- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसुशासन मापदण्ड विषयमा छलफल

सुशासन मापदण्ड विषयमा छलफल

- Advertisement -spot_img

घोराही, २२ माघ । नागरिक समाज संस्थाहरूको सुशासन मापदण्ड २०७६ विषयमा छलफल गरिएको छ । दाङमा विभिन्न गरैर सरकारी संस्थाहरूमा मार्फत काम गर्दै आएका सरोकारवालाहरूसँग छलफल गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा भएको घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सीता सिंग्देल न्यौपानेले नागरिकहरूले विश्वास गर्ने गरी सुशासनको माध्यमबाट काम गर्न गैरसरकारी संस्थाहरूलाई अनुरोध गरेकी थिईन् । त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले सरकारको नीति तथा मापदण्डमा रहेर काम गर्नुपर्ने बताए ।
गैर सरकारी संस्थाहरूले सरकारसँग समन्वय गरेर मापदण्डअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघका विनोद विक्रम जैरूले आन्तरिक शुसासन मापदण्ड ऐनको बारेमा जानकारी गराएका थिए ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा छलफल भएको हो । ग्रामीण महिला उत्थान केन्द्र दाङकी अध्यक्ष आसमानी चौधरीको स्वागत मन्तन्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण नविन चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here