- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमहोत्सवमा प्रमोद खरेल

महोत्सवमा प्रमोद खरेल

- Advertisement -spot_img

घोराही, २० माघ । घोराहीमा जारी महोत्सवको एघारौं दिन चर्चित हास्यव्यङ्ग्य कलाकार कमल गाउँले र मोडल तथा गायिका प्रिती आलेले दर्शकलाई छमछमी नचाएका छन् ।
उनीहरूले दोहोरीमार्फत दर्शकहरूलाई छमछमी नचाएका थिए । प्रितीको बेली डान्स र कमल गाउँलेको हास्यव्यङ्ग्य प्रस्तुतीले महोत्सवको माहोल पूरै रोमाञ्चित बनाएको थियो । सोमबार गाउँले, आले, कमल–नारायण, प्रेम शर्मा, देवकला बस्नेतलगायतका कलाकारहरूले आफ्नो प्रस्तुती देखाएका थिए ।
महोत्सवको अन्तिम दिन आउन नजिकै रहदा दर्शकहरूको उत्साह निकै देखिएको चेम्वर दाङका सचिव एवं प्रचारप्रसार समिति संयोजक कुमारराज श्रेष्ठले बताए ।
‘शुरूका दिनहरूको तुलनामा पछिल्ला दिनहरूमा दर्शकहरूको सङ्ख्या राम्रो देखिएको छ’ उनले, ‘महोत्सवमा हामीले राष्ट्रिय कलाकारहरूका साथै थुप्रै स्थानीय प्रतिभाहरूलाई स्थान दिएका छौं ।’
महोत्सवमा समुदाय प्रहरी साझेदारीअन्तर्गत सामुदायिक प्रहरीले कलाकारहरूसँग सचेतनामूलक दोहोरी प्रस्तुत गरेको थियो । दोहोरीमा बहुविवाह, बालविवाह, लागूऔषध, साइवर अपराध, चोरीजस्ता विषयमा सचेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।
महोत्सवको १२औँ दिन मंगलवार लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुति रहने भएको छ । खरेलसहित चर्चित हास्यव्यङ्ग्य कमल गाउँले, विक्रम थापालागयत कलाकारहरूले प्रस्तुती देखाउने छन् ।
तुलसीपुर महोत्सव एकदिन थप
यसैबीच तुलसीपुरमा जारी तुलसीपुर महोत्सव एकदिन थप गरिएको छ । महोत्सवमा दैनिकजसो दर्शक बढ्दै जानथाले पछि महोत्सव थप एक दिन सञ्चालन हुने भएको हो ।
महोत्सवमा सोमबार २० हजार बढि मानिसको सहभागिता रहेको थियो । दर्शकको मागलाई मध्यनजर गरी मंगलबार (आज)सम्म महोत्सव सञ्चालन गरिने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले जानकारी दिए ।
महोत्सवमा सोमबार प्रमोद खरेल, अष्मिता राना, अनिल विष्ट, अमित परियार, ऋतु तामाङ र कृति पाण्डेलगायतका कलाकारको प्रस्तुती रहेको थियो ।
आज मंगलबारको दिन मिस्टर आरजे, आस्था रावत, शनि विश्वकर्मा र टिका प्रसाईलगायतका कलाकारको प्रस्तुती रहने महोत्सव उपसमितिका सदस्य गायक प्रेमविवश घर्तीले जानकारी दिए ।
टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा बहुआयामिक सभाहल निर्माणका लागि तुलसीपुरमा माघ १० गतदेखि तुलसीपुर महोत्सव सञ्चालन गरिएको छ ।
महोत्सवबाट स्थानीय तथा घरेलु उत्पादनको प्रवद्र्धन गर्ने र घुम्न जाउँ तुलसीपुर अभियानलाई सफल बनाउने उद्देश्य पनि राखिएको सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिए । महोत्सवमा करिब १५ करोडको कारोबार हुने र एक करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here