Sunday, December 15, 2024
Homebreaking-newsनिःशुल्क शिक्षा पाउनै सकस

निःशुल्क शिक्षा पाउनै सकस

- Advertisement -spot_img

तुलसीपुर, २३ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुरमा रहेको बालमितेरी माविमा अहिले करिब ८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।
शिशु कक्षादेखि १२ कक्षासम्म अध्यापन हुँदै आएको विद्यालयमा अहिले २९ जना शिक्षकले अध्यापन गराइरहेका छन् । विद्यालयमा सरकारी दरबन्दीमा १९ जना शिक्षक छन् भने निजीस्रोतमा १० जना शिक्षकले अध्यापन गराइरहेका छन् ।
विद्यालयले आन्तरिक स्रोतबाट जसोतसो निजी स्रोतका शिक्षकलाई तलब व्यवस्थापन गरेपनि बेला मौकामा विद्यार्थीबाटै सहयोग लिनुपर्ने बाध्यता रहेको विद्यालयका सहायक प्रधानाध्यापक जंगवीर केसीले बताए ।
‘विद्यालयको आम्दानीको स्रोत राम्रो छ, तर पर्याप्त छैन्, उनले भने– ‘आन्तरिक स्रोतबाट नपुगेका कारण विद्यार्थीले भर्ना शुल्क बुझाउनु परेको छ ।’ विद्यालयमा पर्याप्त दरबन्दी नहुँदा निजीस्रोतका शिक्षकका लागि विद्यार्थीले शुल्क बुझाउने गरेको उनले बताए । ‘सकेसम्म विद्यार्थीबाट शुल्क नलिनुपर्ने हो, अहिले मासिक शुल्क त लिएका छैनौँ,
तर भर्ना हुँदा शुल्क सीमित भएपनि शुल्क लिने गरेका छौँ’ उनले भने– ‘विद्यालयमा माथिल्लो कक्षामा बढी शिक्षकको दरबन्दी नै छैन् ।’
तुलसीपुर–१२ हरिपौरीमा रहेको पशुपति माविमा पनि अहिले २ जना निजीस्रोतका शिक्षकले अध्यापन गराइरहेका छन् । कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा मावि तहमा सरकारी दरबन्दी नहुँदा दुईजना शिक्षकलाई निजीस्रोतबाट व्यवस्थापन गर्नुपरेको छ ।
मावि तहमा पढाउने शिक्षकले पनि न्यूनतम शूल्कमा निजीस्रोतबाट अध्यापन गराइरहेको र कक्षा ६ देखि माथिका विद्यार्थीबाट सहयोग शुल्क लिएर सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक रूद्रबहादुर डाँगीले बताए ।
‘मावितहमा दरबन्दी नहुँदा निजीस्रोतबाट दुईजना शिक्षक राखेका छौँ, उनले भने– ‘तल्लो तहका सरकारी शिक्षकले पनि मावि तहको अध्यापन गराउनुपर्ने बाध्यता छ ।’
कक्षा ९ र १० मा दरबन्दी नहुँदा निजीस्रोतमा शिक्षक राख्नुपरेको र विद्यार्थीबाट भर्ना वाफत केही सहयोग शुल्क लिने गरेको उनले बताए ।
‘भर्ना हुने बेलामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीका भर्ना शुल्क लिने गरेका छौँ’ उनले भने– ‘यो किसिमको शुल्क पनि नलिन पाए राम्रै हुन्थ्यो तर निजीस्रोतमा शिक्षक राख्नुपरेकोले समस्या छ ।’
तुलसीपुर–४ खाद्रेमा रहेको जनश्रम माविको समस्या पनि उस्तै छ । कक्षा १२ सम्म अध्यापन हुँदै आएको विद्यालयमा सरकारी कोटामा पर्याप्त दरबन्दी निजीस्रोतबाट शिक्षक व्यवस्थापन गर्नुपरेको छ ।
निजीस्रोत शिक्षकका कारण विद्यार्थीले शुल्क बुझाउनु नपरेपनि विद्यालयले तलब व्यवस्थापनमा आन्तरिक समस्या व्यहोर्नुपरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी थापाले बताए ।
सरकारी विद्यालयले पर्याप्त शिक्षकको जनशक्ति नपाउँदा विद्यार्थी, विद्यालय र सम्बन्धित निजीस्रोत शिक्षकले विभिन्न समस्या झेल्नुपरेको छ । शिक्षाको गुणस्तर ल्याउने सरकारले बेला–बेलामा खोकेपनि जनशक्ति पर्याप्त गर्न सकेको छैन् ।
विद्यालयले पर्याप्त जनशक्ति नपाउँदा निजीस्रोतमा शिक्षक व्यवस्थापन गर्दा विद्यार्थीले निःशुल्क शिक्षा पाउन सकेका छैनन् भने निजीस्रोतका शिक्षकले पनि न्यूनतम शुल्कमा अध्यापन गराउनुपरेको पीडा अर्कोतर्फ छ ।
सामुदायिक विद्यालयमा सरकारी दरबन्दी पर्याप्त नहुँदा विद्यार्थीले विभिन्न बहानामा शैक्षिक शुल्क बुझाउने गरेका छन् भने शिक्षक व्यवस्थापनका केही विद्यालयले पनि विभिन्न बहानामा शैक्षिक शुल्क लिइरहेका छन् ।
सरकारले शिक्षामा अरबौँको लगानी गरेको छ तर पनि सामुदायिक विद्यालयले अहिले पनि विभिन्न समस्या झेल्नुपरिरहेको छ ।
दाङका पनि अधिकांश सामुदायिक विद्यालयले शिक्षकको दरबन्दी पूरा नपाउँदा निजीस्रोतमा शिक्षक राखेर परिपूर्ति गरेका छन् । जसले गर्दा निजी स्रोतका शिक्षकलाई तलब व्यवस्थापनमा सामुदायिक विद्यालयले व्यवस्थापन गर्न हम्मे–हम्मे पर्ने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here