- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरविद्यालयमा श्रीपञ्चमी पूजा

विद्यालयमा श्रीपञ्चमी पूजा

- Advertisement -spot_img

दाङ, १७ माघ । माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी सरस्वतीको पूजा आराधना गरी बिहीबार विद्यालयस्तरमा विविध कार्यक्रम गरी मनाइएको छ ।
दाङमा पनि विभिन्न ठाउँमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सरस्वतीको पूजापाठ गरेर श्रीपञ्चमी मनाइएको हो । बसन्त पञ्चमीका रूपमा लिइने सरस्वतीको पूजा गरे विद्या बुद्धि हुने विश्वास छ ।
विद्यालय नपठाइएका बालबालिकालाई बसन्त पञ्चमीकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । बसन्त पञ्चमीका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
गोरो वर्ण भएकी तथा हातमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा , हंसबाहिनी, कौमारी, चन्द्रघण्टा भुवनेश्वरीका नामले पुकार्ने चलन छ ।
यसैबीच बसन्त पञ्चमीको अवसरमा बिहीबार जनता विद्यापीठ विजौरीको परिसरमा माता सरस्वतीको मन्दिर निर्माण गरी विद्यापीठलाई हस्तान्तरण गरिएको छ ।
कुलसचिव श्रीमाधव अधिकारी तथा प्राचार्य श्रीयोगराज शर्माको उपस्थितिमा उद्योगपति, समाजसेवी तुलसीपुर–१७ हेमन्तपुर निवासी अनोदकुमार देवकोटा र बविता देवकोटाले शिलान्यास गरेका हुन् । देवकोटा दम्पत्तिले निर्माण गरेको मन्दिर बिहीबार विद्यापीठलाई हस्तान्तरण गरिएको हो ।
यस्तै बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिनमा तुलसीपुर–६ मा रहेको दाङ भ्याली विद्यालयमा सरस्वतीको मूर्ति स्थापना गरिएको छ । बिहीबार विद्यालयमा सरस्वतीको मूर्ति स्थापना गरिएको संस्थापक प्रधानाध्यापक तिलक शाहुले जानकारी दिए ।
विद्यालयमा मूर्ति स्थापना गरेपछि पूजाआजाका लागि सहजता भएको उनले बताए । यस्तै तुलसी बोर्डिङ, सरस्वती माध्यमिक विद्यालय, सप्तरङ्गी इङ्लिस मिडियम स्कुल (सक्सेस), तुलसीपुर एकेडेमीमा पनि सरस्वती पूजाका साथ अक्षराम्भ गराइएको थियो ।

हिन्दु विद्यापीठको २८ औँ वार्षिकोत्सव

घोराही, १६ माघ । हिन्दु विद्यापीठको २८औँ वार्षिकोत्सव तथा सरस्वती पूजा कार्यक्रम घोराहीमा भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य रामदयाल गुप्ताको अध्यक्षता तथा प्रदेश नं ५ का सभासद अम्मरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथितिले पछिल्लो समय विद्यालयमा शिक्षासँगै संस्कार सिकाउन जरूरी रहेको बताएका थिए ।
साथै उनले शिक्षामा लगानी पहिलो प्रथामिकता दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा विद्यालयका प्राचार्य भोलानाथ योगी, विद्यालय व्यवस्थापन समितिका सदस्य पद्मप्रसाद शर्मा, लिलाधर पन्थी, विदेशी नागरिक एलिस र डोम, शिक्षिका शोभा पोख्रेल, विद्यार्थी सम्भव योगीलगायतले बोलेका थिए ।
कार्यक्रममा प्रत्येक वर्ष प्रदान गरिने सुकदेव रेवता कुमारी पुरस्कारबाट कक्षा १० मा अध्ययनरत जानका बोहोरालाई प्रदान गरिएको थियो । कार्यक्रममा पिताम्वर रिजाल, खड्क शर्मा, रूपलाल गिरी,
कमला योगीलगायतले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा अवसरमा भएका विभिन्न खेलमा प्रथम, द्वितीय विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
साथै विविध साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थीहरू सुर्वणकुमार नेपाली र दिपिका गीरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here