- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरकिसान कृषिबाट आत्मनिर्भर

किसान कृषिबाट आत्मनिर्भर

- Advertisement -spot_img

सल्यान, २४ माघ । सल्यानका किसानहरूले कृषि पेशाबाट आफूहरू आत्मनिर्भर बन्ने बताएका छन् । कृषिलाई आधुनिकीकरण गर्नसके राम्रो आम्दानी हुने भन्दै उनीहरूले नयाँ प्रविधि र आधुनिक उपकरणको प्रयोगले आफ्नो पेशा व्यवसायिक बन्न सक्ने बताएका हुन् ।
जिल्लाको कपुरकोट गाउँपालिकामा सञ्चालन भएको तीनदिने पालिकास्तरीय कृषि प्रशिक्षण तालिमको समापनका अवसरमा उनिहरूले यस्तो बताएका हुन् ।
तालिम समापन कार्यक्रमका अवसरमा सहभागीहरूले खेती गर्दा गरिने खनजोत, माटो परिक्षण, मलखाद व्यवस्थापनका विषयमा विशेष ध्यान दिन जरूरी रहेको बताए । कृषि पेशालाई नाफामुखी बनाउनका लागि कृषिको आधुनिकीकरणका बारेमा जानकारी लिनु अत्यावश्यक रहेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा कृषक कुल बहादुर बुढाथोकीले अन्नबाली उत्पादनका लागि लागि कृषि प्राविधिकहरूको सल्लाह र परामर्श अुनसार खेती गर्नुपर्ने बताए । तालिममार्फत कृषिलाई आयआर्जनसँग जोड्न सकिने आत्मविश्वास बढेको भन्दै दक्ष कृषि प्राविधिकहरूको सहयोगमा खेती गर्नुपर्छ भन्ने विषयमा जानकारी लिएको बताए ।
‘अन्नबाली होस् या फलफूल र तरकारी खेती, योजना बनाएर आधुनिक उपकरण र प्रविधिको प्रयोग गर्न सक्ने हो भने फाइदा हुने रहेछ’ उनले भने ‘तालिममा सिकेको ज्ञान र सिप प्रयोग गरी कृषिलाई आयआर्जनको मुख्य माध्यम बनाउने विश्वास लिएको छु ।’
यस्तै कृषक तेजबहादुर रानाले समय–समयमा किसानलाई तालिम र प्रविधिको बारेमा जानकारी दिनुपर्ने बताए । आफ्नो ठाउँलाई कृषिकै माध्यमबाट नमुना बनाउन सकिने भन्दै उनले यसका लागि दक्ष कृषि प्राविधिकहरूसँग सल्लाह तथा परामर्श लिएर अगाडि बढ्नुपर्ने बताए ।
यस्तै कृषक मुल समिति कपुरकोटका अध्यक्ष ईश्वर बुढाले किसानहरूको हकहित र अधिकारका लागि सबै किसान एकजुट हुनुपर्ने बताए ।
तीन दिनसम्म सञ्चालन भएको तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कृषिबाटै आफ्नो गाउँपालिकालाई नमुना बनाउने उद्देश्य रहेको बताए ।

बेमौसमी तरकारी खेतीका लागि प्रख्यात रहेको कपुरकोट क्षेत्रमा अर्गानिक उत्पादनलाई जोड दिन जरूरी रहेको औँल्याए ।
‘किसानहरूलाई हरेक प्रकारका तालिम तथा अनुदान दिनका लागि हाम्रो गाउँपालिका सँधै तयार छ’ उनले भने ‘यसर्थ अब परम्परागत खेती प्रणालीभन्दा माथि उठेर समूहमा आवद्ध भई आधुनिक ढंगले व्यवसायीक खेती गरौँ । ’
कपुरकोट गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा विभिन्न कृषक समूहका ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
तालिममा अदुवाबाली अनुसन्धान कार्यक्रमका कृषि प्राविधिकहरू रमेश चौधरी, सूर्य भुसाललगायत कृषि विकास शाखाका प्रशिक्षकहरूले बेमौसमी तरकारी खेती र यसका प्रक्रिया, आवश्यक रणनीती, नर्सरी व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै तालिममा नाप्रास कमला वलीले तरकारी बालीमा प्रयोग हुने ट्रयाप तथा विषादीका बारेमा प्रशिक्षण दिएकी थिइन् । यस्तै रोग तथा किरा ब्यवस्थापन, एकीकृत शत्रुजीव व्यवस्थापन,
टनेलभित्र गोलभेडा खेती, लहरे बाली खेती, सुन्तला खेती, बाली उप्रान्त पोष्ट हार्वेष्ट, माटोसम्बन्धी, कम्पोष्ट मल उत्पादन र मलखाद व्यवस्थापन सम्बन्धी जानकारी दिएको उनले बताइन् ।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिमको सहजीकरण कृषि विकास शाखा प्रमुख टिका कुमारी राईले गरेकी थिईन् । तालिममार्फत तरकारी तथा फलफूल खेतीसम्बन्धी आवश्यक पर्ने महत्वपूर्ण जानकारी पाएपछि स्थानीय किसानहरू खुशी भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here