Thursday, April 18, 2024
Homeफिचरदाङमा कहिलेसम्म ?

दाङमा कहिलेसम्म ?

- Advertisement -spot_img

हात्तीपाईले रोगविरूद्धको अभियान …
घोराही, १९ फागुन । यो वर्ष पनि दाङ फेरी हात्तीपाईले रोगविरूद्धको अभियान गर्न लागिएको छ । दाङमा छ वर्षसम्म मात्रै खानुपर्ने हात्तीपाईले रोगविरूद्धको औषधी ९ वर्षदेखि खाईरहेका छन् ।
जिल्लाकै सबै समुदायले पूर्णरूपमा औषधी नखादा यो वर्ष पनि अभियानकै रूपमा औषधी खुवाईने भएको छ । स्वास्थ्य कार्यालय दाङले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम आमऔषधी सेवन अभियानको बारेमा पत्रकारहरूसँग छलफल गर्दै यस्तो बताएको हो ।
नियमित रूपमा छ वर्षसम्म मात्रै औषधी खानुपर्ने हो तर सबै जिल्लाबासीले नखाएको हुँदा पुनः खुवाउन थालिएको स्वास्थ्य कार्यालयकी प्रमुख डा सुनिता पौडेलले बताइन् ।
माघ २५ गतेदेखि हात्तीपाईले रोगको औषधी खुवाउने अभियान थालिने उनको भनाइ छ । राष्ट्रिय अभियानको रूपमा सञ्चालन भएको यो अभियान दाङमा पनि फेरी औषधी खवाइने भएको छ ।
दाङमा विगत ९ वर्षदेखि खुवाउँदै आएको हात्तीपाईले रोगविरूद्धको औषधी यो वर्षपनि अभियानकै रूपमा खुवाउँदै आएको छ । छ वर्षसम्म मात्रै खानुपर्ने यो औषधी ९ वर्षदेखि औषधी खाईरहेका छन् ।
‘दाङमा सबै मानिसले हात्तीपाईले रोगविरूद्धको औषधी नखाईदिदा औषधी खुवाउने अवधी बढ्दै गएको हो’ छलफलमा कार्यालय प्रमुख पौडेलले भनिन् ‘पूर्णरूपमा सबैले यो औषधी नखाँदासम्म हात्तीपाईले रोगको विरूद्ध खुवाउने अवधी कहिलेसम्म लम्बिने हो भन्ने अझै एकीन छैन् ।’
दाङमा हात्तीपाईले रोगविरूद्धको औषधी धेरैले नखाएको विगतका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य स्वयम्सेविकाहरूले प्रभावकारी रूपमा औषधी नखुवाउने, नागरिकहरूमा सचेतना गराउन नसक्नुले धेरैजसोले औषधी नखाएको बताउँदै आएका छन् ।
हात्तीपाईले रोगविरूद्धको औषधी शुरूको समयमा धेरै खाएपनि पछिल्लो वर्षमा निरन्तररूपमा खाएका छैनन् । छलफलमा स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सन् २०११ मा दाङमा ८७.३० प्रतिशतले औषधी खाएका छन् ।
त्यसैगरी २०१२ मा ५८.२५ प्रतिशतले मात्र औषधी सेवन गरेका छन् भने २०१३ मा ६४.९७, २०१४ मा ६८.५६, २०१५ मा ५४.४८, २०१६ मा ५७.०५ प्रतिशतले औषधी खाएको तथ्यांक सार्वजनिक गरेको छ ।
त्यसैगरी २०१७ मा ७२.६७, २०१८ मा पनि ७२.१५, २०१९ मा भने ५६.१७ प्रतिशतले मात्रै औषधी सेवन गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । नौ वर्षदेखि नै दाङमा औषधी खानेको संख्यामा एकरूपमा नहुँदा फेरी औषधी खानु परेको हो ।
स्थानीय तहअन्तर्गत सबैभन्दा कम घोराही उपमहानगरपालिकामा कम संख्यामा औषधी सेवन गरेका छन् । अभियानका फोकल पर्सन कमल चन्दका अनुसार घोराही उपमहानगरपालिकामा ४३ प्रतिशत,
