- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरएरोलाइट ब्लकको आकर्षण

एरोलाइट ब्लकको आकर्षण

- Advertisement -spot_img

घोराही, १८ माघ । हिजोको समयमा ईट्टाका घरहरू बनाउँदै आएको थिए । महंगो पैसा खर्च गर्नुपर्ने र धेरै ईट्टाहरू घर निर्माणको क्रममा लाग्ने हुँदा झन्झटिलो हुँदै गएको छ ।
ग्राहकहरूको मागलाई मध्यनजर गर्दै र यि झन्झटिलोबाट मुक्त बनाउनको लागि बागेश्वरी सप्लायर्स घोराहीले एरोलाईट ब्लकको व्यवस्था गरेको छ ।
आधुनिक शहरीकरणसँगै आकर्षक घर निर्माण, कम खर्च र छिटो समयमा नै काम सम्पन्न हुने भएकाले यसको माग पनि बढ्दै गएको छ । ६ महिना पहिले मात्रै घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित हिरो शोरूम अगाडि सञ्चालनमा रहेको बागेश्वरी सप्लायर्सले यो सुविधाहरू प्रदान गर्दै आईरहेको छ ।

जर्मनी प्रविधिबाट नेपालमै उत्पादित एएसी ब्लक्सको सप्लाई गरिने सप्लायर्सका प्रोप्राईटर किरण न्यौपानेले जानकारी दिएका छन् ।
बुटवलमा विगत पाँच वर्षदेखि एनसेलको टेलिकममा काम गर्दै आएका न्यौपानेले बुटवलमा एरोलाईट ब्लक्सको राम्रो माग देखेपछि घोराहीमा पनि व्यवसाय सञ्चालन गर्ने निधो गरे ।
उनले टेलिकमको जागिर छाडेर एरोलाईट ब्लक्सको व्यवसाय शुरू गरेको एक वर्ष पनि भएको छैन् तर यसको माग बढ्दै गएको छ । शुरूको समयमा यहाँका मानिसहरूलाई एरोलाईट ब्लक्सको बारेमा बुझाउन, गुणस्तरको विश्वास दिलाउनसमेत समस्या भयो ।
विशेषगरी विदेशमा बसेका व्यक्तिहरूले यो ब्लक्सको बारेमा जानेको, बुझेको हँुदा र उनीहरूले नै यहाँबाट लगेर घर निर्माण गर्न थालेपछि देखासिकीकै रूपमा माग बढ्दै गएको उनले बताए ।
‘धेरैजसो विदेशमा बसेकाहरूले यो ब्लक्स लैजानुहुन्छ, उहाँहरूलाई यो विषयमा बुझाउनु पर्दैन्’ उनले भने ‘पछिल्लो समयमा त अन्य व्यक्तिहरूले पनि राम्रो देखेर लैजानु हुन्छ ।’
जर्मन प्रविधिबाट नेपालमै उत्पादित एएसी ब्लक एक हलुंगो, उच्च प्रविधियुक्त निर्माण सामाग्री भएको उनले बताए । जुन सिमेन्ट, बालुवा, चुना, आल्मिना, जिप्स, र पानीको मिश्रणबाट बन्न गरेको उनको भनाइ छ । एरोलाई ब्लक्स बजारमा पाइने निर्माण सामाग्रीमध्ये सबैभन्दा विश्वासिलो निर्माण सामाग्री भएको उनको दाबी छ ।

‘आफ्नो उपभोक्ताहरूलाई अन्तर्राष्ट्रियस्तरको र निर्माण सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन सदैव प्रतिवद्ध रहन्छ’ उनले भने ।
ब्लक्स प्राकृतिक सामाग्रीहरूको मिश्रणबाट उच्च प्रविधि प्रयोग गरी बनाईने हुँदा वातावरणमैत्री हुनुका साथै धेरै जलवायु विविधतामा पनि यो उपयुक्त प्राकृतिक निर्माण सामाग्री भएको उनले बताए
। एरोलाइट ए.ए.सी ब्लकको हलुका वजन, भुकम्प प्रतिरोधक, थर्मल इन्सुलेसन, ध्वनी प्रतिरोधक, छिटो छरितो, अग्नी प्रतिरोधक, वातावरणमैत्री,
ओस प्रतिरोधक, निर्माण सामाग्री र समयको बचत, दिगो निर्माण र पुनः प्रयोग गर्न सकिने यसको विशेषता रहेको न्यौपानेले बताए ।
यो ब्लकको जोडाईमा करौती÷रोटेरीकटर, ह्विल कटर, स्प्रीट लेभल, प्लमब, रवर म्यालेट, जावेल, हेडप्यान, इन्चि टेपहरूको औजारहरू आवश्यक पर्ने बताए ।
यसको जोडाई गर्दा मसलाका मिश्रण, मार्टारको मोटाई, ब्लक भिजाउने तरिका, ब्लक काट्ने तरिका, सिल÷लिन्टल बिम, पर्खालको हेरचाह, ईलेक्ट्रिक र सेनिटरी कार्य प्लाष्टरलाई विशेष ध्यान दिनुपर्ने बताए ।
एरोलाई ब्लकहरूको प्रयोग गरी आवासीय भवन, औद्योगिक भवन, व्यापारिक भवन, कार्यालय भवन, अस्पताल, पर्खाल, विशेष प्रकारका थिएटर, ध्वनी प्रतिरोधी निर्माण,
विद्यालय तथा कलेज भवनहरूको निर्माण गर्न सकिने बागेश्वरी सप्लायर्सका प्रोप्राईटर न्यौपानेले बताए । रातो ईट्टाको तुलनामा ३० प्रतिशत रकम सस्तो पर्ने उनको भनाइ छ ।
सस्तो पर्ने र आकर्षक घर देखिने भएकाले यसको माग पनि बढ्दै गएको उनको भनाइ छ । ६ महिनाको अवधीमा १६ लाखको कारोवार भएको उनले जानकारी गराए ।
चार ईन्चको ब्लकलाई एक सय ५५ रूपैयाँ पर्ने गरेको उनको भनाइ छ । त्यसैगरी ६ ईन्चको ब्लकलाई २ सय ३३ र आठ ईन्चको ब्लकलाई ३ सय १० रूपैयाँ मूल्य पर्ने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here