- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर‘पानीका लागि गम्भीर छौं’

‘पानीका लागि गम्भीर छौं’

- Advertisement -spot_img

बढ्दो जनसंख्यालाई पानीको सहज व्यवस्थापन गर्न चुनौती छ । दैनिकजसो पानीको माग बढिरहेको छ । तर मुहानका स्रोत झन दिनप्रतिदिन घटिरहेको छ । तुलसीपुरमा पनि बढ्दो सहरीकरणले पानीको मागलाई बढाइरहेको छ । अहिलेकै अवस्थामा पानीको आपूर्ति हुने हो भने दीर्घकालिन समस्या पर्ने देखिन्छ । जनताको मौलिक अधिकारका रूपमा रहेको खानेपानीको मागलाई सहज बनाउन सकस छ । सरकारले सन् २०३० भित्र एक घर एक धारासमेत योजना बनाएको छ । तर अहिले नै पानीको हाहाकार हुने गरेको छ । तुलसीपुरमा पनि गर्मी मौसमस“गै पानीको मागलाई व्यवस्थापन गर्न सकस हुने गरेको छ । बढ्दो जनसंख्यालाई पानीको व्यवस्थापन कसरी हु“दैछ त तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा राष्ट्रिय साना सहरी खानेपानी संस्थाका उपाध्यक्ष खेमराज वलीस“ग कुराकानी गरेका छौं । 


खानेपानीको आपूर्तिलाई कसरी सहज बनाउनुभएको छ ?

तुलसीपुर खानेपानी संस्थाबाट अहिले हामीले सामुदायिक र निजी गरी २ हजार ३ सय धारा पानी वितरण गरेका छौँ । खानेपानीको माग दैनिकजसो बढ्दै गएको छ ।
तुलसीपुरमा हामी आउँदा शुरूमा ६ सय धाराहरू वितरण भएको थियो । ति ६ सय धारामा पनि पानी सहज हुन सकेको थिएन ।
अहिले हामीले यति ठूलो संख्यामा धारा वितरण गरिसकेपछि पनि पानीको व्यवस्थापन सहजरूपमा गरिरहेका छौँ, कुनै समयमा कहिलेकाहीँ सानातिना समस्या आउने गरेका छन् ।
तर ति समस्यालाई पनि सहजरूपमा व्यवस्थापन गरेका छौँ । सबै उपभोक्तालाई सन्तुष्ट बनाएका छौँ भन्ने होइन् तर मलाई लाग्छ । हामीले वितरण गरेका धारामा उपभोक्ताले पानी आएन भन्ने गुनासो छैन् ।
चुनौती थुप्रै छन् । सहयोग भने कतैबाट पाएका छैनौँ । स्वच्छ खानेपानी पाउने नागरिकको मौलिक अधिकार हो भनेर कानुनमा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न चुनौती नै छन् ।

अहिलेकै संरचनाले मागलाई धान्न सक्ने अवस्था छ ?

छैन्, माग अत्याधिक बढिरहेको छ, धारा माग्न आएपछि धारा दिनैप¥यो तर व्यवस्थापनमा चुनौती निकै छन् । मुहान दिनदिनै सुक्दै जान थालेका छन् । माग भने दैनिक बढिरहेको छ ।
तुलसीपुर बजार क्षेत्र भएका कारण पनि बसोबास गर्ने नागरिकको संख्या एक किसिमले ह्वात्तै बढ्दै गएको छ । ग्राहकको मागलाई अब धान्न मुस्किल नै पर्छ । बढ्दो जनसंख्याको मागलाई आपूर्ति सहज व्यवस्थापन गर्नलाई पानीको स्रोत नै कमि छ ।

तुलसीपुरमा दैनिक कति खपत हुने गर्छ ?

