- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशत्रुजीव व्यवस्थापन गर्न आइपिएम

शत्रुजीव व्यवस्थापन गर्न आइपिएम

- Advertisement -spot_img

बालीमा आक्रमण गर्ने शत्रु जीवजस्तै रोगका कारक तत्वहरू, किरा, मुसा, झार आदिको कारण करिब ४० प्रतिशत नोक्सान हुने गर्दछ । बालीमा लगाउने वा खेती गर्ने तरिका, रेखदेख, वातावरण या संक्रमणको माध्यमबाट शत्रुजीवको संक्रमण हुने गर्दछ ।
जसले गर्दा हरेक किसानलाई शत्रुजीवको नियन्त्रण एक जटिल समस्याको रूपमा देखिने गर्दछ । बीउ कामदार मल सिंचाई आदिमा लगानि लगाई बाली भित्र्याउने बेला शत्रुजीवको प्रकोपले बाली नै सखाप हुँदा हरेक किसानलाई क्षति हुन्छ नै दुःख लाग्छ नै । तर जुनसुकै शत्रुजीव हुन् तिनको नियन्त्रण गर्न भने नसकिने भन्ने हुँँदैन ।
तर बालीमा देखिएको समस्याको बारेमा गहन अध्ययन गरी सही नियन्त्रण विधिबारे जानकारी लिई अबलम्वन गर्न भने अति नै आवश्यक छ । तर कसरी शत्रुजीवको सफल नियन्त्रण गर्न सकिन्छ त ?
विगतको इतिहासलाई एकपटक हेर्ने हो भने शत्रुजीवको नियन्त्रणको लागि अनेक विधि अपनाइने गरेको पाइन्छ । मानव जातिको अस्तित्व सुरू भएदेखि भनाँै या खेतीपाति गर्न सुरू गरेदेखि, मान्छे आफैले प्रयोग गर्दै सिक्दै नयाँ तरिका या प्रविधिको विकास गर्दै आएको छ ।
१८आँै शताब्दीको समयबाट शत्रुजीवको नियन्त्रणमा अनेक चिजहरू जस्तैः विरूवाबाट निकालिएका पदार्थ या रसायनहरूको प्रयोग गर्ने गरिएको पाइन्छ । त्यस्तै विस्तारै विभिन्न प्रकारका रासायनिक बिषादीको प्रयोग गरी शत्रुजीवको नियन्त्रण गर्ने गरिएको पनि धेरै लामो समय भएको छैन ।

नियमित रासायनिक विषादीको प्रयोगको कारणले रोग र किराहरूको विषादी पचाउन सक्ने क्षमतामा वृद्धि हुनुको साथै आर्थिक रूपमा पनि महंगो बन्दै जान्छ । वैज्ञानिक रूपमा एकीकृत शत्रुजीव व्यवस्थापन विधि अपनाउन सके शत्रुजीवको सफल व्यवस्थापन गर्न सकिनुको साथै स्वस्थ बाली उत्पादन र वातावरणको समेत संरक्षण गर्न सकिन्थ्यो ।


तर समय बित्दै जाँदा रासायनिक बिषादीको उच्च प्रयोगले गर्दा मानव स्वास्थ, वातावरण र पर्यावरणमा पर्ने नकारात्मक असरहरूको बारेमा पनि समीक्षा गर्न थालेपछि भने त्यस्ता रासायनिक विषादीको प्रयोगमा न्यूनीकरण ल्याउन बैकल्पिक तरिकाहरूको बारेमा अनुसन्धान र प्रयोग गर्न थालियो ।
लामो समयको अध्ययन र प्रयोगपछि क्ष्एः विधि शत्रुजीव नियन्त्रणको लागि फाइदाजनक रहेको कुरा बाहिर आउन थाल्यो र कृषकहरूलाई सिफारिस गर्न थालियो ।

के हो त एकीकृत शत्रुजीव व्यवस्थापन विधि ?

