घोराही, २३ माघ । दाङ चेम्वर अफ कमर्सको आयोजनामा यही माघ १० गतेदेखि शुरू भएको नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सवको बुुधबार सकिएको छ । चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराको अध्यक्षता तथा प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
अध्यक्ष महराले महोत्सवबाट बचेको रकममध्ये केही शिक्षा क्षेत्रमा, केही रकम सामाजिक विकास र अरू रकम चेम्वरको भौतिक विकासमा खर्च गरिने घोषणा गरे ।
उनले महोत्सव अपेक्षा गरेकोभन्दा भव्य र सभ्य तरिकाले सम्पन्न भएको बताए । ‘हामी महोत्सवको सम्पूर्ण आय–व्यय विवरण फागुन दोस्रो साताभित्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने छौँ’ उनले भने–
‘यस पटकको महोत्सवमा हामीले स्थानीय कृषिका स्टलहरूलाई निःशुल्क प्रदान गर्नुका साथै स्थानीय प्रतिभालाई बढी प्राथमिकतामा राखेका थियौं ।’
प्रदेश सांसद् श्रेष्ठले कृषि प्रवद्र्धन तथा विकासको लक्ष्य राखेर सञ्चालन हुुने यस्ता मेला तथा महोत्सवले राम्रो सन्देश दिनुपर्ने धारणा व्यक्त गरे ।
श्रेष्ठले कृषि व्यापारतथा औद्योगिक क्षेत्रको प्रवद्र्धन तथा विकासमा टेवा पुु¥याउने उद्देश्यले सञ्चालित हुुने महोत्सवले कृषि उत्पादन तथा उद्यम विकासका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका निमित्त प्रमुुख लक्ष्मण सिंह श्रेष्ठले महोत्सवको आयव्यय प्रतिवेदन जतिसक्दो चाँडै सार्वजनिक गर्न आग्रह गरे ।
दाङका चेम्वर अफ कमर्सका उपाध्यक्ष तथा महोत्सव आयोजकका कार्यक्रम संयोजक बलदेव योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा घोराही उपमहानगरपाकिला प्रवक्ता भरत अर्याल,
नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ, नेपाली काँग्रेस दाङकी कोषाध्यक्ष सावित्रा राणा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, घरेलुु तथा साना उद्योग कार्यालय दाङका बामदेव शर्मा महोत्सवले दाङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
Stay Connected
Must Read