सरकार काण्ड मच्चाउनमै व्यस्तः कोईराला

घोराही, १३ फागुन । नेपाली काँग्रेसका महामन्त्री शशांक कोईरालाले सरकार सत्तामा मात्रै केन्द्रित भएको बताएका छन् । काण्डै काण्डमा फसेको सरकार आफ्नो सत्ता कसरी जोगाउने ? भन्ने विषयमा केन्द्रित भएको उनले बताए । ‘दुई तिहाईको सरकार छ, सत्ता आफ्नै छ’ गिरिजाप्रसाद कोईरालाको योगदानको विचार गोष्ठीलाई सम्वोधन गर्दै महामन्त्री कोईरालाले भने ‘शक्तिमा हँुदाहुँदै पनि जनताको भावनाअनुसार काम गर्न किन […]

Continue Reading

प्रदेशको विकास अधुरोःपोख्रेल

तुलसीपुर, १३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आवश्यकताअनुसार प्रदेशको विकास हुन नसकेको बताएका छन् । जनताको अपेक्षा, आवश्यकता र जनभावनालाई ख्याल गर्न नसक्दा सरकारको समृद्धितर्फको यात्रा कमजोर भएर जान सक्ने बताए । सोमबार दाङको बेल्झुण्डीमा सञ्चालन भएको प्रदेश एक्स्पो समापनका अवसरमा मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले सरकारले समृद्धिको यात्रा तय गरेको भएपनि […]

Continue Reading

सम्भावना खोज्ने प्रयास

दाङको बेलझुण्डीमा फागुन १० देखि १२ सम्म प्रदेश एक्स्पो सञ्चालन भएको छ । सरकारले आफूले गरेका कामको जनतालाई जानकारी दिने, जनताले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको प्रवद्र्धन र आर्थिक समृद्धिका लागि नविनतम प्रविधिको खोजीका लागि प्रदेश एक्स्पो सञ्चालन गरेको सरकारको दाबी छ । प्रदेश एक्स्पोमा प्रदेशभरी रहेका १०९ वटै स्थानीय तहले आफ्नो क्षेत्रमा उत्पादन हुने स्थानीय सामग्री, कला, […]

Continue Reading

ओलीको अब कुर्सीमा बस्ने नैतिकता छैनः गगन थापा

घोराही, १३ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपि ओलीको कुर्सीमा बस्ने नैतिकता हराईसकेको बताएका छन् । उनले वर्तमान सरकार र मन्त्रीको दैनिकजसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराईसकेको टिप्पणी गरे । ‘कति काण्ड उहाँसँगै छन्, कति अरूसँग भए’ उनले भने ‘यसले पनि ओलीको पदमा बस्ने नैतिकता देखिदैन ।’ गिरिजाप्रसाद कोइराला फाउण्डेशनले […]

Continue Reading

तिलसरालाई जस्तापाता र दुहुनो भैंसी

रूकुम, १३ फागुन । तिलसरा विष्ट श्रीमान् छविकुमार वलीसँग टाढा भएको करिब एक दशक बढी भयो । उनीहरू दुबैजना कानुनी रूपमा अलग नभए पनि भौतिक रूपमा टाढा छन् । श्रीमानसँग टाढा हुँदाको पीडा उनलाई एकतिर छ भने अर्कोतिर उनको परिवार नै आर्थिकरूपले सक्षम नहुँदा झनै समस्या छ । उनका श्रीमान् छविकुमार करिब दश वर्ष अघिदेखि नै कर्तव्य ज्यान मुद्दामा […]

Continue Reading

दंगीशरणमा राष्ट्रपति रनिङ शिल्ड

दंगीशरण, १३ फागुन । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले खेलकुदलाई स्वास्थ्य र अनुशासनसँग जोड्न सकिने बताएका छन् । खेलको विकासका लागि दंगीशरण गाउँपालिकामा सोमबारदेखि शुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन् । ‘खेलमा जुनखालको जति सम्भावना छ, त्यसलाई हामी निकाल्न सकेका छैनौँ, त्यसैले अहिले नेपाल सरकारले प्रत्येक गाउँपालिकामा सुविधा सम्पन्न खेल ग्राउन्ड […]

Continue Reading

स्थापना दिवसमा विभिन्न प्रतियोगिता

घोराही, १३ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५०औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुको उद्घाटन गरिएको छ । प्रतियोगिताको सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि श्रेष्ठले रेफ्रीलाई फुटबल हस्तान्तरण […]

Continue Reading

महरालाई दाङमा स्वागत

दाङ, १३ फागुन । बलात्कार प्रयास आरोपमा सफाई पाएपछि निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्रमा आएका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद पदमा विजयी भई सभामुख बनेका महराले बलात्कार प्रयासको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । केही दिन पहिले काठमाडौँ जिल्ला अदालतले महरा निर्दोष रहेको फैसला गरेपछि उनि मुक्त भएका हुन् । […]

Continue Reading

एक्स्पोमा ‘काष्ठ र हस्तकला’

तुलसीपुर, १२ फागुन । स्टलको एकछेउ काष्ठकलाले भरिएको छ भने अर्को छेउ हस्तकलाले । जहाँ विभिन्न समुदायका धार्मिक, साँस्कृतिक र जातीय पहिचान झल्कने थरीथरीका सामग्रीहरू सजाएर राखिएका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको उद्योग, पर्यटन र संस्कृति प्रदर्शनका लागि स्टलमा राखेका काष्ठकला र हस्तकलाले सबैलाई आफूतिर केन्द्रित गरेको छ भने एक्स्पोलाई समेत थप आकर्षित बनाएको […]

Continue Reading

तुलसीपुरमा वन उद्यम कार्यशाला

‘वनलाई व्यवसायसँग जोडौँ’ तुलसीपुर, १२ फागुन । तुलसीपुर उपमहानगरपालिकाले पहिलोपटक वन उद्यमसम्बन्धी कार्यशाला गरेको छ । प्रदेश एक्स्पोको अवसर पारेर उपमहानगरले कार्यशाला सञ्चालन गरेको हो । कार्यशालामा वनसम्बन्धी विभिन्न फरक–फरक विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा वन उद्यमका बारेमा वोल्दै कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपाललाई विश्वमा चिनाउनका लागि सामुदायिक वनको महत्व धेरै रहेको कुरामा जोड दिइन् । […]

Continue Reading