- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरउद्योग र स्थानीयबीच मनमुटाव

उद्योग र स्थानीयबीच मनमुटाव

- Advertisement -spot_img

घोराही, २२ माघ । घोराही सिमेन्ट उद्योग स्थापना भएको समयदेखि नै स्थानीय असन्तुष्ट छन् । उद्योगले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय र सिमेन्ट उद्योगबीच पटक–पटक विवाद हुने गरेको छ ।
स्थानीयका माग कार्यान्वयनका लागि भन्दै घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि र स्थानीयबीच मंगलबार भएको छलफलमा पनि स्थानीयले सिमेन्ट उद्योगको विरोध जनाएका छन् ।
उद्योग वरपर पारेको प्रभावबारे बृहत् छलफलमा उद्योग प्रभावित सरोकार समितिका संयोजक भरतराज देवकोटाले उद्योगले सम्झौताअनुरूप काम नगरेको बताए ।
उनले उद्योग सञ्चालकले पटक–पटक स्थानीयबासीहरूलाई झुक्याएको, सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए  । ‘स्थानीय सुमन रोकाले आफ्नै क्षेत्रमा उद्योग स्थापना भएको हुँदा पनि श्रमिक बाहिरबाट ल्याइएको छ’ स्थानीयले रोजगारी पाएका छैनन्’ उनले भने– ‘हामीले धुलो धुवाँ खाने, रोजगारी अरूले पाउने ।’
प्रभावितहरूले उद्योगले क्षमता अभिबृद्धि गराएको, ध्वनी, धुवाँ र धुलो प्रदूषण गरेको बताए । उद्योगका जनप्रशासन प्रमुख शर्माले सिमेन्ट उद्योग सरकारबाट तोकिएको मापदण्डको पूर्ण दायरामा रही सञ्चालनमा रहेको बताए ।
‘यो उद्योग तपाईहरूको पनि हो, हामीले तपाईलाई दिन्छौ, तपाई नै चलाउनुस् अब’ उनले भने ‘उद्योग सरकारको नियममा रहेर सञ्चालन गरेको छ, तपाई यसको विरोध गर्न छोड्नु हुन्न किन ?’
सरकारमा बुझाउनुपर्ने कर, अनुमति लिदा पु¥याउनुपर्ने प्रक्रिया, वातावरण टेष्ट लगायतका सम्पूर्ण कागजहरूसमेत शर्माले उनीहरूलाई देखाउँदै भने– ‘उद्योग सञ्चालन गर्ने क्रममा सबै प्रक्रिया ठिक छ भनेर तपाईहरूले सही गर्नुभएको छ, अहिले आफै विरोध गर्नुहुन्छ ।’
स्थानीय नागरिकहरूलाई क्षमता र सीपको आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व बहन गर्ने, वातावरणीय प्रभाव मूल्यांकनमा सजग रही वृक्षारोपणलगायत प्रदूषण नियन्त्रणमा अत्यन्तै गम्भीर भई सिमेन्ट उद्योग सञ्चालन भईरहेको बताए ।
कानूनी र कागजी प्रक्रियामा पूर्णरूपमा प्रतिवद्ध रही काम भई रहेकाले नागरिकको स्वास्थ्यलगायत विषयमा सचेत भई सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए ।
‘सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने शैली र प्लान्ट सञ्चालनका विषयमा गुनासो भए केन्द्रबाटै विज्ञ टोली बोलाएर स्थलगत अध्ययन अनुगमन गराउनुस्’ उनले भने ‘हाम्रो तर्फबाट सबै प्रक्रिया पु¥याएका छौँ, हामी सहजीकरण गर्न तयार छौैँ ।
उनले पछिल्लो समय उद्योगको क्षमता बढाएर ४ हजार मेट्रिक टन प्रतिदिन उत्पादन गर्ने लक्ष्य अनुरूप हालै सरकारबाट इजाजत लिएर काम शुरू गरिएको बताए ।
गोदाम खुला रूपमा भएकाले धुलो उड्दा केही असर गरे पनि अहिले अत्याधुनिक प्लान्ट जडान भएकाले त्यसले कोही कसैलाई नकारात्मक प्रभाव नपार्ने उनले दावी गरे ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरूलाल चौधरीले उद्योगले कानुनी प्रक्रिया शतप्रतिशत पालना गरेर सञ्चालन गरेर भए पनि यसका व्यवहारिक पक्षलाई पनि ध्यान दिन उद्योग प्रमुखलाई अनुरोध गरे ।
वातावरणीय प्रभाव मूल्यांकनलगायत पक्षमा उद्योगले नियमित काम गर्दै आएपनि स्थानीयमैत्री हुन अनुरोध गरे । ‘उद्योगले तयार गरेका रिपोर्टहरू शतप्रतिशत छन्, तपाई (स्थानीयबासी)हरूले नै मापदण्ड ठिक छ भनेर सही गर्नुहुन्छ’
नगरप्रमुख चौधरीले स्थानीयहरूलाई सम्झाउँदै भने ‘फेरी पनि केही प्रक्रियामा सही गर्नुप¥यो भने त्यसमा पनि गर्नुहुन्छ, यस विषयमा सोच्न जरूरी छ ।’ उद्योग सञ्चालन गर्न नदिने पक्षमा कोही पनि नरहेको भन्दै उद्योगलाई कसरी नागरिकमैत्री बनाउने सकिन्छ ? भन्ने विषयमा ध्यान दिन अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्थानीयबासीको प्रमुख माग उद्योगबाट निस्कने धुलो, धुवाँ, ध्वनि प्रदूषणको तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिए ।
‘धुलो, धुवाँ, ध्वनि अनावश्यक रूपमा निस्केर स्थानीयबासीहरूको गुनासो धेरै आएको छ’ उनले भने ‘यसलाई चाँडै नै सम्बोधन गरिदिनुस् ।’
विगतका कमी कमजोरी उद्योगका तर्फबाट भएको भए त्यसलाई सच्याएर स्थानीय नागरिकको आधारभूत आवश्यकतालाई सम्बोधन गरी अघि बढ्न उद्योग प्रशासनलाई अनुरोध गरे ।
वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीको अध्यक्षतामा छलफल भएको थियो । स्थानीयबासी वीरबहादुर घर्ती, सुमन रोका, गोविन्द आचार्य, मुनाल घिमिरे,
टंक सुनार, महिला मानवअधिकार रक्षक सञ्जालकी हुमा डिसी, नागरिक समाज दाङ संयोजक चन्द्रराज पन्त लगायतल उद्योगका कारण मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको,
स्वासप्रश्वासलगायत शारीरिक समस्या विस्तारै बढ्न थालेको, कृषि उत्पादनमा ह्रास देखिन थालेको, ध्वनि प्रदूषण बढ्दै गएको, वायु प्रदूषणका कारण अनेकन अनावश्यक समस्याको दलदल पर्दै सिमेन्ट उद्योग आसपासमा नागरिकले सास्ती भोग्न बाध्य भएको बताए ।
यसैबीच उद्योगले वातावरणीय प्रभावको असर कम गर्न विभिन्न प्रयास गरिरहेको, प्लान्ट जडान गर्दा प्रदूषण कम गर्ने उपकरण जडान गरेको दावी गरेकाले त्यसको अवस्था अनुगमन गरिने भएको छ ।
उद्योगले दावी गर्दै आएको अवस्था अध्ययन गर्न वडा अध्यक्ष भीमबहादुर सार्कीको नेतृत्वमा सरोकार टोलीले अनुगमन गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here