सरल भाषामा व्याख्या गर्ने हो भने एकिकृत शत्रुजीव व्यवस्थापन भनेको शत्रुजीव व्यवस्थापनका सम्पूर्ण तरिकाहरूको मिश्रित तथा वैज्ञानिक प्रयोग गरी शत्रुजीवको सफल व्यवस्थापन गर्नु हो ।
अपनाइने विधिहरूमध्ये भौतिक, कृषिगत, यान्त्रिक, जैविक, कानुनी या रासायनिक विधिहरू पर्दछन् । तर रासायनिक विधि भने अन्तिम विकल्पको रूपमा प्रयोग गरिन्छ । यसो गर्दा वातावरण तथा पर्यावरणको सुरक्षा हुने, स्वस्थ बाली उत्पादन हुनुको साथै मानव स्वास्थको लागि पनि हानीकारक नहुने देखिन्छ ।

१. भौतिक विधि

बाली उत्पादनको दौडानमा बालीमा देखिने विभिन्न शत्रुजीवहरूको व्यवस्थापन भौतिक तत्वहरू जस्तैः सूर्यको प्रकाश, ताप, सापेक्षिक आद्रता आदिको उचित प्रयोग गरिनु नै भौतिक नियन्त्रण विधि हो ।
शत्रुजीवको आक्रमण अघि नै यी विधिहरूको प्रयोग गरिए संक्रमणको सम्भावना कम हुने गर्दछ । जस्तैः भण्डारणको समयमा देखिने विभिन्न किराहरू जस्तैः पुत्ला, घुन आदिको संक्रमण हुन नदिन बाली भण्डारण पूर्व नै चर्को घाममा ३÷४ दिनसम्म सुकाउनु पर्दछ । त्यस्तै भण्डारण पश्चात् आक्रमण गरेमा फेरि चर्को घाममा सुकाउँदा किराको अण्डा लार्भा प्यूपा मर्नुको साथै वयस्क पनि हटाउन सकिन्छ ।

२. कृषिगत विधि

बाली उत्पादनको तरिकाहरू जस्तैः रोप्ने, गोडमेल गर्ने समय, रोप्ने तरिका, बाली चक्र, प्रतिरोधात्मक क्षमता बढी भएका जात आदिको प्रयोग गरी सम्भाव्य आक्रमणलाई व्यवस्थापन गर्न सकिन्छ ।
जस्तैः रोग या किराको संक्रमण समयभन्दा अगाडि या पछाडि रोप्दा संक्रमण रोक्न सकिन्छ । त्यस्तै कम्तिमा १ कोसेबाली पर्ने गरी बाली चक्र अपनाउदा पनि रोग किराको संक्रमण हदसम्म कम गर्न सकिन्छ
रोग या किराको संक्रमण देखिएमा ३/४ वर्षसम्म फरक परिवारको बाली लगाउनुपर्दछ । यसो गर्दा रोगको कारकतत्वले वैकल्पिक आश्रयदाता नपाई नष्ट हुने गर्दछ ।

३. यान्त्रिक विधि

विभिन्न यन्त्र, औजार या मेसिनहरूको प्रयोग गरी शत्रुजीवको व्यवस्थापन गर्ने विधिहरू नै यान्त्रिक विधिहरूअन्तर्गत पर्दछन् । मोहोनी पासोः मोहोनी पासो भनेको पोथी किराको जस्तै गन्ध भएको कृत्रिम रसायन हो ।
जसको प्रयोगले भाले किराहरूलाई आषर्षिक गरी पासोमा पारी मार्ने गर्दछ । जसको कारणले गर्दा भाले र पोथीबीच प्रजनन् क्रिडा नभई उक्त किराको संख्यामा कमि आउँदछ ।
मोहोनी पासोहरू किरा अनुसार फरक–फरक हुने गर्दछन् । जस्तैः मिठाइ युजिनल (फल कुहाउने औसा), हेली ल्युर (गोलभेडाको फलको गवारो), पिटिएम ल्यूर
(जोताहा पुतली) आदि ।
पहेंलो चिप्कने पासो
सामान्यतया किराहरूको नियन्त्रणको लागि तयार पारिएको पहेलो रंगको चिप्कने पदार्थ भएको वस्तु नै पहेंलो चिप्कने वस्तु हो । किराहरूले पहेलो रंग चिन्न नसक्ने भएकाले पहेंलो फूलमा किरा झुमिए जस्तै सो पासोमा किराहरू आइ मर्दछन् ।
प्रकाशको पासो
केही किराहरू प्रकाशसँग निकै नै आकर्षित हुने गर्दछन् । त्यस्ता किराहरूको नियन्त्रणको लागि रातिको समयमा बारीमा प्रकाशको पासो (बत्ती बालेर मुनि पानि या बिषादीको घोल राख्ने) राख्दा यस्ता प्रकृति भएका किराहरू नियन्त्रण गर्न सकिन्छ ।

