- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरऔषधि खुवाउन पाँचसय कर्मचारी

औषधि खुवाउन पाँचसय कर्मचारी

- Advertisement -spot_img

तुलसीपुर, १९ माघ । हात्तीपाईले रोगविरूद्धको औषधि खुवाउने अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरमा झण्डै पाँच सयजना स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।
उपमहानगर–पालिकाको स्वास्थ्य महाशाखाका अनुसार तुलसीपुरका १९ वटै वडामा हात्तीपाईले रोगविरूद्धको औषधि खुवाउने अभियानलाई प्रभावकारी बनाउन ४ सय ९६ जना स्वास्थ्यकर्मी परिचालन गरिने भएको हो ।
तुलसीपुरमा आगामी माघ २५ गतेदेखि हात्तीपाईले रोगविरूद्धको औषधि खुवाउन लागिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।
‘एक वडामा कम्तिमा १५ देखि ४६ जनासम्म स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको छ’ उनले भने– ‘उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा अपुग भएका प्रादेशिक अस्पतालबाट समेत स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको छ ।’
दशौँ चरणमा सञ्चालन हुन लागेको अभियानमा तुलसीपुरमा डेढ लाखजनालाई औषधि खुवाइने लक्ष्य रहेको छ । उपमहानगरपालिकाका १९ वडाका रहेका १ लाख ४८ हजार ८ सय ३६ जनालाई हात्तीपाईले विरूद्धको औषधि खुवाइने भएको हो ।
स्वास्थ्य शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको पालिकास्तरीय योजना तर्जुमा कार्यक्रममा जनस्वास्थ्य निरिक्षक केसीले तुलसीपुरका सबै वडामा चार दिनसम्म बुथमा औषधि खुवाइने बताए ।
‘चार दिनसम्म बुथमा औषधि खुवाउने हो’ उनले भने– ‘औषधि खान छुटेकालाई घर–घरमै पुगेर भएपनि यसपटक लक्षित वर्ग सबैलाई खुवाउँछौँ ।’ उपमहानगर–पालिकाकाभित्रका २ सय १८ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई पनि परिचालन गरिने भएको छ ।
उनले हात्तीपाईले रोगको संक्रमणका हिसाबले तुलसीपुर पनि जोखिम रहेको भन्दै सबैले औषधि सेवन गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले दाङमा नवौँ पटक औषधि खुवाउँदासम्म निवारण हुन नसकेपछि दशौँ चरणमा औषधि खुवाउन लागिएको बताए ।
उनले केहीलाई बुझाउन नसक्दा र कतिपयले बुझ्न नसक्दा दाङमा हात्तीपाईले रोगविरूद्धको औषधि खुवाउने कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए ।
हात्तीपाईले रोग लागिसकेपछि उपचार सम्भव नभएको भन्दै उनले समयमै औषधि सेवन गरी सुरक्षित हुनुपर्ने बताए । स्वास्थ्य शाखा प्रमुख ओमपि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा १९ वटै वडाका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here