- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरसकियो तुलसीपुर महोत्सव

सकियो तुलसीपुर महोत्सव

- Advertisement -spot_img

तुलसीपुर, २२ माघ । माघ १० गतेदेखि शुरू भएको तुलसीपुर महोत्सव मंगलबार सकिएको छ । टरिगाउँ विमानस्थलको स्तरोन्नती तथा बहुआयामिक सभाहल निर्माणको कामलाई पूर्णता दिनका लागि महोत्सव सञ्चालन गरिएको हो ।
१२औँ दिनसम्म सञ्चालन भएको महोत्सवमा ३ लाख बढी दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर बहादुर रावतले जानकारी दिए ।
उनले तुलसीपुर महोत्सव भव्यरूपमा सम्पन्न भएको बताउँदै लक्ष्यमा पुगेको दावी गरे । ‘हामीले लिएको उद्देश्यका साथ महोत्सव सम्पन्न गर्न सफल भएका छौँ’ उनले भने–‘महोत्सवलाई सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने महानुभावप्रति सबैलाई धन्यवाद ज्ञापन गर्दछौँ ।’
उनले महोत्सवमा कारोबार भएको आयव्यय केही दिनमै सार्वजनिक गर्ने बताए । ‘महोत्सवमा कारोबार भएको आयव्यय केही दिनमै सार्वजनिक गछौँ’ उनले भने–‘महोत्सवमा संकलन भएको रकमले समग्र दाङको विकासकै लागि खर्च गर्नेछौँ ।’
तुलसीपुर महोत्सवमा स्थानीय घरेलु उत्पादनदेखि कृषि सामग्रीको पनि प्रवद्र्धन भएको संघका निवर्तमान अध्यक्ष विमल रिजालले बताए ।
‘महोत्सव मनोरञ्जन मात्रै भन्दा पनि स्थानीय सामग्रीको बजारीकरणका लागि सञ्चालन गरिएको हो’ उनले भने– ‘सल्यानी खुकुरीदेखि अल्लोबाट बनेका सामग्रीको प्रवद्र्धन भएको छ ।’
महोत्सव सम्पन्न भएपछि नै बहुआयामिक सभाहल निर्माणको कामले पूर्णता पाइसकेको उनले बताए । ‘बहुआयामिक सभाहल निर्माण गर्न बचत संकलन पर्याप्त नै हुन्छ, उनले भने– ‘टरिगाउँ विमानस्थलको स्तरोन्नतीका लागि हामीले बहसमा ल्याएका छौँ, केही रकममा त लगाउने ने छौँ तर पर्याप्त होइन् ।’
महोत्सवमा दाङसहित सल्यान, रोल्पा, प्यूठान, रूकुमका नागरिकले समेत अवकलोकन गरेको सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिए । महोत्सवमा हरेक दिन दर्शकको उपस्थितिले पनि कारोबार भएको अनुमान गर्न सकिने उनले बताए ।
महोत्सव मूल आयोजक समितिका संयोजक वीरबहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
नगरप्रमुख पाण्डेले तुलसीपुर महोत्सवले पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारले घोषणा गरेको पर्यटन वर्षलाई तुलसीपुर महोत्सवले टेवा पुगेको बताए ।

घोराही महोत्सवमा चहलपहल

घोराही, २१ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरू भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’
को १२औं दिन नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले दर्शकलाई निकै नचाए । खरेलले आफूले बजारमा ल्याएका चर्चित गीतहरू गाउँदा दर्शकहरू हुटिङसहित नाचगान गरेका थिए ।
खरेलले गीत गाईसकेर मञ्चबाट बिदा हुन खोज्दा दर्शकहरूले हुटिङ गर्दै गीत गाउन आग्रह गरेका थिए । दर्शकहरूको आग्रहपछि खरेलले थप दुईवटा गीत गाएका थिए ।
झमक्कै साँझ परेपछि प्रमोद मञ्चबाट बिदाइ भएका थिए । त्यहीँ पनि दर्शकहरूले चिच्याउँदै प्रमोदलाई फेरी गीत गाउन आग्रह गरिरहेका थिए ।

२५ जनाले गरे रक्तदान

महोत्सवमा १२औं दिनसम्म २५ जनाले रक्तदान गरेको महोत्सव प्राथमिक स्वास्थ्य उपसमिति संयोजक सुशीला पौडेलले जानकारी दिइन् । उनका अनुसार मंगलबार दुईजनाले रक्तदान गरेको जानकारी दिइन् ।
पौडेलका अनुसार मंगलबार दिलबहादुर बस्नेत र मञ्जु गिरीले रक्तदान गरेका हुन् । महोत्सवको स्टल नं २११ म रेडक्रस घोराहीले रक्तदानको व्यवस्था गरेको छ ।
यसैबीच महोत्सवमा कुल ४ सय २१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । उनीहरूलाई विभिन्न प्रकारको प्राथमिक उपचार गरिएको महासचिव टिकादत्त खनाल ‘सागर’ले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here