Sunday, June 15, 2025
Homebreaking-newsयामाहाको अफरै अफर

यामाहाको अफरै अफर

- Advertisement -spot_img

तुलसीपुर, २३ माघ । यामाहा कम्पनीले म्यारिज स्किम ल्याएको छ । स्किमअन्तर्गत सलुटो र एसजेड आरआर मोटरसाइकल खरिदमा ३२ इन्चको टेलिभिजन सित्तैमा पाइने भएको छ ।
यामाहा कम्पनीको तुलसीपुरको अधिकारिक बिक्रेता ड्रिमल्याण्ड ट्रेडर्स प्रालिले बुधबार पत्रकार सम्मेलन गरी म्यारिज स्किम फागुन महिनाभर सञ्चालन गर्ने जनाएको छ ।
प्रालिका सञ्चालक राजेन्द्र श्रेष्ठले कम्पनीले स्किमअन्तर्गत मोटरसाइकल एक्सचेन्जसमेत गर्ने बताए । कम्पनीले प्रत्येक वर्ष फागुन महिनामा म्यारिज स्किमअन्तर्गत विभिन्न उपहार योजनाहरु ल्याउने गरेको उनले बताए ।
यामाहा कम्पनीका मोटरसाइकल, स्कुटी ग्राहकको रोजाइमा पर्ने गरेको भन्दै उनले अहिले पनि ग्राहकको सहजताका लागि म्यारिज स्किम सञ्चालन हुन लागेको बताए ।
स्किमअन्तर्गत स्कुटी खरिदमा शून्य ब्याजदरमा फाइनान्सको व्यवस्था रहेको प्रालिका सेल्स इन्चार्ज लंकबहादुर खड्काले बताए । फागुन मसान्तसम्म स्किम रहेको भन्दै कम्पनीको स्कुटी खरिदमा फाइनान्ससँगै छुटको व्यवस्थासमेत रहेको जानकारी दिए ।
यामाहा कम्पनीको मोटरसाइकल जापानिज प्रविधिबाट बनेको हुँदा अरुभन्दा गुणस्तरीय रहेको छ । म्यारिज स्किम भएपनि अविवाहितले मोटरसाइकल खरिद गर्न सकिने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here