन् ।
हाम्रो अस्तव्यस्त जीवनशैलीलाई व्यस्तमस्त बनाई रहन नित्य नियमित कार्यतालिका अनुसार मन्त्रजप, स्वाअध्याय, सत्संग, ध्यान, प्रणायाम, योग,
व्यायामजस्ता कार्यलाई व्यावहारिक कार्यान्वयन गरिए गुम्दै गएको परम्पराको पुनर्जागरण हुनेछ । र हामीले व्यक्तिमा देवत्व तथा धर्तीमै स्वर्गीय अनुभूति गर्नेछौँ ।
वेदशास्त्रमा उल्लेख भए अनुसार मनुष्य जीवनलाई सार्थक बनाउन ज्ञान, कर्म र भक्ति मार्गको वैज्ञानिकता तथ्यलाई समेत विश्लेषण गर्न गराउन जरूरी छ । पुजा गर्ने तुलसी, वर पिपल, कुश, जौ, तील, जमरा
, बेल, अपामार्ग, चन्दन लगायतका औषधिय गुणयुक्त जडिबुटी बोट वृक्ष र परम्परालाई वैज्ञानिक रूपमा विश्लेषण गराउन नसक्दा विकृती बढ्नु स्वभाविक मान्न सकिन्छ । मानव अस्तित्वलाई समग्र रूपमा शान्ति समृद्धि प्राप्ति गर्न गराउन अधिकार मात्र होइन कर्तव्य पालन गर्न जरूरी छ ।
आध्यात्मिक चिन्तन आध्यात्मिक शूत्रलाई जीवनशैली बनाऔं  । भाइचारा, सहअस्तित्व, समावेशी तथा समग्र विभेदमुक्त व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्व हाम्रो अगाडि देखिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here