- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयदोहोरो सुविधा हटाऊ

दोहोरो सुविधा हटाऊ

- Advertisement -spot_img

एकै समयका दोहोरो सुविधा लिनु गैर कानुनी हो । पदको दुरूपयोग गरेर दोहोरो सुविधा लिनु राम्रो पनि हैन । पहुँच र पदको दुरूपयोग गरेर एकै समयमा दुई संस्थामा त्यो पनि पूर्ण दरबन्दीमा काम गर्ने गरी यहाँका केही प्राध्यापकहरूले दोहोरो सुविधा खाएको सार्वजनिक भएको छ ।
सरकार र अर्ध सरकारी संस्थाहरूमा पूर्णरूपमा दरबन्दीमा रहेर एकै समयमा दुई संस्थामा नियुक्ति लिएर सुविधा लिनु र पदको दुरूपयोग भएको सार्वजनिक भएसँगै अहिले दाङमा शैक्षिक चर्चा छ ।
पश्चिम क्षेत्र रहेको प्रतिष्ठित राप्ती बबई क्याम्पस तुलसीपुरमा अध्यापन गराउने केही प्राध्यापकहरूले दोहोरो सुविधा लिनुले शैक्षिक क्षेत्रमा यो विकृति विद्यमान भएको प्रष्ट हुन्छ ।
नेपाल संस्कृत विश्वविद्यालय, सामुदायिक विद्यालयहरूमा आवद्धहरू समेतले दोहोरो सुविधा लिएका छन् । त्यो लिनु गैरकानुनी हुन्छ । यसतर्फ सम्बन्धित सरोकारवालाले ध्यान दिएर यो अवस्था आउन र ल्याउन हुँदैन ।
शैक्षिक संस्थाहरूलाई दुरूपयोग गरेर कमाउ धन्दा चलाउन हुदैन । त्यो पनि एक संस्थामा बेचिसकेको समयलाई अर्काेमा पनि बेचेर आर्थिक लाभ लिनु त झनै परको कुरा हुन्छ ।
पश्चिम दाङको शैक्षिकथलोको रूपमा रहेको सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पसमा अध्यापन गराउने केही प्राध्यापकहरूले एकै समयमा दुई संस्थामा दरबन्दीमा काम गरिरहेको पाइनु संस्था र व्यक्तिकै लागि हानिकारक हो ।
क्याम्पसको समय र अन्य सरकारी तथा नीजि शिक्षण संस्थाहरूको पनि एउटै समय काम गरे सेवा सुविधा लिनुले दुई संस्थाको हितमा त हुँदैहुँदैन ।
एकै समयमा दुई संस्थामा दरबन्दीमै काम गरेर सेवा सुविधा लिनु गैरकानुनी मानिन्छ । क्याम्पसका र अन्य शिक्षण संस्थामा एकै समयमा काम गर्ने क्याम्पसले अनुमति पनि दिएको छैन ।
क्याम्पस समयका क्याम्पसले आफ्ना कर्मचारी मान्नु नै पर्छ तर त्यही समयमा अर्काे संस्थामा जानुले बेथिति मौलाएको प्रष्ट पार्छ । यसमा क्याम्पस प्रशासन र सञ्चालक समिति चनाखो बन्नुपर्छ । यस्तो खाने बेथिति कायम रहि रहेमा क्याम्पस सञ्चालनमै समस्या आउने पक्का छ ।
संस्थामा व्यक्तिको आफ्नो जिम्मेवारी हुन्छ । नीति र नियम म रहेर जिम्मेवारी तोकिएको पनि हुन्छ । त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नु इमान्दारिता हो ।
त्यो इमान्दारिता व्यक्तिले नै कायम गर्ने हो । तर राप्ती बबई क्याम्पसका केही प्राध्यापकहरूले इमान्दारिता भन्दा पनि बढी दादागिरी प्रष्टरूपमा देखिएको छ ।
दोहोरो सुविधा लिने प्राध्यापकहरूले क्याम्पसलाई धरासाही बनाउने प्रत्यत्नमा देखिएका छन् । क्याम्पसभित्र प्राध्यापकहरूको यो अवस्था देखिदा देखिदै र क्याम्पस प्रशासनले एक्सन लिन नसक्नु राम्रो मानिदैन । क्याम्पसभित्रको बेथिति ब्यवस्थापन गर्न प्रशासनले चासो र कडाई गर्नु नै पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here