- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरग्याँस बिक्रेता महासंघको प्रदेश अध्यक्षमा गैरे

ग्याँस बिक्रेता महासंघको प्रदेश अध्यक्षमा गैरे

- Advertisement -spot_img

घोराही, २० माघ । ग्याँस बिक्रेता महासंघ प्रदेश नं. ५ मा नयाँ नेतृत्व आएको छ । महासंघको प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षमा रामप्रसाद गैरे चुनिएका छन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा श्रीधर आचार्य, उपाध्यक्षहरूमा राजेन्द्र बज्राचार्य, ठाकुरप्रसाद सुवेदी, महासचिवमा नारायण नेपाल, सचिवमा सचिन पौडेल, कोषाध्यक्षमा हरि आचार्य चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा खुमानन्द भट्टराई, ईन्द्रकुमार श्रेष्ठ, गोविन्द यादव, लालमणि भट्टराई, बाबुराम पाण्डे, राजकुमार श्रेष्ठ चयन भएका छन् । महासंघको दाङमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
यसैबीच ग्याँस बिक्रेता महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले राज्यले कर मात्र लिन तर व्यवसायीहरूको पक्षमा केही काम गर्ने नसकेको बताएका छन् ।
व्यवसायीहरूले राज्यलाई कर बुझाउँदा पनि सरकारले उचित व्यवस्थापन गर्न नसकेको उनको भनाइ थियो । ग्याँस विक्रेता महासंघ प्रदेश नं ५ र दाङ देउखुरी ग्याँस बिक्रेता संघले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
राज्यले ग्याँस व्यवसाय व्यवस्थित गर्न लाग्नुपर्ने बताएका छन् ।
त्यसैगरेर ग्याँस उद्योगहरूको एकाधिकार रोक्नुपर्ने समेत बताए । एकाधिकार अहिले गर्दा ग्याँस उद्योगबाट आउने ग्याँसको मूल्य समान रहेको उनले बताए ।
खुल्ला प्रतिपस्र्धा हुँदा सबै उद्योगको एउटै मूल्य भएको उनको भनाइ थियो । उद्योगको सिण्डिकेट तोडिएमा अहिलेको भन्दा केही रूपैयाँ भए पनि ग्याँसको मूल्य सस्तो हुने दाबीसमेत उनले गरे । ग्याँस बिक्रेताहरूलाई व्यवस्थित गरेर वितरण गरिनुपर्ने बताए ।
यसका लागि डिलरको आवश्यकता रहेको उनको भनाइ छ । ग्यास संवेदनशील वस्तु भएकाले यसको जानकारी भएका लागि मात्र बिक्री वितरण गर्ने दिनुपर्ने बताए । जानकारी नभएकालाई तालिम प्रदान गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here