- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयविश्वविद्यालय अनुसन्धान केन्द्र

विश्वविद्यालय अनुसन्धान केन्द्र

- Advertisement -spot_img

नेपाल संस्कृत विश्वविद्यालयको स्थापनामा गर्विलो इतिहास छ । स्थापनादेखि अहिलेसम्म भएका गतिविधिहरूले नेपाल संस्कृत विश्वविद्यालयलाई खास उद्देश्यले पहिचान बनाउन कन्जुसाई गरिरहेका छन् ।
यति मात्रै हैन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा स्थापना हुनुपर्ने र त्यहिबाट कार्यसम्पादन गर्नुपर्ने कति निकायहरू विभिन्न बहानामा राजधानीसमेत केन्द्रित गरिए ।
स्थापना भएको साढे तीन दशकसम्ममा पनि नेपाल संस्कृत विश्वविद्यालयका महत्वपूर्ण निकाय अनुसन्धान केन्द्र र साँस्कृतिक अध्ययन केन्द्र मुख्यालयभन्दा बाहिर नै रहे
लामो संघर्ष र दवावपछि मात्रै यसै वर्षदेखि बेलझुण्डीमै ती दुबै कार्यालय सरे र स्थापना भए । दाङमा केन्द्रहरू आउँदा कार्यालयको कुनै महत्व नहुने आरोप खेपिरहदा अनुसन्धान केन्द्रले पहिलो चरणमा विद्यावारिधीको कक्षा सञ्चालन गरेर काम सुरू गरेको छ ।
नेपाल र भारतका शोधार्थीहरूलाई दाङमा प्रशिक्षक सुरू गरिनुले सकारात्मक सन्देश प्रवाह गरेको छ । यसले विश्वविद्यालयलाई नै नयाँ ढंगबाट लैजाने विश्वास गर्न सकिन्छ ।
नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रले दाङबाटै आफ्नो काम सुरू गर्नु विश्वविद्यालयको मात्रै हैन यस क्षेत्रकै गौरवको विषय हो ।
विश्वविद्यालय स्थापनासँगै स्थापना भएको अनुसन्धान केन्द्र विभिन्न बहाना र कारण देखाउँदै बाहिरै रहनु राम्रो थिएन । दाङबाट काम सुरू हुनु राम्रो हो । तर यसलाई दीर्घकालिन बनाउन विश्वविद्यालय, स्थानीय सरोकारवालाहरू बढी चनाखो र सहयोगी बन्नुपर्छ ।
दाङमै बसेर विद्यावारिधीको शिक्षा हासिल गर्नु अर्काे ठूलो महत्वको विषय बन्न सक्छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको स्थानबाट नै अनुसन्धान केन्द्र पनि सञ्चालन हुनुले विश्वविद्यालयका गरिमालाई पक्कै पनि उचो पार्ने छ ।
केन्द्रको काम सुरूसँगै विश्वविद्यालयले अनुसन्धानका सबै काम अघि पनि सारेको छ । विद्यावारीधि अध्ययनका लागि सहज त हुने नै भयो यसको अलावा पनि अन्य अध्ययन र अनुसन्धानको काम पनि सुरू हुनुपर्छ ।
विश्वविद्यालयले उपलब्धि निकाल्नु पर्छ । कार्यालय काठमाडौंबाट दाङ सारेर मात्रै त्यसको उद्देश्य पूरा हँुदैन । उद्देश्य पूरा गर्न प्रभावकारी कार्य योजना ल्याउनुपर्छ । त्यसतर्फ विश्वविद्यालय गम्भीर बन्नुपर्छ ।
सबै सस्थाहरूमा नीति नियम बन्छन् । त्यो आवश्यक पनि हुन्छ । तर ति नीति नियमलाई कार्यान्वयन महत्वपूर्ण हुन्छ । त्यो कार्यालयमा विश्वविद्यालय, अनुसन्धान केन्द्र लाग्नुपर्छ ।
अहिलेकै अवस्थामा भन्ने हो भने विश्वविद्यालयका पदाधिकारीहरू पूर्णरूपमा आउन सकेका छैनन् । आएका पदाधिकारीको पनि समय म्यादी बनाइएको छ । यो अवस्थामा विश्वविद्यालय जति सक्रिय र क्रियाशील हुनुपर्ने हो त्यो भएको छैन ।
विश्वविद्यालयलाई क्रियाशील बनाएर आफ्ना नीति र नियमहरूलाई अक्षरस कार्यालयको बाटोमा जान सकेमा मातहका केन्द्रहरू विभागहरू पूर्णरूपमा सक्रिय प्रभावकारी देखिने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here