- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरलमहीको छैठौं नगरसभा

लमहीको छैठौं नगरसभा

- Advertisement -spot_img

देउखुरी, १८ माघ । लमही नगरपालिकाको छैंठौ नगरसभा शुक्रबारदेखि लमहीमा शुरू भएको छ । शुक्रबार लमही नगरपालिकाको छैंठौ नगरसभा सुरू भएको हो । नगर प्रमुख कुलबहादुर केसीले नगरपालिकाले १५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएपनि हालसम्म २१ प्रतिसत मात्रै राजस्व संकलन भएको बताए ।
चालु आर्थिक बर्ष समापन हुन पाँच महिना मात्रै बाँकी रहदा लमही नगरपालिकामा ८७ प्रतिशत बजेट बराबरको काम हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै आयोजना तथा कार्यक्रमहरूको कुल चालु खर्चको २२ प्रतिशत र कुल पुँजीगत खर्च जम्मा पाँच प्रतिशत मात्रै भएको उल्लेख छ ।
नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको नगरसभामा नगरप्रमुख केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वर्षभरीमा नगरपालिका क्षेत्रमा ९ किलोमिटर सडक कालोपत्रे गरिएको, ६० किलोमिटर सडक ग्राभेल गरिएको छ ।
देउखुरी उपत्यकाकै आशा र भरोसा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि लमही अस्पताल नजिकै भवन निर्माण कार्य सुचारू भई आगामी आ.व. ०७७÷०७८ देखि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
प्रदेश सरकारको समपूरक अनुदानबाट चालु आर्थिक वर्षमा नगर क्षेत्रका विभिन्न वडाहरूमा आठवटा सडकहरू कालोपत्रे गर्ने कार्यको तयारी ठेक्का प्रक्रियाबाट अन्तिम चरणमा रहेकोछ ।
लमही नगरपालिकाको संस्थागत सुदृढीकरणका लागि अत्यावश्यक विभिन्न ३४ वटा ऐन, नियम तथा कार्यविधिहरू निर्माण गरी प्रचलनमा रहेको, लमही अस्पतालबाट सञ्चालनमा आएको निःशुल्क स्वास्थ्य सेवा
(५ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथि) सञ्चालनलाई निरन्तरता दिइएको,
लमही नगरपालिकाका सबै वडाहरूमा स्वास्थ्य सेवामा जनताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातवटा वडाहरूमा नगर स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा प्रदान गरिएको छ । नगरसभामा वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष मेघनारायण चौधरी लगायतले नदीजन्य पदार्थ उत्खननको तथा व्यवस्थापनको विषयमा धारणा राखेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here