- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलमहीमा डायलाईसिस सेवा

लमहीमा डायलाईसिस सेवा

- Advertisement -spot_img

देउखुरी, २३ माघ । दाङको लमहीमा अत्याधुनिक सेवासहितको मृगौला डायलाईसिस सेन्टर सञ्चालनमा आएको छ । मृगौला बिरामीहरुका लागि लक्षित गरी करिब ५ करोडको लगानीमा उक्त सेन्टर बुधबारदेखि सञ्चालनमा ल्याईएको हो ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ लमहीको सहयोगमा उक्त डायलाईसिस सेन्टर सञ्चालनमा आएको संस्थाका अध्यक्ष रविलाल आचार्यले बताए ।
नगरपालिकासँग २० वर्षका लागि प्रतिमहिना १० हजार रुपैयाँ भाडा दिने सम्झौता गरी नगरको डेढ कट्ठा जग्गामा उक्त सेन्टर सञ्चालन भएको उनले बताए ।
उनका अनुसार डायलाईसिस सेन्टरमा एकजना मेडिकल अफिसर र आठजना तालिम प्राप्त नर्सले बिरामीको सेवा प्रदान गर्ने छन् । हामी अहिले मृगौला बिरामीहरुलाई मात्र सेवा दिनेछौँ’ उनले भने ‘आगामी दिनमा मुटु रोगसम्बन्धी चेकजाँच र उपचार सेवा उपलव्ध गराउने हाम्रो लक्ष्य रहेको छ ।’

अत्याधुनिक सुविधासहितका १० वटा डायलाईसिस मेसिन राखिएको उक्त सेन्टर सञ्चालनको जिम्मा रोटरी क्लव अफ लमहीले लिएको छ । सेन्टरमार्फत एकदिनमा ३० जना बिरामीहरुको स्वास्थ्य उपचार गर्न सकिने मेडिकल अधिकृत डाक्टर दिपेश गुरागाईले जानकारी दिए ।
उनले सेन्टरमार्फत थाइराइडबाहेक अरु सबै चेकजाँच गर्न सकिने बताए । यसैबीच तीन महिनादेखि मृगौलाको समस्या झेल्दै आएकी घोराही उपहानगरपालिका–१५ निवासी २५ वर्षिय राधा जिसी लमहीमा डायलाईसिस सेन्टर सञ्चालनमा आएपछि निकै खुशी भएकी छन् ।
हप्तामा दुईपटक बुटवल जानुपर्ने बाध्यता हटेर गएको भन्दै उनी खुशी भएकी हुुन् । ‘उपचार निःशुल्क पाएपनि बुटवल जाँदा बिरामीहरुले यातायात, बास बस्न, समय खर्च हुनेजस्ता समस्या व्यहोर्नु परेको थियो’ उनले भनिन् ‘हप्तामा दुईपटक बुटवल आउँदा र जाँदा अनि खाना खाँदा मात्र ५ देखि ६ हजारसम्म खर्च हुने गर्दथ्यो, अब त्यो हटेर गएको छ ।’
लमहीमा सुविधा सम्पन्न डायलाईसिस सेन्टर सञ्चालनमा आएपछि राधाजस्तै धेरै मृगौलाका बिरामीले लमहीबाटै सेवा लिन पाउने भन्दै खुशी भएका छन् ।
डायलाईसिस सेन्टरमा सञ्चालन भएसँगै मृगौला रोगबाट ग्रसित भएका बिरामीहरु बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here