- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङबाटै अध्ययन केन्द्रको काम सुरू

दाङबाटै अध्ययन केन्द्रको काम सुरू

- Advertisement -spot_img

नेपाल संस्कृत विश्वविद्यालय …
तुलसीपुर, २२ माघ । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रले दाङबाटै आफ्नो काम सुरू गरेको छ ।
विश्वविद्यालय स्थापनासँगै स्थापना भएको अनुसन्धान केन्द्र विभिन्न बहाना र कारण देखाउँदै काठमाडौँमै कार्यालय स्थापना गरी काम गर्दै आएकोमा यस वर्षदेखि दाङमा कार्यालय सारेर काम सुरू गरेको हो । अनुसन्धान केन्दले काम सुरू गरेसँगै पिएचडी कक्षाको पढाइसमेत दाङमै हुन थालेको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको स्थानबाट नै अनुसन्धान केन्द्र पनि सञ्चालन हुनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । तर पनि त्यो पूरा हुन नसक्दा काठमाडौँबाटै अध्ययन केन्द्रको काम गत वर्षसम्म भइरहेको थियो ।
मन्त्रिपरिषदको निर्णय, विद्यार्थी संगठन, विश्वविद्यालय कर्मचारी, केही पदाधिकारीको पहलमा दाङमा केन्द्र स्थापना गरि काम सुरू गरिएको हो । लामो समयको रसाकसीपछि दाङबाट अध्ययन केन्द्रले काम थालेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बताए ।
विश्वविद्यालयले काठमाडौँको कार्यालय दाङ सारेर समपूर्ण काम दाङबाटै सुरू गरेको बताए । यसले विद्यावारीधि अध्ययनका लागि सबैलाई सहज बनाई दिएको र अब सहजैरूपमा दाङबाटै केन्द्रका सबै कार्यक्रम सञ्चालन हुने बताए ।
अनुसन्धान केन्द्रको पहिलो काम विश्वविद्यालयबाट विद्यावारीधि अध्ययनरत लागि १५ दिने शिक्षण कक्षा सञ्चालन सुरू भएको छ । अध्ययनका लागि नेपाल र भारतका ५४ जनाले १५ दिने कक्षा लिइरहेको केन्द्रले जनाएको छ ।
काठमाडौँबाट सञ्चालित विश्वविद्यालयको अनुसन्धान केन्द्रले यस वर्षदेखि केन्द्रीय कार्यालय बेलझुण्डीबाट सञ्चालनमा आएको छ । प्रशिक्षण कार्यक्रममा विश्वविद्यालयबाट विद्यावारिधी गर्न थालेका ५४ जना शोधार्थीहरूको सहभागिता रहेको अनुसन्धान केन्द्रका विना विसीले जानकारी दिइन् ।
अनुसन्धान केन्द्रमात्रै हैन साँस्कृतिक अध्ययन केन्द्र पनि दाङमै स्थापना भएर काम सुरू गरेको कुल सचिव अधिकारीले बताए ।
विश्वविद्यालय भएकै स्थानबाट काम गर्नुपर्ने भनेर विभिन्न समयमा आन्दोलनसमेत भएका थिए । अधिकारीले अनुसन्धान केन्द्रलाई खोज र अध्ययनको पूर्ण केन्द्र बनाइने बताए ।
उनले यसका लागि तत्कालिन अवस्थामा पूर्वाधार, आवासलगायतका संरचनाहरू आवश्यक रहेको भन्दै त्यसको पनि छिट्टै व्यवस्थापन हुने बताए ।
विद्यावारिधीका शोधार्थीले अनिवार्य रूपमा १ सय ८० घण्टाको कक्षा लिनैपर्ने व्यवस्था रहेको छ । त्यसका लागि शोधार्थीलाई गेष्ट हाउस निर्माण अपरिहार्य भएको बताए ।
अहिले प्रशिक्षकहरूको लागि मात्रै आवास व्यवस्था गरिएको र अब शोधार्थीहरूलाई पनि त्यो गरिने कुलसचिव अधिकारीले बताए ।
उनले विश्व विद्यालयको अनुसन्धान केन्द्रलाई प्रदेश सरकारको सहकार्यमा विषयगत अध्ययनथलो बनाउने र त्यहिरूपमा विकास गर्ने योजना रहेको समेत सुनाए ।
‘हामी अहिले चार विषयमा अनुसन्धान अघि सार्दैछौँ’ कुल सचिव अधिकारीले भने, ‘संस्कृति शिक्षा र इतिहास, धर्म संस्कृति, स्थान विशेष शब्दकोष, अमूर्त सम्पदाको अध्ययन अनुसन्धानलाई पनि सँगसँगै लैजान लागेका छाँै ।
विश्वविद्यालयमा खोज र अनुसन्धानको वातावरण निर्माण गर्न लागेको उनले बताए । उपकुलपति रमेशप्रसाद ढकालले संस्कृत शिक्षालाई समयानुकूल परिवर्तन गर्दै आगामी दिनमा नयाँ कार्यक्रमलाई जोड दिने योजनामा रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here