लमही नगरपालिकामा ५२ प्रतिशत, तुलसीपुर उपमहानगरपालिकामा ५५ प्रतिशत, बंगलाचुली गाउँपालिकामा ५८ प्रतिशत, राजपुर गाउँपालिकामा ६३ प्रतिशत, गढवा गाउँपालिकामा ६५ प्रतिशत, राप्ती र दंगीशरण गाउँपालिकामा ६६ प्रतिशत, शान्तिनगर गाउँपालिकामा ७० प्रतिशत र बबई गाउँपालिकामा ८१ प्रतिशतले औषधी सेवन गरेका छन् ।
हात्तीपाईले रोगविरूद्धको औषधी सेवन गर्दा के–के फाईदा हुन्छन् भन्ने विषयमा जानकारी गराउन नसक्दा प्रभावकारी नभएको हात्तीपाईले रोगका फोकल पर्सन कमल चन्दले बताए ।
विगतको वर्षहरूमा हात्तीपाईले रोगविरूद्धको औषधी खुवाउँदा केही नकारात्मक लक्षणहरू देखिए पनि त्यसको नकारात्मक प्रचार बढी भएको बताए ।
‘औषधी खाएका केही व्यक्तिहरूलाई चक्कर लाग्ने, टाउको दुख्ने लक्ष्ण देखियो’ फोकल पर्सन चन्दले भने ‘हामीले बिरामीको शरीरमा हात्तीपाईले रोगको जीवाणु छ भन्ने कुरा बुझाउन सकेनाँै ।’
पछिल्लो समयमा औषधी खाने संख्याको बढ्दै गएको बताए । दाङमा नौ वर्ष यता हात्तीपाईले रोगको औषधी खुवाउने अभियान शुरू गरेपनि अधिकांशले तीन÷चार वर्ष यता औषधी खान थालेका छन् ।
धेरै जसोले औषधी खाएपछि नकारात्मक असर गर्छ भनेर नखाएको बताएका थिए । हात्तीपाईले रोगको औषधीको बारेमा विस्तारै बुझ्न थाले औषधी खानेको संख्या पनि बढ्दै गएको छ ।
नागरिकहरू हात्तीपाईले रोगको औषधीको बारेमा सचेत हँुदै गएको र छिट्टै नै अभियान सफल हुने पनि उनले बताए । अभियानको क्रममा दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई औषधी खुवाउने लक्ष्य लिइएको छ ।
हात्तीपाईले रोगको बाहिर देखिने लक्षणहरू ज्वरो आउनु र शरीरमा कम्पन हुनु, लिम्फ नलीहरू सुनिनु, रातो भई दुख्नु, हात गोडामा निला काला धर्साहरू देखिनु, गिर्खाहरू बढ्नु, दुख्नु, पुरूषको अण्डकोष वरपरका नसारहरू फुल्नु र दुख्नु हुन् ।
अभियानका फोकल पर्सन चन्दका अनुसार दीर्घकालीन रूपमा देखिने लक्षणहरू अण्डकोष दुख्नु, ठूलो हुनु, गिर्खाहरू भेटिनु, पछि हाईड्रोलिक अर्थात् अण्डकोष वरीपरि पानी भरिनु, ठूलो हुनुजस्ता लक्षण देखिन्छन् ।
त्यसैगरी महिलामा यौनांग अथवा स्तन सुन्निनु तथा दुख्नु, खुट्टा सुनिएर हात्तीपाईले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु रगतमा इयोसिनोफिलको मात्रा बढ्नुजस्ता लक्षण देखिने उनले बताए ।
यो रोग लागेपछि बिरामीले दैनिक जीवनका क्रियाकलाप गर्न अशक्त हुँदै जाने र पछि अपाङ्ग समेत हँुदा आर्थिक सामाजिक, मानसिक रूपमा आफू परिवार अनि समाज तथा देशलाई बोजपूर्ण हुने उनको भनाइ छ । स्वास्थ्य कार्यालय प्रमुख सुनता पौडेलको अध्यक्षतामा छलफल भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here