- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसहनशील हैन साहसी बन

सहनशील हैन साहसी बन

- Advertisement -spot_img

दीपा धिताल

कथा
समय धेरै पहिलाको होइन हिजो अस्ति कै हो हामी जन्मिएको गाउँ र समाजमा जहाँ ८÷९ कक्षामा पढ्ने समयमै १४÷१५ वर्ष उमेर नपुगेकी छोरीलाई विहे गर्दिन बा आमालाई हतार हुन्थ्यो र विहे नै गर्दिन्थे । कति साथीहरू नचाहदा नचाहदै पढाइ छोड्न बाध्य हुन्थे ।
एसएलसी दिएपछि त झनै हतार हुन्थ्यो छोरीहरूको विहे गर्दिन बा आमालाई । यदि गरेकी छैन भने त छोरी अब ठूली भई भनेर अनेक प्रश्नहरू ते¥यासाई हाल्थे पढेर के हुन्छ ? अर्काको घर जाने जात भनेर कुरा ते¥याउन पछि पर्दैनन् ।
जुन गाउँबाट सानैमा एउटा संघर्ष, आँट, अठोट र साहस बोकेर हिडेकी छोरीको नाम हो सीता ऊ सँगै पढेका साथीहरू सबैको पहिले नै विहे भैसक्यो । सीतालाई पनि आफन्त कुटुम्बहरूबाट विहेको प्रस्ताव नआएको हैन ।
स्वयम् सीताका बाआमाले उसलाई विहे नगर पनि भनेका होइनन् । १२/१३ वर्षको उमेरमा नै बाआमाले ‘विहे गर अब त सँगैका तेरा साथीहरूको विहे भयो कति पढ्छु, पढ्छु मात्र भनेकी विहे गर्ने समयमा पनि…’ भनेर तनाव दिइनै रहन्थे । तर सीताले न बा आमा न अरूको नै कुरा सुनी ।
उनीहरूको पछि कहिल्यै दौडिन । जिन्दगीमा केही गर्छु भन्ने दृढता बोकेर छोरीहरूलाई कमजोर सम्झने त्यो गाउँ समाजबाट संघर्ष गर्दै सीता बाटोमा निस्किएकी हो ।
हिजो यो पितृसत्तात्मक सत्ताले जरा गाडेको र गाउँ र आफ्नै बाआमासँग विद्रोह गरेर बाटोमा ननिस्किएकी भए सायद आज ऊ यो समाजमा स्वतन्त्रसँग हिड्न सक्ने थिइन् ।
उसले यो देश र यो समाजलाई चिन्न सक्ने थिइन् । सफलतामा आफ्ना फाइलाहरू टेक्न सक्ने थिइन् । शिर ठाडो हिड्न सक्ने थिइन् ।
सीताले कहिलेकाहीँ जिन्दगीको पाइलामा हारको कुरा गर्थी, स्वतन्त्रसँग अझै पनि हिड्न नसकेको कुरा गर्थी मसँग मैले भन्थे हेर साथी जिन्दगीमा कठोर र अठोट बोकेर हिड्नुपर्छ अनि मात्र आफ्नो लक्षमा पुग्न सकिन्छ । हामी छोरी मान्छे हिडेको हरेक पाइला–पाइला नाप्ने यो समाजको अगाडि हारले हैन जितले जित्नुपर्छ ।
कहिलेकाहीँ हारे भन्दैमा हरेस खानु हुँदैन । त्यहीँ हामी जन्मिएको गाउँ र समाजले हामीलाई कठोर संघर्ष र विद्रोह गर्न सिकायो त्यस गाउँको पनि लगानी छ हामीलाई । नहारेर त जित कहाँबाट हुन्छ र ? तेरो संघर्ष, आँट, अठोट र साहसलाई फेरि पनि सलाम छ सीता ।

