- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरस्थानीय सरकारको विपद् पूर्वतयारी

स्थानीय सरकारको विपद् पूर्वतयारी

- Advertisement -spot_img

दाङ, १९ माघ । दाङ विपद्को उच्च जोखिम जिल्लामा पर्छ । तर पनि यहाँका स्थानीय सरकारहरू यसप्रति त्यति धेरै गम्भीर भएको देखिएको छैन । वर्षेनी विपद्ले सताइले दाङका स्थानीय सरकारले आवश्यकता अनुसार यस वर्ष पनि विपद् पूर्वतयारी नगरेको विभिन्न क्रियाकलापहरूले देखाइरहेका छन् ।
विपद् पूर्वतयारीमा एक रूपैयाँले हुने काम विपद्पश्चात् त्यही काममा आठ रूपैयाँ खर्च हुन्छ हुने समेत तथ्यांक सार्वजनिक भइरहेको छ ।
तर पनि यो विषयमा भन्ने स्थानीय सरकार चनाखो र गम्भीर देखिदैनन् । एक तथ्याङ्कले देखाएको छ । तर पनि विपद् पूर्व तयारीको लागि एक रूपैयाँ खर्च गर्नुभन्दा हालका तीनै तहका सरकारको विपद् पूर्वतयारीको क्षेत्रमा गरिरहेको काम हेर्दा विपद्पश्चात् आठ रूपैयाँ खर्च गर्न तयार भएको देखिन्छन् ।
तीनै तहका सरकारहरूले विपद् पूर्वतयारीका क्षेत्रमा खासै कुनै काम गरेको देखिदैन । विपद्को जुन तयारी केन्द्रदेखि स्थानीय सरकारहरूले गर्नुपर्ने थियो त्यो अलि पुगेको छैन भन्ने मात्र हो ।
अर्को कुरा कतिपय जनप्रतिनिधिहरूमा विपद् भन्ना बित्तिकै राहत वितरण हो भन्ने बुझाई कारण पनि स्थानीय तहहरूमा विपद् पूर्वतयारीका गतिविधिहरू न्यून छन् ।

