- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरअन्तरपुस्ता हस्तान्तरण

अन्तरपुस्ता हस्तान्तरण

- Advertisement -spot_img

घोराही, २४ माघ । दाङको घोराहीमा अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम सुरू भएको छ । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा कार्यक्रम सुरू भएको हो ।
बिहीबारदेखि सुरू भएको कार्यक्रममा जेष्ठ नागरिकसम्बन्धी संविधानले गरेको व्यवस्थाका बारेमा जानकारी, पुस्ता हस्तान्तरण, अन्तरपुस्ताका व्यबहारिक उपायका बारेमा अन्तरक्रिया भएको छ ।
कार्यक्रमले जेष्ठ नागरिकमा भएका ज्ञान, सिप, अनुभव आदान प्रदान गर्ने भएको छ । सामाजिक विकास शाखाका शाखा प्रमुख पशुपति चौधरीको अध्यक्षता तथा उपमहानगरका कार्यबाहक नगर प्रमुख सिता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरू भएको हो ।
कार्यक्रमको प्रशिक्षकमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, महिला बालबालिका तथा सामाजिक विकास शाखाका शाखा प्रमुख मोती विश्वकर्मा, जेष्ठ नागरिक दिवा सेवा केन्द्रका सचिव पदमप्रसाद शर्मा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here