४. जैविक विधि

जीवित वस्तुहरू जस्तै किरा, ब्याक्टेरिया, बिरालो, हास या जीवित वस्तुहरूबाट तयार पारिएका जैविक विषादीहरूको प्रयोग गरी शत्रु जीवको नियन्त्रण गर्न सकिन्छ ।
जैविक विषादी
पिरो, टर्रो, गुलियो, तितो आदि स्वाद भएका विभिन्न विरूवाहरू जस्तैः तितेपाती, निम, बकाइनो, खुर्सानी, आँप आदिका पात या फलको प्रयोग गरी गहुत, गोबर, खरानी आदि मिसाई कुहाएर घरमै जैविक विषादी (झोलमल) तयार पारी प्रयोग गर्न सकिन्छ । विभिन्न सूक्ष्म जीवहरू जस्तै ट्राइकोड्रमा, ब्यासिलस आदिको प्रयोग गरेर पनि शत्रुजीवको नियन्त्रण गर्न सकिन्छ ।

५. कानुनी विधि

रोग किराको संक्रमण हुन नदिन संक्रमित बालीजन्य बस्तु जस्तैः बीउ, वेर्ना आदि आयात गर्दा स्थापित कानुनको आधारमा व्यवस्थापन गर्नु नै कानुनी विधिअन्तर्गत आउँदछन् ।
ऐन, नीति, आदेश, निर्देशिका आदिको कार्यन्वयन गरी रोग किराको संक्रमण भएका बालीजन्य वस्तुहरूको ओसारपसारमा कडाइ गरी राष्ट्रियस्तरमा नै शत्रुजीव भित्रिन नदिन कानुनी विधि अपनाउन सकिन्छ ।
प्लान्ट क्वारेन्टाइन चेकपोष्टमा वस्तुको गुणस्तर र संक्रमण रहे नरहेको निश्चित गरी सम्भाव्य संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।

६. रासायनिक विधि

विभिन्न किसिमका रासायनिक विषादीको उचित प्रयोग माटो, विरूवा वा बीउमा गरी शत्रुजीवको व्यवस्थापन गर्न सकिन्छ । तर विषादीको प्रयोग भने शत्रुजीवको अत्याधिक आक्रमणपछि अन्तिम विकल्पको रूपमा गरिनुपर्दछ ।
कृषि प्राविधिकको सल्लाहबमोजिम सही विषादी उचित मात्रामा सही तरिकाले प्रयोग गर्नुपर्दछ । त्यस्तै प्रयोगपश्चात् पर्खनुपर्ने समय पर्खेर मात्र बाली उपभोग गर्नुपर्दछ ।
यसरी शत्रुजीव व्यवस्थापनको लागि अति नै प्रभावकारी मानिने एकीकृत शत्रुजीव व्यवस्थापन विधिको सक्दो प्रयो गर्नु जरूरी छ ।
सजिलोको लागि रासायनिक विषादीको प्रयोग गरिएता पनि स्वास्थ र प्रभावकारिताका दृष्टिकोणले एकीकृत विधि नै दिगो र प्रभावकारी रहन्छ ।
नियमित रासायनिक विषादीको प्रयोगको कारणले रोग र किराहरूको विषादी पचाउन सक्ने क्षमतामा वृद्धि हुनुको साथै आर्थिक रूपमा पनि महंगो बन्दै जान्छ ।
वैज्ञानिक रूपमा एकीकृत शत्रुजीव व्यवस्थापन विधि अपनाउन सके शत्रुजीवको सफल व्यवस्थापन गर्न सकिनुको साथै स्वस्थ बाली उत्पादन र वातावरणको समेत संरक्षण गर्न सकिन्थ्यो । (दाहाल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रि.वि.स्नातक कृषि विज्ञानमा अध्ययनरत छन् ।)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here