दाङका स्थानीय सरकारको के तयारी

तुलसीपुर उपमहानगरपालिका
नगरप्रमुखको अध्यक्षतमा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी सम्पूर्ण वडाहरूमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरू गठन गरेको छ ।
साथै बाढी प्रभावित समुदायहरूमा नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सामुदायिक विपद् व्यवस्थापन समितिहरूसमेत गठन भएका छन् । उपमहानगरपालिकाले विपद् व्यवस्थापन कोष निर्माणसमेत गरेको छ ।
समुदायस्तरमा गठन भएका सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आफ्नो समुदायको जोखिम विश्लेषण र नक्साङ्कन गरी विपद् पूर्वतयारी र वाढी पूर्वसूचना प्रणालीको लागि समुदाय अघि बढेको पाईन्छ । हाल यस उपमहानगरले उपमहानगरको विपद् जोखिम नक्साङ्कन गर्ने कामलाई तिब्र बनाएको छ ।
घोराही उपमहानगरपालिका
घोराही उपमहानगरपालिकाले नगर विपद् जोखिम व्यवस्थापन न्यूनीकरण ऐन २०७४ पारित गरी ऐन अनुसार स्थानीय विपद् व्यवस्थापन समिति गठन भएको छ ।
विपद् कोष निर्माणसँगै कार्यविधि निर्माण, राहत सामग्री वितरण मापदण्डसमेत पारित गरेको छ । उपमहानगरपालिकाले स्थानीय आपतकालीन कार्यसञ्चालन कार्यविधि प्रमाणीकरण गर्ने कामसमेत सम्पन्न गरेको छ ।
प्रत्येक वडाहरूमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरी विपद् पूर्वतयारीको लागि सचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ ।
नेपाली सेनाको सहयोगमा घोराही उपमहानगरपालिकाले विपद् पूर्व तयारीको लागि खोज उद्धार तथा प्राथमिक उपचार तालिमहरूसमेत सञ्चालन गरेको छ ।
आगलागीको घटनालाई मध्यनजर गर्दै उपमहानगरपालिकाभित्र रहेका खरका छानो हटाउने कार्यक्रमको लागि एक करोड रकमसमेत विनियोजन गरी अघि बढेको पाईएको छ ।
लमही नगरपालिका
जिल्लामा लमही नगरपालिका विपद् पूर्व तयारीको हिसाबले अन्य स्थानीय सरकारभन्दा अघि बढेको पाईन्छ । यस नगरपालिकाले नगरपालिकास्तरीय विपद् व्यवस्थापन समित गठन गरी नगरस्तरीय आपतकालिन कार्यसञ्चालन केन्द्रसमेत सञ्चालनमा ल्याईसकेको छ ।
यस नगरपालिकाले स्थानीय विपद् व्यवस्थापन ऐन निर्माणसँगै यसलाई पारीत गरी आफ्नै विपद् ऐन अनुसार सम्पूर्ण वडाहरूमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरेको छ ।
नगरपालिकाले आफ्नो विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सन २०२० देखि २०३० सम्मको रणनैतिक कार्ययोजना निर्माण गर्न अघि बढेको छ ।
नगरपालिकाले पालिकास्तरको विपद् व्यवस्थापन कोषसमेत निर्माण गरेको छ जसको लागि कोष सञ्चालन कार्यविधि तयार गरी कार्यपालिकाबाट पारितसमेत भैसकेको छ ।
सँगै राप्ती नदीबाट प्रभावित समुदायहरूमा समुदायस्तरको २८ वटा सामुदायिक विपद् व्यवस्थापन समिति तथा वाढी पूर्व सूचना प्रणाली कार्यदल, खोज उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलहरूसमेत गठन भएका छन् ।
त्यस्ता सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई नेपाल रेडक्रस सोसाईटी दाङको सहयोगमा विभिन्न किसिमका तालिम तथा वाढी पूर्व सूचाना प्रणाली र खोज उद्धारका सामाग्रीहरू वितरण गरी तयारी अवस्थामा समेत राखिएको छ ।
समुदायस्तरमा गठन भएका सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आफ्नो समुदायको जोखिम विश्लेषण गरी समुदायको नक्साङ्कन गर्ने कामसमेत गरेका छन् ।
कतिपय सामुदायिक विपद् व्यवस्थापन समितिहरू सामुदायिक विपद् व्यवस्थापन कोष निर्माण गर्ने काममा समेत अघि बढेको पाइन्छ  ।
जुन कामलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले सञ्चालन गरेको विपद् पूर्वतयारी तथा वाढी पूर्वसूचना प्रणाली परियोजनाले सहजीकरण गर्दै आएको छ ।
राप्ती गाउँपालिका
विपद् पूर्वतयारीलाई हेर्दा यो गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समिति निर्माण गरी विपद् व्यवस्थापन कोष निर्माण र कोष सञ्चालनको लागि कार्यविधि समेत तयार पारेको छ ।
यस गाउँपालिकाले विपद् व्यवस्थापन ऐन निर्माण गर्ने काम गरेको छ । यो गाउँपालिकाका वाढी प्रभावित १३ वटा समुदायहरूमा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरी समुदायस्तरको जोखिम विश्लेषण र नक्साङ्कन गरी विपद् पूर्व तयारी र वाढी पूर्व सूचना प्रणालीको लागि समुदाय अघि बढेको पाईन्छ ।
दंगीशरण गाउँपालिका
