Monday, March 25, 2024
Homeफिचरतुलसीपुरमा मिनी म्याराथुन

तुलसीपुरमा मिनी म्याराथुन

- Advertisement -spot_img

तुलसीपुर, १७ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी घुम्न जाउँ तुलसीपुरअन्तर्गत तुलसीपुरमा मिनी म्याराथन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
तुलसीपुर–अमिलिया सडक खण्डको विरेन्द्र चोकबाट सुरू भएको प्रतियोगिताका सहभागीहरू टरिगाउँ विमानस्थलसम्म पुगेर फेरी महोत्सवस्थल हात्तीखौवामा आइपुगेका थिए ।
प्रतियोगिताको शुभारम्भ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् । नगरप्रमुख पाण्डेले तुलसीपुरलाई स्पोर्ट सिटीका रूपमा विकास गरिने बताए ।
मिनी म्याराथन प्रतियोगितामा नेपालगञ्जदेखि दाङसम्मका कम्तिमा ६२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरूषतर्फ अरूण केसी प्रथम, अशोक सुनुवार राई दोस्रो, रविन वली तेस्रो, लेखनाथ महर चौथो, बेदबहादुर वली पाँचौं र पारस सुनार छैठौ भए ।
त्यसैगरी महिलातर्फ प्रथम सीमा चौधरी, दोस्रो शर्मिला घर्ती, तेस्रो अनिषा चौधरी, चौथो झरना बुढामगर, पाँचौमा रेशमा रोकाक्षेत्री र छैठौमा सदीक्षा चौधरी रहेका छन् ।
आयोजक समितिले प्रथम महिला पुरूष दुबैलाई प्रतिव्यक्ति ७ हजार दोस्रो हुनेहरूलाई ३ हजार ५ सय, तेस्रो हुने दुबैलाइ प्रतिव्यक्ति २५ सय रूपैयाँ र अन्य विजेतालाई सान्त्वना पुरस्कार दिइएको छ । प्रतियोगिताको संयोजन तुलसीपुर महोत्सव खेलकुद उपसमितिका संयोजक हेमेन्द्र खड्काले गरेका थिए ।
प्रतियोगिता गर्न तुलसीपुरका खाल्डाखुल्डी परेका कारण प्रतियोगीलाई सास्ती भएको थियो । प्रतियोगिताको लागि र सडकको लाज छोप्न बालुवा हालेर खाल्डा पुरिएको छ ।
बर्षौदेखि सो सडक खण्डका खाल्डाखुल्टीहरू मर्मत भएको छैन । ‘मैले यहां व्यापार गर्न थालेको १२ वर्ष भयो, तर एकपटक पनि सडक मर्मत भएको र नाला सफा गरिएको देखेको छैन’ तुलसीपुर ‘क’ लाइनस्थित विमल मोवाइलका सञ्चालक विमल पौडेलले भने ।
पटक–पटक यो विषयमा विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन/ प्रशारण गरेपनि सरोकारवालाको ध्यान जान सकेको छैन । केही समयको अन्तरालमा तुलसीपुर उपमहानगरपालिकाका भित्री सडकको कामचलाउ मर्मत गरेपनि राजमार्ग क्षेत्रमा पर्ने यी दुई मुख्य सडकहरू भने बर्षौदेखि मर्मत हुन सकेको छैन ।
प्रतियोगिता अवधिभरी सडक खाली गर्ने आयोजक ट्राफिकको व्यवस्थापन देवेन्द्र केसीले गरेका थिए । प्रमुख प्रशिक्षकको भूमिकामा एथ्लेटिक्स प्रशिक्षक पद्मा चौधरी थिइन् भने औपचारिक कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here