- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsसवारी दुर्घटना कम गर्न सचेतना

सवारी दुर्घटना कम गर्न सचेतना

- Advertisement -spot_img

सल्यान, २४ माघ  । सल्यानमा प्रहरीले समुदाय प्रहरी साझेदारीअन्तर्गत सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक सचेतना अभियान बिहीबारदेखि सुरू भएको छ ।
जिल्ला ट्राफिक प्रहरी सल्यानको समन्वयमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाको आतिथ्यमा बिहीबार आयोजित एक कार्यक्रमबीच समुदाय प्रहरी साझेदारीअन्तर्गत सडक दुर्घटना न्यूनीकरणको लागि यातायात ब्यवसायीहरूसँग छलफल गरेको हो ।
प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले श्रीनगरमा आयोजित उक्त कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी उक्त अभियानको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक खतिवडाले सबै व्यक्तिले ट्राफिक नियमको पालना गरेमा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण हुने बताए ।
उनले बिशेषगरी चालकले यातायातका साधानहरू चलाउँदा मोवाइलमा कुराकानी गर्ने बानीले चालकको ध्यान सडकमा नभएर मोवाइलमा हुनुले बढी मात्रामा दुर्घटना भएको बताउँदै यातायात ब्यवसायीले पनि त्यतातिर सोचिदिन आग्रह गरे ।
नागरिकले आफ्नो चेतनालाई सही तरिकाले आचरणमा लागू गर्ने हो भने ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सहज हुने उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्लाबाट सञ्चालित सल्यान रूकुम यातायात प्रालि, शारदा यातायात प्रालि, कुमाख यातायात प्रालि, सल्यान शारदा यातायात प्रालिको संयुक्त आयोजनामा प्रालिमा आवद्ध रहेका ब्यवसायीहरूबीच उक्त कार्यक्रम शुक्रबार पनि सञ्चालन हुनेछ ।
कार्यक्रममा विशिष्ट अतिथि सल्यान उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीले गाडी ब्यवसायीहरूको अस्वस्थ प्रतिष्पर्धाले सडक दुर्घटना न्यूनीकरणको समस्या थप्ने र दुर्घटना निम्ताउन सक्ने भएकोले सबैलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
सडक दुर्घटना न्यूनीकरण सचेतना अभियानका संयोजक तीर्थराज धितालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुधन श्रेष्ठको पनि उपस्थित रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here