यस गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्नुका साथै वडस्तरीय विपद् व्यवस्थापन समितिहरूसमेत गठन गरेको छ ।
गाउँपालिकाका वाढी प्रभावित समुदायहहरूमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको सहयोगमा सामुदायिक विपद् व्यवस्थापन समितिहरू गठन गरी विभिन्न कार्यदलहरूसमेत निर्माण भएका छन् ।
गाँउपालिकाले विपद् व्यवस्थापन कोष निर्माण गरे पनि कार्यविधि बनाएको छ । गाउँपालिकाले विभिन्न कार्यविधि योजना बनाउने कुराहरूलाई अघि बढाएको छ ।
शान्तिनगर गाउँपालिका
अन्य गाउँपालिका जस्तै यो गाउँपालिकाले पनि विपद् व्यवस्थापन समिति गठन गरी कोष निर्माण र कार्यविधि तयार पारेको छ । प्रत्येक वडाहरूमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरूसमेत गठन भएका छन् ।
विपद् प्रभावित समुदायहरूमा सामुदायिक विपद् व्यवस्थापन समिति तथा विभिन्न कार्यदलहरूसमेत यो गाउँपालिकामा गठन भएका छन् ।
विगतमा झाडापखाला महामारीको सामना गर्नुपरेको यो गाउँपालिका राष्ट्रिय रूपमा समेत चर्चा पाएको थियो । हाल गाउँपालिकाले विभिन्न किसिमका नीति योजना बनाउने कुरामा अघि बढेको छ ।
गढवा गाउँपालिका
यस गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी विपद् व्यवस्थापन कोष निर्माणसँगै कोष सञ्चालन कार्यविधिसमेत तयार पारेको छ ।
प्रत्येक वडाहरूमा वडस्तरीय विपद् व्यवस्थापन समिति गठन गर्नुका साथै यस गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र तीनवटा क्षेत्रलाई सुरक्षित स्थान पहिचान गरी सोही अनुसार योजनासमेत अघि बढाएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्वारा सञ्चालित ईन्कोर परियोजना र विपद् पूर्वतयारी तथा वाढी पूर्व सूचना प्रणाली परियोजनाको सहयोगमा समुदायस्तरमा २६ वटा सामुदायिक विपद् व्यवस्थापन समिति तथा विभिन्न कार्यदलहरूसमेत गठन भएका छन् ।
गाउँपालिकाले विपद् पूर्वतयारीको लागि दमकल खरिद योजनालाई अघि बढाएको छ भने सर्पदंश उपचार केन्द्र स्थपनाको प्रक्रियालाई समेत अघि बढाएको छ ।
विपद्े पूर्वतयारीको क्षेत्रमा नेपाल रेडक्रससँग सहकार्य गर्दै विभिन्न किसिमका तालिम तथा खोज उद्धार र वाढी पूर्वसूचना प्रणालीसम्बन्धी विभिन्न सामाग्रीहरूसमेत समुदायमा तयारी अवस्थामा राखेको छ ।
राजपुर गाउँपालिका
गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी विपद् व्यवस्थापन कोष निर्माणसँगै कोष सञ्चालन कार्यविधिसमेत तयार पारेको छ । प्रत्येक वडाहरूमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन भएका छन् ।
यस गाउँपालिकाले पनि आफ्नो गाउँपालिका क्षेत्रभित्र दुईवटा क्षेत्रलाई सूरक्षित स्थान पहिचान गरी सोही अनुसार योजनासमेत अघि बढाएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्वारा सञ्चालित ईन्कोर परियोजना र विपद् पूर्वतयारी तथा वाढी पूर्वसूचना प्रणाली परियोजनाको सहयोगमा समुदायस्तरमा २० वटा सामुदायिक विपद् व्यवस्थापन समिति तथा विभिन्न कार्यदलहरूसमेत गठन भएका छन् । गाउँपालिकाले विपद् पूर्वतयारीको लागि विभिन्न नीति तथा कार्ययोजना तयार पारिराखेको छ ।
विभिन्न संकटासन्न समुदायमा विपद् पूर्वतयारीका कामहरूसमेत गाउँपालिकाले गर्दै आएको छ । विपद् पूर्व तयारीको क्षेत्रमा नेपाल रेडक्रससँग सहकार्य गर्दै विभिन्न किसिमका तालिम तथा खोज उद्धार र वाढी पूर्वसूचना प्रणालीसम्बन्धी विभिन्न सामाग्रीहरूसमेत समुदायमा तयारी अवस्थामा राखेको छ ।
बबई गाउँपालिका
अन्य स्थानीय तहजस्तै यस गाउँपालिकामा पनि स्थानीय विपद् व्यवस्थापन समिति गठन, विपद् व्यवस्थापन कोष निर्माण र कोष कार्यविधि निर्माण गर्नै काम भएको छ ।
वडाहरूमा वडास्तरीय विपद् व्यवस्थापन समिति तथा विपद् प्रभावित समुदायहरूमा सामुदायिक विपद् व्यवस्थापन समिति गठन भएका छन् । यो गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापनाको लागि पूर्वाधार तयार पारेको छ ।
बंगलाचुली गाउँपालिका
जिल्लाको पहाडी गाउँपालिकाको रूपमा रहेको यो गाउँपालिकामा खासगरी आगलागी पहिरो प्रमुख विपद्को रूपमा रहेको पाईन्छ । अन्य गाउँपालिका जस्तै बंगलाचुली गाउँपालिकामा पनि स्थानीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । गाउँपालिकामा विपद् व्यवस्थापन कोष निर्माण भएको छ । विभिन्न समयमा गाउँपालिकाले विपद्सँग सम्बन्धित रहेर छलफलसमेत गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here