- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरविद्यार्थीले बनाए ढिक्री र घोङ्घीको परिकार

विद्यार्थीले बनाए ढिक्री र घोङ्घीको परिकार

- Advertisement -spot_img

घोराही, २१ माघ । सैद्धान्तिक शिक्षा मात्रै भन्दा पनि ब्यवहारिक शिक्षामा जोड दिदै घोराही–१५ स्थित भ्याली टप इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले ढिक्री र घोङ्गीको परिकार बनाएका छन् ।
किताबी ज्ञानभन्दा ब्यवहारिक, प्रयोगात्मक ज्ञान महत्वपूर्ण हुने र यसले जीवनोपयोगी सीप सिकाउने विद्यार्थीहरुले बताएका छन् । विद्यालयले सोमबार घोराही–१८ नवलपुर थारु गाउँमा विद्यार्थीहरुलाई लगेर थारु समुदायमा प्रचलित परिकार ढिक्री र घोङ्घीको परिकार बनाउन सिकाएको थियो ।
नयाँ परिकार बनाउँदा नयाँ अनुभव रहेको र साथीहरु सबैसँगै रहेर सिक्दा रमाइलो सिकाइ भएको विद्यार्थीहरुले बताएका छन् ।
थारु समुदायका बालबालिका नभए पनि निक्कै सक्रियताका साथ परिकार निर्माण कार्यमा सहभागिता रहेको ढिक्री र घोङ्घीका परिकार बनाउन सिकाउनु भएकी घोराही–१८ नवलपुरकी शान्ति चौधरीले बताइन् ।
विद्यालयले सामाजिक उत्तरदायित्व वहन गराउन र ब्यवहारिक शिक्षामा जोड दिदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भाइस प्रिन्सिपल खुम केसीले बताए ।
विद्यालयले कक्षा ७ र ८ का ६० जना विद्यार्थीहरुलाई सोमबार उक्र कार्यक्रममा सहभागी गराएको थियो । त्यस्तै विद्यालयले केही दिन पहिले घोराहीका चारवटा टोलमा सरसफाई कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षिका शारदा बहकरीले जानकारी दिइन्  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here