- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरमहोत्सवमा दर्शकको उत्साह

महोत्सवमा दर्शकको उत्साह

- Advertisement -spot_img

तुलसीपुर, २० माघ । तुलसीपुरमा माघ १० गतेदेखि सञ्चालन भएको महोत्सवमा दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको छ । महोत्सवमा आज सोमबार चर्चित गायक प्रमोद खरेल, गायक संगीतकार हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार,
रितु तामाङ, मोडेल अस्मीता राना, कृति पाण्डे, मोडेल एवं डान्सर आशा विक, उषा विकलगायतका चर्चित कलाकारहरू आउने भएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सुरूभएको तुलसीपुर महोत्सव २०७६ ले तुलसीपुरसहित पश्चिम दाङको विकासमा महत्वपूर्ण भूमिका निर्वाह आयोजक समितिका संयोजक वीरबहादुर रावतले जानकारी दिएका छन् ।
रकम बचत गरेर विकास निमार्णका पूर्वाधारहरू जोडेको भन्दै यस पटकको महोत्सवबाट निर्माणाधिन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताए ।
नेपालमा भ्रमण वर्ष २०२० चलिरहदा घुम्न जाउँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहम् भूमिका निर्वाह गरेको बताएको छ ।
जिल्लाको पर्यटकीय विकासमा समेत कोसेढुंगा सावित भएको समेत बताएको छ । महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रूपैयाँ बचत गर्ने अपेक्षा लिएको र महोत्सव सफल हुने आयोजकले जनाएको छ । महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता,
साईकिलिङ, नृत्य प्रतियोगिता, हेलिकप्टरमार्फत पर्यटकीय स्थलहरूको अवलोकनलगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै आइतबार महोत्सवको १०औं दिन पनि दर्शकहरूको उल्लेखनीय दर्शकहरूको सहभागिता रहेको थियो । आइतबार सांसद तथा लोकगायिका कोमल वलीको ‘बाझो खेतमा, तुलसीपुरमा म जाँदाखेरी’
लगायतको गीतमा दर्शकहरू छमछमी नाचेका थिए । महोत्सवमा हास्यकलाकार भटभटे माईलाले दर्शकहरूलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।
त्यस्तै गायक शक्ति चन्द, गायिका अनु गुरूङ, गायक तथा हास्यकलाकार मनिष खड्का, मोडेल शरिष्मा मगर, गायीका प्रेरणा पाण्डेलगायतको प्रस्तुति रहेको थियो ।
त्यसैबीच आइतबार महोत्सवमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिपेन्द्रकुमार खत्रीले तुलसीपुरमा निर्माणाधिन सभाहलको निर्माणका लागि लागि १ लाख १५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here