- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरलमही अस्पतालमा जिन एक्सपोट ल्याव

लमही अस्पतालमा जिन एक्सपोट ल्याव

- Advertisement -spot_img

देउखुरी, २० माघ । देउखुरीबासीलाई क्षयरोगसम्बन्धी चेकजाँच गर्न अब घोराही, बुटवल र नेपालगंज जान नपर्ने भएको छ । लमहीस्थित लमही अस्पतालमा जिन एक्सपोट ल्याव राखिएको छ । यो एकप्रकारको अत्याधुनिक मेसिन हो ।
यो विधिबाट एकदिनमा दशदेखि १२ जनासम्म बिरामीको खकार चेकजाँच गर्न सकिने छ । बिरामीले यो सेवा निःशुल्क पाउने छन् । देउखुरीका सबै स्वास्थ्य कार्यालयमा खकार संकलनका लागि स्वास्थ्यकर्मी खटिएका छन् ।
ति स्वास्थ्य कार्यालयबाट संकलन भएका खकारको लमहीमा ल्याएर जिन एक्सपोट ल्याब मेसिनमा राखेर चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।
जिन एक्सपोट ल्याबको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले उद्घाटन गरेका छन् । अत्याधुनिक ल्याव सेवा शुरू भएको छ अब यसको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताए ।
क्षयरोग लागेका बिरामी घर परिवारबाटै अपहेलित हुनुपर्ने अवस्था रहेको भन्दै अब क्षयरोग लागेका व्यक्तिले सम्मानपूर्वक हेरचाहसहित उपचार पाउने वातावरण बन्दै गएको शर्माले बताए । बिरामीहरूले अब लमही अस्पतालमै क्षयरोग उपचार सेवा लिनसक्ने लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले दाङ जिल्लाको दुईवटा अस्पतालमा जिन एक्सपोट स्थापना हुनु दाङ जिल्लालाइ गौरवको विषय भएको भन्दै, जिन एक्सपोट ल्याव मेसिनलाई अस्पतालले दिगोपन दिन आवश्यक रहेको बताइन् ।
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरका उपसचिव डा. शरदराज शर्माले ल्याव सेवाको सही सदुपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालका चिकित्सकहरूलाई आग्रह गरे ।
कार्यक्रममा लमही नगरपालिका उपप्रमुख देवका बेल्वासे, प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोषणलाल चौधरी, नेकपाका दिलकुमार श्रेष्ठ, नेपाली काँग्रेसका कर्णबहादुर बुढाथोकी,
राप्रपाका गोरखबहादुर केसी, नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा, पत्रकार दशरथ घिमिरेलगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन लोकराज पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here