- Advertisement -spot_img
Thursday, June 17, 2021

गजल

- Advertisement -spot_img

कपिल मणि

मैले ठूलै युद्ध जित्नुपर्छ तिमीलाई फकाउन पनि
अनि तिमी आँखा अघि हुनुपर्छ म मुस्कुराउन पनि
जहाज चढेर मुग्लान पुग्छ एक देश बोकेको मन
बडो मुस्किल छ चलिरहेको जिन्दगी चलाउन पनि
बरू म आफै दुखिदिन्छु अनि रोईदिन्छु म आफू नै
म चाहन्न मेरो कारणले कसैको मन दुखाउन पनि
कहाँ सजिलो छ र यहाँ हाँसे जस्तै रून महोदय
हिम्मत चाहिन्छ कसैको यादमा आँसु बगाउन पनि
सीमानामा बा–आमा रूदैछन् हारगुहार गर्दैछन्
मैले छातीमा गोली थाप्नुछ बा–आमा बचाउन पनि
बेलझुण्डी, दाङ्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here