Friday, March 29, 2024
Homeविचारहाम्रो स्वास्थ्य तथा कर्तव्य

हाम्रो स्वास्थ्य तथा कर्तव्य

- Advertisement -spot_img

श्रीराम दहित

मानिस सामाजिक व्यक्ति भएको हुँदा उसलाई समूहमा बस्न मनपर्छ । व्यक्ति, परिवार, समाज हुँदै विशाल राष्ट्र निर्माण हुन्छ । देशको पहिचान विभिन्न विषयवस्तुले गरेको हुन्छ ।
हाम्रा पूर्वजहरूले नेपाललाई सुन्दर, शान्त र विशाल देशको रूपमा विश्वसामु परिचित गराएका तथ्यहरू हामीले पुस्तक अध्ययन गर्न पाएका छौँ ।
सुन्दर, शान्त र विशाल राष्ट्रलाई सर्वप्रथम सुन्दर बनाइ राख्न स्वयम्मा दायित्ववोध हुन् जरूरी हुन्छ । स्वास्थलाई मानवीय जीवनमा सभ्यताको प्रतीकको रूपमा लिने गरिन्छ ।
भनिन्छ ‘स्वास्थ्य नै धन हो’ व्यक्ति करोडपति किन नहोस् अस्वस्थ छ भने उसले मानवीय मूल्य मान्यताको महत्व तथा महसुस गर्नबाट बञ्चित हुन्छ ।
त्यसैले समाजलाई सभ्यताको पहिचान गराउँदै अमुल्य मानव जीवनलाई सदुपयोग गर्न गराउन व्यक्तिगत तथा सामाजिक स्वास्थ्यलाई व्यवहारिक प्रयोग गर्न आजको नितान्त आवश्यकता देखिन्छ ।
जसरी शहरी क्षेत्रमा मलमुत्रलगायतका फोहर सहजै व्यवस्थापन तथा नियन्त्रण हुन्छ र त्यहाँ बसोबास गर्ने व्यक्तिले सभ्य नागरिकको मान्यता पाएर गौरव र सम्मान तथा गाउँमा बसोबास गर्ने नागरिकले फोहोरी असभ्य नागरिक भइ अपमानित किन हुनुपर्ने ?
गाउँमा बसोबास गर्ने नागरिकले सुन्दर स्वस्थ्य तथा सभ्य समाज निर्माणमा उसको दायित्व के ? स्वास्थका कारण लाग्ने प्राणघातक सरूवा तथा नसर्ने रोगबाट धनजनको क्षति, खानपिन तथा फोहर व्यवस्थापनका उचित तरिका सर्वसाधरणहरूका लागि चेतनामूलक गोष्ठी,
तालिम तथा अन्तरक्रिया गर्न सम्बन्धित निकाय सरोकारवाला व्यक्ति, संघसंस्थाले समयमै गर्नुपर्ने देखिन्छ । अधिकांश नागरिक तथ्यांकअनुसार शिक्षित देखिएता पनि आधरभूत शिक्षाको पहुँच बाहिर छन् ।
त्यसैकारण स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गम्भीरताका साथ हेर्ने गरिएको पाइदैन । यस जटिल परिस्थितिलाई धार्मिक संगठन, अभियान्ता, सामाजिक कार्यकर्ता, राजनैतिक कार्यकर्ताले स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गम्भीर रूपमा लिई समाधानतर्फ आत्मीयरूपमा लागि परेमा समाधान सहजै हुने देखिन्छ ।
अभियानको रूपमा खुला दिसापिसावमुक्त क्षेत्र घोषणासँगै मलमुत्रको उचित व्यवस्थापनबाट हुने फाइदा जस्तै ग्यास चुलो प्राङ्गारिक मल निर्माणको व्यवहारिक प्रयोग गराउनुपर्ने हुन्छ ।
आवश्यकता अनुसार ग्रामीण तथा शहरी क्षेत्रमा सार्वजनिक सर्वसुलभ शौचालय निर्माण सरकारी नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न गराउन जरूरी छ ।
सार्वजनिक स्थान तथा सरकारी गैरसरकारी कार्यालयहरूबाट उत्पन्न हुने फोहरलाई मोहरको रूपमा परिणत गर्न मानवबस्ती भन्दा टाढाको दूरीमा कुहिने, नकुहिने तथा पुनः प्रयोग हुने बस्तु छुट्टाछुट्टै व्यवस्थापन सदुपयोग गराउन आवश्यक जनशक्ति प्रयोग गरि रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।
संघीय, प्रदेश सरकार तथा स्थानीयतहले देशव्यापी रूपमा दीर्घकालिन स्वास्थ्य नीति पारित गरी कार्यान्वयन गरेमा वार्षिकरूपमा हुने अरबौंको आर्थिक क्षति अकालमा हुने मृत्युदर न्यूनीकरण हुने थियो ।
र नागरिकले स्वास्थ्यको महत्व तथा आफ्नो कर्तव्यबोध गर्दै स्वस्थ, शान्त तथा सभ्य व्यक्ति र समाजको महसुस व्यवहारिक रूपमा गर्ने थिए कि ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here