- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयविपद्को पूर्वतयारी गर

विपद्को पूर्वतयारी गर

- Advertisement -spot_img

समयानुसार विपद्का समस्याहरू पनि फरक–फरक हुने गर्दछन् । गर्मी समयमा एक प्रकारको विपद् देखिएला, वर्षायाममा अर्काे विपद् देखिन्छ । नागरिकहरूले कुनै न कुनै विपद्को सामना गर्नुपर्ने अवस्था हुन्छ ।
समयानुसार आउने विभिन्न विपद्ले गर्मीसँगै आगलागी र वर्षमा बाढी पहिरो, डुबान र बाह्रैमास भूकम्पको विपद् देखिन्छ । गर्मीमा दाङ जिल्ला आगलागीको र वर्षमा बाढी पहिरोको उच्च जोखिम भएको जिल्ला हो ।
यो अवस्थाले सबै सजक हुनुपर्ने अवस्था आएको छ । सानो गल्तीले कहिलेकाहिँ विपद् आउँछ भने सानो सावधानीले ठूलो समस्या हल हुनेछ ।
दाङसहित आसपासका जिल्लाहरू विपद्को उच्च जोखिममा छन् । त्यसको व्यवस्थापनको लागि पूर्वतयारी अपरिहार्य छ । पूर्वतयारी गर्न सकियो भनेपछि आउने विपद्लाई सहजै व्यवस्थापन गर्न सकिन्छ ।
यसमा स्थानीय सरकारहरू बढी चनाखो हुनु जरूरी छ । तर पनि यहाँका स्थानीय सरकारहरू यसप्रति त्यति धेरै गम्भीर भएको देखिएको छैन ।
वर्षेनी विपद्ले सताइनुले दाङका स्थानीय सरकारले आवश्यकता अनुसार विपद् पूर्वतयारी नगरेको विभिन्न क्रियाकलापहरूले देखाइरहेका छन् ।
विपद् पूर्वतयारीमा एक रूपैयाँले हुने काम विपद् पश्चात् त्यही काममा आठ रूपैयाँ खर्च हुन्छ । यो अवस्थामा पनि पूर्वतयारी नहुनु राम्रो हैन ।
विपद् पूर्व तयारीको लागि एक रूपैयाँ खर्च गर्नुभन्दा हालका तीनै तहका सरकारको विपद् पूर्वतयारीको क्षेत्रमा गरिरहेको काम हेर्दा विपद् पश्चात् आठ रूपैयाँ खर्च गर्न तयार भएको देखिन्छन् ।
यसमा हामी आफै सजक हुनुबाहेक अरू उपाय छैन । यसर्थ विपद् आउन नदिन र यसबाट बच्न हामी आफै सक्रिय हुन सक्यांै भने सुरक्षित हुन्छौं । क्षतिबाट सबैलाई बचाउन सकिन्छ ।
जिल्लामा आउने विपद्को उचित ब्यवस्थापनका लागि केही निकायहरूले पूर्वतयारी गराउन थालेका छन् । तर पूर्णरूपमा सरकारहरू यसमा तयारी भएको देखिदैन ।
विपद्को जोखिम घटना र व्यवस्थापन गर्न पूर्वतयारी अपरिहार्य छ । पूर्वतयारीका लागि ब्यक्ति, परिवार घर, समुदाय जिल्ला राष्ट्र सबै एक भएर लाग्न सक्नुपर्छ ।
विपद् आएपछि राहत र उद्धारको नारा दिनुभन्दा विपद् पूर्व तयारीको बारेमा जानकार हुनसके मात्रै आउने विपद्बाट जोगिन सकिन्छ र सुरक्षित हुन सकिन्छ ।
तीनै तहका सरकारहरूले विपद् पूर्वतयारीका क्षेत्रमा खासै कुनै काम गरेको देखिदैन । विपद्को जुन तयारी केन्द्रदेखि स्थानीय सरकारहरूले गर्नुपर्ने थियो त्यो अलि पुगेको छैन । त्यसतर्फ तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here