- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकाठेकोहलमा भेन्डिङ मेसिन

काठेकोहलमा भेन्डिङ मेसिन

- Advertisement -spot_img

घोराही, २४ माघ । तिनाउ मिसन डेभलपमेन्ट बैंकले घोराहीमा रहेको एक विद्यालयलाई अटोमेटिक सेनेटरी नेप्कीन भेन्डिङ मेसिन सहयोग गरेको छ । बैँकले बिहिबार एक कार्यक्रमका बीच सरस्वती मावि काठेकोहललाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।
महिनावारीको समयमा छात्राहरूले झेल्नुपर्ने विभिन्न समस्यालाई मध्यनजर गर्दै बैंकले नेप्कीन मेसिन सहयोग गरेको बैंकका केन्द्रीय कर्जा प्रमुख बासुदेव मल्ललले जानकारी दिए ।
सामाजिक क्षेत्रको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरूको समेत निकै महत्वपूर्ण भूमिका रहने भन्दै उनले सामाजिक उत्तरदायीत्वअन्तर्गत विद्यालयलाई उक्त मेसिन सहयोग गरिएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यपक बसन्ता पौडेलले महिनावारीको समयमा अब कुनै पनि छात्राले विद्यालय छोड्नु पर्ने, बीचमै पढाइ छोडेर घर जानुपर्ने, विभिन्न समस्याहरू झेल्नुपर्ने बाध्यता हटेर गएको बताइन् ।
‘सेनेटरी प्याड नहुँदा महिनावारीका समयमा छात्रहरूले विभिन्न समस्या भोग्नुपरेको थियो’ उनले भनिन् ‘अब त्यसको समाधान हुनेछ, कक्षा छाड्नुपर्ने छैन र पढाइमा समस्या हुने छैन ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका घोराही शाखाका प्रमुख कृष्ण ज्ञवाली, बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here