- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeखेलकुदप्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २२ माघ । तुलसीपुरमा प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता मंगलबार सकिएको छ । प्रतियोगिता अन्तर्गत ओपन डबल्समा हरि केसी र केशवराज बुढा मगरको समूह प्रथम भएको छ ।
मंगलबार भएको फाइनल खेलमा विनोद शाह र सफिक इद्रिसीको समूह द्वितीय भएको छ । माघ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगिता अन्तर्गत भेट्रान डबल्समा प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत एसएसपी नरबहादुर केसी र दाङ जिल्ला ब्याडमिन्टन संघका सचिव लालबहादुर केसीको जोडी प्रथम भएको छ ।
प्रतिस्पर्धामा दाङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भास्कर मजगैयाँ र मोहन पुरीको जोडी द्वितीय भएको छ । त्यसैगरी खुल्ला डबल्सतर्फ विक्रम घर्ती र सञ्जिव श्रेष्ठको टोली तृतीय भएको छ । भेट्रान डबल्सतर्फ जगत शाह र एकेन्द्र शाहको जोडी तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम हुने ओपन डबल्सको टिमलाई ३० हजार, भेट्रान डबल्समा प्रमथ हुने टिमलाई २० हजार, दुबै विधामा द्वितीय हुने टिमलाई १५ हजार र तृतीय हुने टिमलाई १० हजार नगद तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दैै प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआईजी सुरेन्द्रविक्रम शाहले खेल प्रतियोगिताहरूले सामाजिक रूपमा सद्भाव र भाइचारा अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here