- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसहकारीको वार्षिकोत्सवमा रक्तदान

सहकारीको वार्षिकोत्सवमा रक्तदान

- Advertisement -spot_img

तुलसीपुर, १९ माघ । तुलसीपुरमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले आफनो १२औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरेको छ । रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा संस्थाले कार्यालयमै रक्तदान कार्यक्रम गरेको हो ।
मानव जीवनको महत्वपूर्ण कार्यअन्तर्गत वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव भिमलाल मरासिनीले बताए ।
कार्यक्रम संयोजक मरासिनीको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले एक थोपा रगतदान गरेरे कसैको ज्यान बचाउन सहयोग पुग्ने कार्य महान कार्य भएको बताए ।
उनीहरुले सामाजिक संघसंस्थामा आवद्ध व्यक्तिहरुले यो अभियानलाई निरन्तरता दिनसमेत आग्रह गरे । कार्यक्रममा संस्थाका उपाध्यक्ष केशवराज सापकोटाले संस्थाले कसैलाई रगत अभाव हुने अवस्था भएमा अनकलमार्फत रगत व्यवथापन गर्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष बासुदेव आचार्य, सल्लाहकार विनोद शर्मा, नेपाल रेडक्रस सोसाईटी पवननगर उपशाखा सभापति दोर्ण बहादुर वलीलगायतले बोलेका थिए ।
कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए । टोपबहादुर महतरा, हरिप्रसाद उपाध्याय, केशवराज सापकोटा, प्रकाश न्यौपाने, नोखी रावत, भोजराज चापागाई, किरण विश्वकर्मा, कुरेश आचार्य, कपिल धिताल, आशिष विष्टले रक्तदान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here