- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरगीत संगीत राम्रो भए चलचित्र सफलः खरेल

गीत संगीत राम्रो भए चलचित्र सफलः खरेल

- Advertisement -spot_img

दाङ, २३ माघ । लोकप्रिय गायक प्रमोद खरेलले चलचित्र व्यवसायिक रुपमा पनि सफल हुनका लागि गीत, संगीतको भूमिका अहम् हुने बताएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा गायक खरेलले चलचित्र हेर्ने दर्शकलाई सिनेमा घरसम्म लैजान गीत,
संगीतको भूमिका पनि निकै बलियो हुने बताए । चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा सुगम संगीतसँगै चलचित्रको पाश्र्व गायनमा पनि उत्तिकै फिट अनि हिट भएका लोकप्रिय गायक खरेलले नेपाली गीत, संगीतलाई थप दरिलो बनाउन अझैंपनि मौलिकता बोकेका गीतहरु आउन आवश्यक रहेको बताए ।
‘गीत संगीतमा ठूलो शक्ति छ’ खरेलले भने ‘तर, त्यसका लागि माटो सुहाउँदा मौलिक गीत, संगीत अझै आउन जरुरी छ ।’ गीत, संगीतमा ठूलो शक्ति र उर्जा भएकै कारण एउटा लामो सिनेमा निर्माण गर्दा पाँच मिनेटको गीतमा समेत निर्माताले व्यापक खर्च गर्ने गरेको बताए ।
चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here