- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरफुलकभरेज महोत्सव

फुलकभरेज महोत्सव

- Advertisement -spot_img

दाङ, १७ माघ । बिहीबार तुलसीपुर महोत्सव दर्शकले फुलकभरेज भएको छ । महोत्सवको सातौ दिनसम्म बढ्दै गएका दर्शकले बिहीबार फुलकभरेज गरेका हुन् । मञ्ज स्टलमा मात्रै हैन सबै क्षेत्रमा दर्शकको भीड थियो ।
महोत्सवमा दर्शकको फुलकभरेज हुँदा बैकल्पिक द्वारको समेत व्यवस्थापन आयोजकले गरेका थिए । दैनिक बढ्दै गएका महोत्सवमा दर्शकहरूले बिहिवार सोचेभन्दा बढी देखिदा व्यवस्थापनमा समेत समस्या देखिएको थियो ।
बिहीबारका कलाकारहरूको प्रस्तुति पनि फुलकभरेज जस्तै दिखिएको थियो । गीत, नृत्य हँुदै हाँस्यव्यङ्गेसम्मका प्रस्तुति राखिएको थियो ।
दिनहरू बढदै गर्दा तुलसीपुर महोत्सवमा रौनकता पनि थपिदै गएको छ । महोत्सवमा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिमा दर्शकहरू रमाउने गरेका छन् ।
बिहीबार पनि त्यस्तै प्रस्तुति रहेदा दर्शक पूर्णरूपमा रमाएको आयोजकको दाबी छ । बिहीबार २० हजार दर्शकले मेला अवलोकन गरेको अनुमान गरिएको छ । महोत्सवमा ‘मन बिनाको धन ठूलो कि,
धनबिनाको मन’ बोलको गीत गाउने चर्चित कलाकार टंक बुढाथोकीले दर्शकहरूलाई नचाए भने अशोक दर्जी, एसआर दर्जको भूमिका पनि त्यस्तै रहेको थियो ।
यस्तै प्रेमप्रकाश वलीले ओखर काँचो छ भन्ने बोलको गीतमा दर्शकलाई नचाए । कलाकार तथा पत्रकार देवेन्द्र बस्नेतले पनि आफनो प्रस्तुतिमा दर्शक नचाएका थिए । ‘चिलबस्यो टुप्पैमा’,
‘भयो भेट तुलसीपुर चोकैमा दिलबस्यो रूपैमा’ बोलको गीतमा धेरै कलाकर्मीहरूले साथ दिए । ‘फुलैको भर लाग्ने, च्वास्स विझ्ने काँडैको डर लाग्ने’ चुड्किलाले युवतीहरूलाई झस्काएको थियो ।
भिड अत्यन्तै भएपछि केहीबेर टिकट बिक्री रोकिएको थियो । थरीथरीका सबै स्टलहरू भरीभराउ थिए । थारू समुदायको ढिक्री र घोङ्घीदेखि नेवार समुदायको नेवारी परिकार यामोरी र मासको बाराले पनि दर्शकहरूलाई लोभ्याएको थियो । चक्कु चुलेसीदेखि स्काभेटरसम्म महोत्सवका विभिन्न स्थलहरूमा व्यवस्थापन गरिएको छ ।
त्यसैगरी सबैभन्दा बढी भिड बाल उद्यानमा देखिएको छ । करिव पचासभन्दा बढी बाल खेलहरू महोत्सवस्थलमा व्यवस्थापन गरिएका छन् ।

घोराहीमा अञ्जली र बद्रीको प्रस्तुति

यसैबीच दाङ चेम्बर अफ कमर्सको आयोजनामा घोराहीमा सञ्चालन भइरहेको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को सातौं दिन गायक बद्री पङ्गेनी, मोडल अञ्जली अधिकारीले प्रस्तुति दिएका छन् ।
बिहीबार दर्शकहरूको संख्यासमेत निकै बढेको थियो । मञ्चमा दर्शकहरूले खचाखच भरिएको थियो । बिहीबार महोत्सवमा १० हजार बढी दर्शकहरूले अवलोकन गरेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले जानकारी दिए ।
अरू दिनभन्दा बिहीबार निकै धेरै दर्शकहरू आएको चेम्वर अफ कमर्स दाङकी सह–कोषाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिइन् ।
‘यसरी दर्शकहरूको संख्या दिनप्रतिदिन बढीरहदा हामी निकै खुशी भएका छौं’ उनले भनिन्, ‘हामीले अपेक्षा गरेकोभन्दा निकै भव्य र सभ्य तरिकाले महोत्सव सफल हुने देखिएको छ ।’
महोत्सवमा लोकप्रिय गायक बद्री पङ्गेनीले शुरूमा आमाहरूलाई लक्षित गरी विदेशिएको छोराले छुट्टी नपाएर घर नआएको विषयलाई समेटेर गीत गाएका थिए । गीतमार्फत कम्पनीले छुट्टी नदिएको अर्को वर्ष अवश्य आउँछु भन्ने भावको गीत गाउँदा धेरै आमाहरूको आँखा रसाएको थियो ।
त्यस लगत्तै बद्रीले युवाहरूलाई लक्षित गरी ‘पानी सलल’, ‘सुर्खेत बुलबुल ताल’, ‘ससुरालीमा’लगायतका गीत गाउँदा युवाहरू छमछमी नाचेका थिए । कार्यक्रममा चर्चित मोडले अञ्जली अधिकारीले विभिन्न विगतमा नृत्य प्रस्तुत गरेकी थिइन ।
जो कोहीले पनि गुनगुनाउने सालको पातमा अभियनसँगै नृत्य प्रस्तुत गरेकी थिइन । अधिकारीले महोत्सवमा पनि उस्तै अभिनय गरेर दर्शकहरूलाई आफूतिर आकर्षित गरिन् ।
अरूबेला हो हल्ला गरेर कलाकारहरूसँग रमाउने युवायुवतीहरू अञ्जलीको अभिनयमा ध्यान केन्द्रित गरेका थिए ।
गीतका शब्द–शब्दहरूमा हाउभाउ गर्न जानेकी अञ्जलीले सबै दशकहरूको मन आफूतिर तानिन् । अन्य दिनको तुलनमा बिहीबार घोराहीमा दर्शकहरूको घुईचो लागेको थियो । सानो बच्चा लिएर आमाहरू पनि महोत्सव हेर्न आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here