तुलसीपुरमा अहिले दैनिक झण्डै १ करोड लिटर पानी खपत हुने गरेको छ । हामीसँग दैनिक ८० लाख लिटर पानीको स्रोत छ । उपभोक्ताको मागलाई मध्यनजर गर्ने हो भने तुलसीपुरमा अहिले दैनिक २० लाख लिटर पानीको अपुग देखिन्छ र पनि जसोतसो व्यवस्थापन गरेका छौँ ।
अहिले जाडो समयमा आपूर्ति सहज भएपनि गर्मी समयमा अलि बढी समस्या हुन्छ । गर्मी समयमा अहिलेको दरमा पानी झनै माग बढ्छ, स्रोत सुक्दै जान्छ ।

नयाँ धाराको कति माग हुने गरेका छन् ?

तुलसीपुरमा जनघनत्व बढ्दै जाँदा करिब १ हजारदेखि १ हजार ५ सयसम्म नयाँ धाराको माग वर्षेनी हुने गरेको छ । प्रक्रिया पूरा गरेका निवेदन सबैलाई धारा जडान गरिदिएका छौँ । अब मागलाई धान्न मुस्किल छ, किनभने स्रोत बढेको छैन् तर माग बढेको छ ।

मागलाई दीर्घकालिन समस्या समाधानका लागि योजना के छन् ?

अहिलेको मागले त ६/७ वर्षमा पानीको हाहाकार हुन्छ भन्ने ठम्याईका साथ हामीले बबईको पानी ल्याउने सोच गरेका छौँ । बबईको पानी लिफ्टिङ गरेर ल्याउन योजना बनाएका छौँ ।
यसका लागि ठूलो लगानी आवश्यक पर्छ । स्थानीय सरकार, प्रदेश सरकारको बजेट धान्न नसक्ने अवस्था छ । संघ सरकारले नै बजेट विनियोजन गर्न सक्यो भने हामीले सोचेको सपना पूरा गर्न सक्छौँ ।
अहिले हाम्रो ३० प्रतिशत र सरकारको ७० प्रतिशत सहलगानी गरेर बबईको पानी लिफ्टिङ गरेर ल्याउनका लागि प्रक्रिया अघि बढाएका छौैँ । योजनाको अहिले डिपिआर पनि तयार भएको छ ।
योजना सम्पन्न गर्नका लागि ३० देखि ५० करोडसम्म लाग्ने देखिएको छ । ठूलो यो योजना निर्माण सम्पन्न गर्न सकियो भने तुलसीपुरमा दीर्घकालिन रूपमा पानीको समस्या समाधान हुन्छ ।

टेण्डर प्रक्रियामा कहिलेसम्म जान्छ ?

सम्भवतः छिट्टै हुन्छ । डिपिआर तयार भैसकेको छ । डिपिआर अब सम्भवतः यही महिनाभित्रै पास भयो भने टेण्डर प्रक्रियामा लगत्तै जान्छ ।

सरकार र राजनीतिक दलहरूको सहयोग भएन भन्नुभयो, के सहयोग हुनुपथ्र्यो ?

राजनीतिक दलहरू त चुनावका समयमा मात्र हो, हामीहरू घर–घरमा धारा ल्याइदिन्छौँ भन्ने धुमधमका मच्चाउने तर चुनाव सक्किएपछि मौन रहने प्रवृत्ति अहिलेको होइन् उहिल्यैदेखिको हो ।
सरकार पनि तीनै तहका सरकार कसले सहयोग गर्ने ? भन्ने अन्यौल छ । जसको चपेटमा हामी परेका छौँ । सरकारले जनतालाई धारा दिने भनेर निर्देशन दिने गर्छ तर सहयोग गर्दैन् । खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि हामीले ल्याएका योजनामा सरकार गम्भीर हुन सकेन् ।
उपभोक्ता समितिलाई विघटन गरेर संस्थानमा लैजान सरकारले योजना बनाएको पनि सुनेका छौँ । यस्तो अवस्थामा झनै दुःख पाउने भनेको यहाँका नागरिकले नै हो । पानीको सहज व्यवस्थापनमा हुन सकेन भने दुःख त भइहाल्ने भयो ।

संस्थाको आगामी योजना सेवालाई फराकिलो बनाउने हो ?

