- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसिक्न चाहनेका लागि एक्सपोः केसी

सिक्न चाहनेका लागि एक्सपोः केसी

- Advertisement -spot_img

प्रदेश एक्सपोको सचिवालय स्थापना
तुलसीपुर, २४ माघ । आगामी फागुन १० देखि १२ गतेसम्म दाङको बेलझुण्डीमा हुन लागेको प्रदेश एक्सपोको बिहीबार सचिवालय स्थापना गरिएको छ ।
एक्सपोको तयारीलाई सहजताका लागि नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमा सचिवालय स्थापना गरिएको हो । सचिवालयको प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका हुन् ।
सचिवालयको उद्घाटन गर्दै मन्त्री केसीले प्रदेश सरकारले गर्ने गतिविधिको जानकारी दिन र प्रदेशका १२ वटै जिल्लामा उत्पादन हुने सामग्रीको प्रवद्र्धनका लागि प्रदेश एक्सपो सञ्चालन हुन लागेको बताए ।
‘अहिलेसम्म प्रदेश सरकारले गरेका गतिविधि र प्रदेश सरकारअन्तर्गत रहेका मन्त्रालयले गर्ने गतिविधिका बारेमा जानकारी दिन प्रदेश एक्सपो सञ्चालन हुन लागेको छ’ उनले भने– ‘प्रदेश सरकार गठन भएको दुई वर्ष हुन लाग्यो तर जनताले प्रदेश सरकारले गर्ने गतिविधिको बारेमा जानकारी नपाउँदा समस्या छ ।’
प्रदेश नम्बर ५ को सरकारको आयोजनामा आगामी फागुन १०, ११ र १२ गरी तीनदिनसम्म प्रदेश एक्सपो सञ्चालन हुन लागेको हो । प्रदेश सरकार र स्थानीय सरकारबीच सम्बन्ध स्थापित गरी समृद्धिमा हातेमालो गर्न एक्सपोले सहयोग गर्ने मन्त्री केसीले बताए ।
‘प्रदेश ५ का १०९ वटै स्थानीय तहमा भएको कला संस्कृतिसँगै स्थानीय उत्पादन दाङमा प्रदर्शनी हुन्छ’ उनले भने– ‘विदेशी कम्मलहरु बिक्री हुँदैन्, स्पष्टरुपमा स्थानीय उत्पादन मात्रै बिक्री हुन्छ, त्यो पनि स्थानीय सरकारले स्थानीय उत्पादन हो भने प्रमाणित गर्नुपर्छ ।’
उनले प्रदेश एक्सपोमार्फत नयाँ सन्देश दिन खोजेको बताए । सार्वजनिक यातायातमा संस्कार सिकाउन पनि प्रदेश एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सार्वजनिक सवारीमा सहचालक तथा स्टापले यात्रुलाई गन्तव्य स्थान, लाग्ने समय अनिवार्य बताउनुपर्ने छ, भाडादरको सूचि त अनिवार्य टाँस गर्नुपर्ने छ’ उनले भने–
‘अब बसमा पनि जहाजको जस्तै सिष्टम लागू हुन्छ, एयरहोस्टेजको भूमिका सहचालकले निर्वाह गर्नुपर्छ ।’ बसका चालक र सहचालकलाई तालिम प्रदान गरी प्रदेश एक्सपोको शुभारम्भसँगै कार्यान्वयन गरिने उनले बताए ।
मन्त्री केसीले प्रदेश सरकारले गरेका कामप्रति नागरिकका गुनासा भएमा पनि संकलन गरिने बताए । प्रदेश एक्सपोमा हरेकजसो स्टलमा सरकारका गुनासो पेटिका राखिने भएकाले पनि सुझावसहितका आफ्नो गुनासो राख्न पनि अनुरोध गर्दछौँ’ उनले भने–
‘हामी चाहन्छौँ, सरकार र नागरिकबीचको दूरी जति छ, त्यसमा पनि अझ नजिक होस् । नयाँ संघीय संरचनामा प्रदेश सरकारको औचित्य नभएको विभिन्न टिका टिप्पणी पनि हुने भएकाले प्रदेश सरकारका काम, कर्तव्यका बारेमा जानकारी दिन पनि प्रदेश एक्सपो सञ्चालन हुन लागेको बताए ।
‘सिक्न चाहनेका लागि प्रदेश सरकारले प्रदेश एक्सपोको आयोजना गरेको हो, स्थानीय उत्पादनमा साग, मुला प्रदर्शनीभन्दा पनि साग मुला उत्पादन गर्ने नयाँ प्रविधि के छ ?
कसरी सहजरुपमा कृषि उत्पादन गर्न सकिन्छ ? लगायतका कुरा हुन्छ’ उनले भने– ‘विज्ञान प्रविधिसँग हामी कसरी समाहित हुने भन्ने कुरा पनि हामीले यस्तो किसिमको कार्यक्रमको आयोजना गरेका हौँ ।’

विषेशज्ञसहितको उपचार निःशुल्क

प्रदेश एक्सपोमा विशेषज्ञसहितको उपचार सेवासमेत प्रदान गरिने भएको छ । प्रदेश सरकारले सञ्चालन गर्न लागेको एक्सपोमा नागरिकलाई विशेष किसिमको उपचार सेवा प्रदान गर्न लागिएको मन्त्री केसीले बताए ।
ग्रामीण भेकका नागरिकले कुनै पनि दीर्घकालिन रोगका कारण समस्या व्यहोर्नुपरिरहेको हुनसक्छ’ उनले भने– ‘प्रदेश एक्सपोमा निःशुल्क उपचार गरिनेछ ।
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा सचिवालयको उद्घाटन गरिएको हो । मन्त्रालयका सचिव तथा एक्सपोको सञ्चालन समिति सदस्य शंकरप्रसाद खरेलले एक्सपोमा पहिचानसहितको संस्कृति र कृषि पर्यटन प्रवद्र्धन गर्ने बताए । कार्यक्रमको सहजीकरण देविराम पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here