- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबर‘स्टलमा नेवारी खाजा घर’

‘स्टलमा नेवारी खाजा घर’

- Advertisement -spot_img

तुलसीपुर, १७ माघ । स्टलमा नेवारी खाजा घर । जातीय परम्परा र मौलिकता अनुसारका विभिन्न परिकारहरू । विशेषगरी थारू र नेवारी समुदायको परम्परा र मौलिक संस्कृतिलाई प्रचारप्रसारको माध्यम बनेको हो ।
नेवार समाज दाङका मिसा दवुःले सञ्चालन गरेको नेवारी खाजा घरमा राखिएका छोयला, चुकाउनी, मासको दालबाट बनाईएको बारा, यमरी, लाखामारीलगायतका परिकारले विभिन्न समुदायका मानिसहरूलाई नेवारी खाजा परिकारहरूमा आकर्षित गरेको छ ।
आर्थिक कारोवारका लागि नभई पूर्खाहरूको संस्कृति र मौलिकतालाई प्रचारप्रसार गर्न थारू मिन्ही घर सञ्चालन गरेको दंगीशरण गाउँपालिका वडा नं ५ निवासी पवन चौधरीले बताए ।
पूर्खाहरूको संस्कृति र थारू समुदायमा रहेका खानेकुराहरूको महत्वका बारेमा अरूलाई जानकारी दिने उद्देश्यले संयुक्तरूपमा मिन्ही घर सञ्चालन गरिएको उनको भनाइ छ ।
आफ्नो परम्परा र मौलिकतालाई अन्य समुदाय समक्ष प्रदर्शन गर्ने सुनौलो अवसरका रूपमा महोत्सवलाई लिएको उनले बताए ।
‘हाम्रो मिन्ही घरमा पाईने थारू समुदायका परिकारहरूका बारेमा जानकारी नलिएर जाने कमै हुनुन्छ’ उनले भने– ‘स्टलमा आएर थारूदेखि ब्राह्मण समुदायका मानिसहरू हामीले बनाएका परिकारहरूको स्वाद लिएर जानु भएको छ, यसमा हामी ज्यादै खुशी छौँ ।’
उनका अनुसार गंगटोबाट बनाईएको परिकार, सुत्केरी र बच्चाका लागि हितकारी मानिन्छ । यस्तै घोङ्घी स्वासप्रश्वासको समस्या भएका व्यक्ति तथा स्वास गन्ध आउने समस्या भएकाहरूका लागि निकै फाईदाजनक रहेको उनले जानकारी दिए ।
मिन्ही घरमा पाईने प्रायः सम्पूर्ण परिकारहरू स्वास्थ्यवद्र्धक भएकाले दैनिक सयौँ ग्राहकहरूले थारू परिकारलाई पहिलो रोजाईमा पारेको उनको भनाइ छ ।
मिसा दवुः अध्यक्ष अनिता राजभण्डारीले ग्राहकहरूलाई यमरी, बारा, लाखामारी पु¥याउनै समस्या भएको बताउँछिन् । नेवारी खाजा परिकारलाई अन्य समुदायले समेत मन पराउने भएकाले ग्राहकहरूको भिड लाग्ने गरेको उनले बताईन् ।
‘कहिले त बनाएका खानेकुरा २ बजे नै सकिन्छ, जति बनाए पनि पुग्दैन’ उनले भनिन्– ‘महोत्सव हेर्न आउने भन्दा पनि नेवारी खाजा खान आउनेहरू धेरै रहेको पाए, महोत्सवले हामीलाई यो अवसर दिएको हामी नेवारी दिदीबहिनीहरू साह्रै आभारी छौँ ।’
स्टलमा पाईने छोयला, चिकेन अण्डा, दहीबाट बनेको चुकाउनी लगायत नेवारी खाजाको परिचय दिनका लागि स्टल सञ्चालन गरिएको मिसा दवुःहरूले बताए ।
परम्परा र संस्कृतिको प्रचारप्रसारका लागि राखिएका परिकारले लोकप्रियता कमाएपछि यहाँका थारू र नेवारी समुदायहरू खुशी बनेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here