- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeखेलकुदतुलसीपुरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने

तुलसीपुरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने

- Advertisement -spot_img

तुलसीपुर, २१ माघ । तुलसीपुर उपमहानगरपालिका स्तरीय दोस्रो तथा १२आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आवासीय विद्यालय तुलसीपुर–१७ बनकट्टी को संयोजनमा यही माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको लागि खेल मैदान मर्मत, ट्रयाक एण्ड फिल्ड निर्माण,
आर्थिक तथा प्राविधिक ब्यवस्थापन, प्रचार प्रसारलगायत कार्यलाई तिब्र पारिएको प्रतियोगिताका सचिवालय सदस्य माधव महराले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, छात्र–छात्रा, ऐथ्लेटिक्स ट्रयाकतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर छात्र र छात्रा दौड, १ सय गुणा ४ सय र ४ गुणा ४ सय छात्र–छात्रा रिले दौड तथा फिल्डतर्फ हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट खेल छात्र–छात्राबीच कडा प्रतिस्पर्धा हुने महराले बताए ।
प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहने छ भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष उमेरसम्मका छात्र–छात्राले मात्र भाग लिन पाउने छन् ।
यसैबीच प्रतियोगिताको संयोजनको जिम्मा पाएको सहिद स्मृति आवासीय विद्यालयले प्रतियोगितामा सहभागी हुने विद्यालयलाई माघ २३ गतेसम्म खेलाडीहरुको सम्पूर्ण विवरण प्रतियोगिता स्थल एवं सचिवालयमा पेश गर्न आग्रहसमेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here