Friday, April 19, 2024
Homeसम्पादकीयकिन देखिदैन उपलब्धि

किन देखिदैन उपलब्धि

- Advertisement -spot_img

राज्यले पटक–पटक स्वास्थ्य शिक्षामा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । राष्ट्रिय अभियानका रूपमा सञ्चालन हुने विभिन्न गतिविधिहरूले यस वर्ष पनि स्थान पाएका छन् । शिक्षाको गुणस्तर सुधारका लागि नेपालमा धेरै पटक विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।
भने स्वास्थ्य सुधार गर्दै जोखिम अन्त्यका लागि राष्ट्रिय अभियान हरेक वर्षजसो चल्दै आएका छन् । रोगका विरूद्धमा हुन या त सचेतना फैलाउनका लागि हुन कुनै न कुनै प्रकारले वर्षमा स्वास्थ्यसम्बन्धी ४/५ वडा राष्ट्रिय अभियान सञ्चालन हुन्छन् । कति अभियानले सार्थकता पाइरहेको पनि धेरै अभियानहरू प्रभावहीन देखिन्छन् ।
अभियानबाट जुन अपेक्षा र आशा राखिएको हुन्छ त्यो पूरा भएको देखिदैनन् । पछिल्लो समय हात्तीपाईले रोगविरूद्धको औषधी खुवाउने राष्ट्रिय अभियान पनि दाङमा प्रभावकारी देखिएको छैन ।
हात्तीपाईले रोग निर्मूलका लागि सञ्चालन गरिएको यो अभियान नौ वर्षसम्म सञ्चालन हुँदा पनि उपलब्धिहीन देखिएपछि अभियानमै शंका उत्पन्न हुन थालेको छ । दाङमा यस वर्ष दशांै चारणको अभियान सञ्चालन हुँदैछ ।
कुनै पनि अभियानको निश्चित समय तोकिएको हुन्छ । त्यो सीमाभित्र त्यसको पूर्ण लक्ष्य प्राप्त हुन्छ तर हात्तीपाईले विरूद्धको अभियानले भने सीमा पार गरेर आधा समय बढी जाँदा पनि लक्ष्य पूरा गर्न सकेको छैन ।
दाङमा ६ वर्षसम्ममा मात्रै खानुपर्ने हात्तीपाईले रोगविरूद्धको औषधी दश वर्षसम्म खुवाईदै आइएको छ । जिल्लाकै सबै समुदायले पूर्णरूपमा औषधी नखादा थप पाँच वर्ष औषधी खानु परेको हो ।
यो पटकको औषधीले पनि लक्ष्य पूरा गर्ने आशंका जीवितै छ । राष्ट्रिय अभियानको रूपमा सञ्चलान भएको यो अभियान दाङमा पनि ६ वर्षसम्ममा लक्ष्य पूरा गर्ने योजना थियो तर नौ वर्षसम्म पनि त्यो लक्ष्य पूरा भएको छैन । दाङमा विगत ९ वर्षदेखि खुवाउँदै आएको छ ।
यो वर्ष पनि त्यो अभियान सञ्चालन भएको छ । ६ वर्षसम्म मात्रै खानु पर्ने यो औषधी ९ वर्षदेखि औषधी खाईरहेका छन् । दाङमा सबै मानिसले हात्तीपाईले रोगविरूद्धको औषधी नखाईदिदा औषधी खुवाउने अवधी बढ्दै गएको र लक्ष्य पुग्न नसकेका स्वास्थ्यकर्मीको तर्कले प्रभावकारितामा प्रश्न खडा गरिदिएको छ ।
२०७३ सालमा सर्भे गर्दा दाङमा १२ प्रतिशतमा हात्तीपाईले रोगको जीवाणु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । ०७४ सालमा ६ प्रतिशतमा झारेको विवरण देखाइयो ७६ मा आउँदा ३ प्रतिशत प्रभावित रहेको भनिएको छ ।
अभियानका नाममा वर्षेनी करोडौ रूपैयाँ खर्च हुने तर त्यसको उपलब्धि नदेखिनु राम्रो हैन । विशेषगरेर अभियानमा सबै नेपालीलाई सक्रियतापूर्वक सहभागी हुने वातावरण गराउनसके यस्ता अभियानहरू पनि सफल र सार्थक पाउने पक्का छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here