उता हिजो मात्र राधासँग धेरै लामो समयपछि मेरो र उसको भेट भएको थियो । एकछिन त उसलाई मैले चिन्न सकिन किनकी राधा पहिलेको जस्तो थिइन् । उसको पूरै रूप रङ्ग नै बदलिएको थियो ।
पहिलेको जस्तो चञ्चले र चकचके अनुहार थिएन राधाको । उसका पहिला देखिने ती लालुपाते जस्ता ओठहरू आज कलेटी परेर बरबराई रहेका थिए । उसको अनुहारले मलाई केही भन्न र सम्झन खोजिरहेको प्रष्ट देखिन्थ्यो ।
जतिबेला राधा, सीता र म कक्षा पाँचमा पढ्थ्यौँ । ऊ त्यतिबेला निकै लगनशील, मेहनत, अनुशासन थिई । भविष्यमा गएर केही गर्न सक्ने साहस अनि आँट थियो ।
‘हुने विरूवाको चिल्लो पात’ भनेझै उसमा सबै गुण प्राप्त मात्रामा देखिन्थ्यो । तर विडम्बना त्यतिबेला समय उसको पक्षमा उभिएन उसलाई हुत्याएर पु¥याइदियो त्यो पराइ घरतिर ।
उसका सपनाहरू पलभरमै फुटेर गए । उसको भविष्यमा देखिएको चिल्लो पात पनि खस्रो बन्यो । ती निष्ठुरी बाआमासँग यति सानै उमेरमा विहे नगरी दिन कति हारगुहार गरी, कति आफ्नो भविष्यको भिख मागी सुनेनन् ती बाआमाले उसको कुरा सुन्दै सुनेनन् । बैरी बनिदिए उसको जिन्दगीमा ।
छोरीलाई पढाएर ठूलो मान्छे बनाउने, छोराजस्तै स्वतन्त्र हिड्न दिनुको सट्टा आफूजस्तै बन्न बुहारी बन्ने ट्रेनिङ सिकाइन राधालाई राधाको आमाले ।
खान पकाउन जान्नु, सफा गरेर भाडा माझ्न जान्नु, सासू–सुरासँग मुख नलाग्नु, जवाफ नफर्काउनु, कसैले दुई शब्द सुनाए सुनिदिनु, सानो स्वरमा बोल्नु, ठूलोसँग बोल्दा आँखा तल गर्नु, देवर नन्दलाई हजुर तपाईं भनेर सम्बोधन गर्नु,
पाहुनाहरूको सत्कार गर्नु, लोग्नेले भनेको मान्नु, भान्छामा काम गर्दा भाडा धेरै नबजाउनु, बाहिर सर्दा घरको जे नियम छ सबै मान्नु, गाउँघर धेरै नजानु ।
यति भाषण छोरीलाई सुनाउनु भन्दा ! छोरी तिमीले अहिल्यै विहे नगर, मजस्तै सधैं दासताको घुम्टो ओढेर नबस्, अझै धेरै पढ् यी कामहरू त आफै सिक्ने हो भनेकी भए राधा कति खुसी हुन्थी होला ।
तर यसो भनिन् राधाकी आमाले राधालाई सोझी राधाले पनि धेरै प्रतिवाद गर्न सकिन र त्यो कलिलो उमेरमै उसलाई विहे गराइदिएरै छोडे ।
राधाको विहे भइसकेपछि राधाले अब झनै पढ्न पाउने कुनै अवसर थिएन । त्यो अवसर उसकै बाआमाले लुटिदिएका थिए भने अरूको झन के कुरा गर्नु । सीता र मैले भने कसैको कुरा सुनेनौं ।
हामी घरबाट बाहिर निस्कन पनि छोडेनौँ कसले के भन्छ हामीलाई त्यो विषयमा कुनै सरोकार भएन हामी के बन्ने र कहाँ पुग्ने त्यही अठोट बोकेर नै हिड्यौं । त्यो समाज र आफन्तले हामीलाई अझै विहे गरेका छैनन् भनेर प्रश्नहरू बर्साउँथे तर हामीले कुनै चासो दिएनाँै ।
समयले विस्तारै कोल्टे फेर्दै जाँदा हामीले सुन्यौं राधाको पराइ घर पराइ जस्तै मात्र बनेन उसलाई त्यो घर म मसान घाट जस्तै बन्यो ।
राक्षसजस्तो लोग्ने लागेको, कुलतको बाटो र उसको कुटाइले राधाको शरीर नै फलाम जस्तो भइसकेको थियो । त्यहि क्रममै उसले राधालाई अनाहकमा अनेक आरोपहरू लगाएर राधासँग विहे भएको दुई बर्षमै अर्को विहे ग¥यो र राधाको जिन्दगी नर्क बनाएर आफू चाहिँ शहरतिर पस्यो ।
त्यतिबेला राधाको एउटा छोरा जन्मिसकेको थियो, उसलाई भने छोडेर कतै जान सक्ने सम्भावना थिएन । राधा त्यही घरमै बसी उसलाई आफ्नो माइतीघरमा आउन मन पनि लागेन किनकी विहे गर्दिन भन्दाभन्दै बाआमाले जवरजस्त विहे गराइदिएपछि, आफ्नै बा,
आमाले उसको कुरा नसुनेपछिका दिनहरूबाट उसको मन मरिसकेको थियो । उसले जति दुःख कष्ट भएपनि आफ्नै घरमा सहेर बसिरही ।
धेरै लामो समयपछि राधाको र मेरो भेट भयो । राधाले त्यतिबेला बाआमा भन्दा पनि आफ्नै गल्तीले विहे भएको कुरा मलाई सुनाई म झसङ्ग भए । राधाले भनी त्यतिबेला म पनि तिमीहरू जस्तै कठोर बन्दिएको भए, तिमीहरूले जस्तै कसैको कुरा नसुनेर, नडराएर आफ्नो बाटो हिडेको भए आज मेरो यो अवस्था आउने थिएन् ।
मैले भने हो राधा तिमीजस्ता धेरै छोरीहरू बाआमाको आदेश अनुसार अनुशासन र संस्कारको बाटोमा हिड्नाले धेरैको जिन्दगी बर्बाद भएको मैले देखेकी छु । फेरि अनुसान र संस्कारमा बस्नु भनेको अमान्छे बन्नु होइन ।
मैले भन्न खोजेको हामी महिला छोरीहरूले वर्र्षौदेखि ओढ्दै आएको जुन दासताको घुम्टो छ त्यसलाई च्यातेर हिड्नुपर्छ भन्न खोजेको जुन घुम्टो च्यात्न नसक्दा तिमीले तिम्रो आफ्नै श्रीमान्ले दिएको पीडा र दुःख सहनु प¥यो ?
तर हामी त्यो दुःख सहन सक्दैनथ्यौं अनि कुल्चेर हिड्यौं । अझै जिन्दगी लामो छ केही बिग्रेको छैन अब तिमी पनि विगतलाई भुलेर समाजले के भन्ला हैन म के बन्ने ? उद्देश्य बोकेर अगाडि बढ र तिमीले सहदै आएको पुरानो जञ्जाल तोडेर बढ अनि सहनशील हैन साहसी बन राधा ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here