अहिले हामीले सेवा प्रदान गरिरहेका ठाउँमा पनि धेरै नागरिकले पानी पाउन नसकिरहेको अवस्था छ, उहाँहरूलाई नै सर्वप्रथम त सेवा प्रदान गर्ने नै हो । अहिले हामीले सेवा प्रदान गरिरहेका उपभोक्तालाई सेवाको गुणस्तरियता बनाउने हो ।
जस्तै अहिले वडा नम्बर ३ को कल्ले बल्लेका नागरिकले पानी पाउन सकिरहेका छैनन्, त्यस्तै राणागाउँको क्षेत्र छ । यस्तै धेरै क्षेत्र नै सेवा पु¥याउनुपर्ने अवस्था छ । अहिलेको कार्यक्षेत्र भन्दा बाहिर अन्य ठाउँमा पानी वितरण गर्नका लागि त बबईको पानी नै आउनुपर्छ ।

खानेपानीको नीति कार्यान्वयन भएको छ ?

अहिले देशमा तीन तहका सरकार छन् । खानेपानीलाई संविधानमै नागरिकको मौलिक अधिकारको रूपमा लिएको छ । कुनै पनि नागरिकले खानेपानी सहजरूपमा पाउनुपर्ने उसको मौलिक अधिकारअन्तर्गत नै पर्छ ।
अझ खास भन्नुहुन्छ भने ५ हजारसम्म जनसंख्या भएकोलाई स्थानीय सरकारले हेर्ने, ५ देखि १० हजारसम्म जनसंख्या भएकोलाई प्रदेश सरकारले हेर्ने र १० देखि माथि जनसंख्या भएकोलाई संघ सरकारले हेर्ने नीतिमा छ ।
नीति त्यो बनेपनि कार्यान्वयन हुन सकेको छैन् । पहुँच हुने ठाउँमा तीनै तहका सरकारले बजेटको खोलो बगाएका छन् तर पहुँच नहुने ठाउँमा कुनै पनि सरकारले बजेट व्यवस्थापन गरेको पाइँदैन् । अहिले के पाइन्छ भने व्यक्ति चित्त बुझेन भने संस्थालाई धराप बनाउन खोज्ने प्रवृत्ति सरकारको देखिएको छ ।

नीति संस्थालाई खानेपानीको जिम्मा दिने कुरा छ के भन्नुहुन्छ ?

अब यो नेपाल सरकारले नीति नै बनाई सकेको छ । उपभोक्ता र सरकारले मात्रै एक घर एक धारा सफल हुन सक्दैन् । अब त्यो निजी क्षेत्रलाई पनि दिनुपर्छ भनेर नीति बनेको छ । निजी क्षेत्रले निती र विधिभित्र चलेर उसले पनि काम गर्न पाउनुपर्छ ।
निजी क्षेत्रले लगानी लगाएर जनतालाई पानी खुवाउँछ भन्नु राम्रो कुरा हो नि ! हामीले त यस्तो कुराको स्वागत गर्नुपर्छ । जनतालाई पानी सहजरूपमा व्यवस्थापन गर्ने चुनौतीको कुरा हो । त्यसैले निजी क्षेत्रले पनि म जनतालाई पानी पु¥याउन सक्छु भनेको छ, राम्रो कुरा नै हो नि त यो ।

फेरि अब आउँदो नेतृत्वका लागि आकांक्षि हुनुहुन्छ ?

म किन आउने संस्थामा, राजनीतिक आग्रह पूर्वाग्रह छ, अहिले पछिल्लो अवस्थामा मैले यस्तै कारणले सोचेजस्तो काम गर्न पाइन् । चुनौती थुप्रै छन्, के कति चुनौती रहेछन् ?
भन्ने कुरा त अब आउने नयाँ नेतृत्वले थाहा पाउने छ । मैले १२ वर्षसम्म संस्थालाई बचाइराखेको छु । अहिले निकै ठूलो चुनौती भनेको त ६ सय धाराको पानी २ हजार ३ सयमा पुगेको छ ।
यसलाई व्यवस्थापन गर्न निकै सकस देखेको छु । यहाँभित्र विभिन्न किसिमका बेथिति छन्, यस्तो अवस्थामा म फेरि आउन सक्दैन्, तर उपभोक्ताले मलाई नै योग्य ठान्नु भयो भने त म तयार पनि छु फेरि ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here