- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरओली समाज गठन

ओली समाज गठन

- Advertisement -spot_img

घोराही, २२ माघ । ओलीहरूको शान्तिनगर गाउँपालिका–७ खैरनीमा भएको भेलाले शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकास्तरीय समाज गठन गरेको छ ।
ओली वंश समन्वय समाज नेपालका अध्यक्ष रेखबहादुर ओली (देउता)को अध्यक्षता भएको भेलाले गाउँपालिकास्तरीय समाजको संयोजक गठन गरेको हो ।
भेलाले बबई गाउँपालिकाको संयोजकमा भीमबहादुर ओली, शान्तिनगर गाउँपालिकाको संयोजकमा टोपबहादुर ओली र दंगीशरण गाउँपालिकाको संयोजकमा मिनबहादुर ओलीलाई संयोजक तोकेको छ ।
टोपबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रदेशसभा सदस्य विमला ओली, वयोवृद्ध चन्द्रबहादुर ओली, समाजका प्रदेश नं. ५ का उपाध्यक्ष मिनराज ओली, घोराही उपमहानगर–पालिका अध्यक्ष धनबहादुर ओली, समाजसेवी भीमबहादुर ओली,
समाजका केन्द्रीय उपाध्यक्षद्वय बेचन ओली र सागर ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण ओली वंश समन्वय समाज नेपालका जिल्ला सचिव कमल ओलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here