- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरमहोत्सवमा थामी नसक्नु भिड

महोत्सवमा थामी नसक्नु भिड

- Advertisement -spot_img

दाङ, १९ माघ । दाङको तुलसीपुर र घोराहीमा सञ्चालित महोत्सवमा शनिबार पनि दर्शकहरूको उल्लेख्य सहभागिता रह्यो । तुलसीपुरमा दिलिप रायमाझीको उपस्थितिले शनिबार महोत्सव क्षेत्र भरीभराउ थियो ।
नायक रायमाझीले मोडल आरूषी मगरसँग नृत्य प्रस्तुत गर्दा दर्शकहरू रमाए । महोत्सवमा अर्का आकर्षक बनेका लोकगायक कुलेन्द्र विकको प्रस्तुतिमा दर्शकहरू छमछमी नाचेका थिए ।
‘नजाउ हैन सानु पँधेरीमा’ लगायतका गीतहरू गायक कुलेन्द्रले गाएका थिए । यसैगरी गायीका ऋतु कँडेलले ‘बाँझो खेतमा’ बोलको गीत गाउँदा दर्शकहरूले साथ दिएका थिए ।
यसैगरी गायक तथा पत्रकार देवेन्द्र बस्नेतले स्वर्गीय गायक मधुवाबु थापाको सम्झनामा उनकै गीत माया पिरिम नजिक भयो, चिल बस्यो टुप्पैमा, कान्छीको जवानीले बोलको गीत पनि गायक बस्नेतले पस्केका थिए । यसैगरी शनिबार हास्य कलाकार तथा गायक पिताम्बर रिजाल, टोपेन्द्र विष्टलगायतले प्रस्तुति राखेका थिए ।
दर्शकहरूलाई महोत्सव स्थल प्रवेश गर्न भिडभाड बढेपछि दुईवटा प्रवेशद्वारबाट टिकट खुल्ला गरिएको थियो । भिडभाडको व्यवस्थापन गर्न आयोजक समितिले दुई स्थानबाट टिकट व्यवस्थापन गरेको थियो ।
महोत्सवमा आइतबार गायिका कोमल ओली, हास्य कलाकार भटभटे माईला, गायक शक्ति चन्द, गायिका अनु गुरूङ, गायक तथा हास्य कलाकार मनिष खड्का, मोडेल शरिष्मा मगर, गायिका प्रेरणा पाण्डे लगायतको प्रस्तुति रहने सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिए ।

यसैगरी घोराहीमा सञ्चालन भएको महोत्सवमा पनि दर्शकको उल्लेख्य भिड देखिएको थियो । दाङ चेम्बर अफ कमर्सको आयोजनामा भएको महोत्सवमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले बताएको छ ।
महोत्सवमा अत्याधिक दर्शक बढेपछि वैकल्पिक बाटोबाट बाहिरिने व्यवस्थासमेत गरिएको थियो । महोत्सवमा पछिल्ला दिनहरू दर्शकहरूको संख्या बढिरहेकाले आफूहरू निकै उत्साहित भएको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले बताए ।
महोत्सवमा दुर्गेस थापाले गीत गाउँदा दर्शकहरू रमाएका थिए । बाल कलाकारहरू कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरीको घम्साघम्सीमा दर्शकहरू छमछमी नाचेका थिए ।
महोत्सवमा आइतबार कमल गाउँले , पशुपति शर्मा, भूमिका गिरीलगायत अन्य चर्चित गायक तथा कलाकारहरू आउने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक एवम् चेम्वरका सचिव कुमारराज श्रेष्ठले बताए । आइतबार दोहोरी गीत प्रतियोगिताको फाइनलसमेत हुने भएको छ ।

लमहीमा पनि महोत्सव

यसैबीच आगामी माघ २४ गतेदेखि फागुन ५ गतेसम्म लमहीमा पनि व्यापारिक महोत्सव हुन लागेको छ । चेम्बर अफ कमर्स लमहीले ‘घुम्न जाउँ देउखुरी’
भन्ने मूल नाराका साथ पर्यटन बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले व्यापारिक महोत्सब सञ्चालन गर्न लागेको हो । लमही नगरपालिका वडा नम्बर ५ को रातोडाँडामा हुने महोत्सवको तयारी तिब्र परिएको आयोजकले जनाएको छ ।
लमहीमा सञ्चालन गर्न लागेको महोत्सव पहिचानको लागि हुने चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपानेले बताए । महोत्सवको तयारीका बारेमा शनिबार लमहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले महोत्सवबाट संकलित रकम सामाजिक काममा खर्चने बताए ।
देउखुरीमा रहेका धार्मिक स्थल, पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्दनमा समेत यो महोत्सवले टेवा पु¥याउनका लागि पनि सजिलो हुने अध्यक्ष न्यौपानेले बताए । महोत्सवमा २ सय ५० वटा स्टल राखिने भएको छ ।
मेलामा तीन लाख दर्शकले अवलोकन गर्ने र करिब तीन करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको बरिष्ठ उपाध्यक्ष किरण शाहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here