- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसमाजवादी पार्टीको संगठन विस्तार तिब्र

समाजवादी पार्टीको संगठन विस्तार तिब्र

- Advertisement -spot_img

तुलसीपुर, २२ माघ । समाजवादी पार्टी दाङले संगठन विस्तारलाई तिब्रता दिएको छ । पार्टीले विभिन्न गाउँ तथा टोल–टोलमा आफ्नो संगठनलाई विस्तार गर्दै लगेको हो । यसैक्रममा पार्टीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा मंगलबार वडा समिति गठन गरेको छ ।
भेलाले जोगेन्द्र साहुको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पोवा खड्का, सचिवमा प्रदीप रसाइली, कोषाध्यक्षमा उर्मिला स्वर्णकार रहेका छन् ।
वडा समितिको सदस्यहरूमा हिरा केसी, पुष्कर भण्डारी, विकास नेपाली, प्रेमा साहु, सीता दमाई रहेका छन् । भेलाले तीन सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारहरूमा बलवीर शेर्पाइली, शारदा नेपाली, पञ्चराम नेपाली चयन भएका छन् ।

समाजवादी पार्टी दाङका उपाध्यक्ष मोहनसिंह वलीको अध्यक्षता एवं प्रदेश सदस्य तथा जिल्ला सहइञ्चार्ज टोपबहादुर महताराको प्रमुख आतिथ्यता एवं प्रदेश सदस्य सुरेन्द्रप्रकाश चन्दको विशिष्ठ आतिथ्यतामा वडा समिति गठन गरिएको हो । भेलालाई सम्बोधन गर्दै समाजवादी पार्टीले सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले देशमा राजनीति सही ढंगबाट सञ्चालन हुन नसकेको भन्दै समाजवादी पार्टी स्वच्छ समाजसेवा गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । ‘पार्टीलाई विस्तार गरेर समाजमा भएका हरेक किसिमका सामाजिक सेवाका काम गर्नका लागि संगठन विस्तार गरिरहेका छौँ’,
उनले भने– ‘वडा समितिमा आवद्ध हुनुभएका सबैलाई बधाई अनि शुभकामना र स्वच्छ र निष्पक्ष रूपमा सामाजिक सेवाभावका साथ काम गर्नुहोला ।’
भेलामा क्षेत्र नम्बर ३ का अध्यक्ष जीवराज पुन, जिल्ला महिला सदस्य गीता महतारा, पार्टीका सल्लाहकार चूर्ण सुनार, पञ्चराम नेपालीलगायतले संगठनलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्ने बताए । भेलाको सहजीकरण जिल्ला सदस्य मानबहादुर डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here