- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरपशुपति माविको अभिभावक भेला

पशुपति माविको अभिभावक भेला

- Advertisement -spot_img

तुलसीपुर, १७ माघ । तुलसीपुर उपमहागनरपालिका–१२ हरिपौरीमा रहेको पशुपति माविमा बृहत अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीको अध्यक्षता तथा वडा नम्बर १२ का अध्यक्ष सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा अभिभावक भेला भएको हो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले सरकारको शिक्षामा गरेको लगानीलाई सुरक्षित गर्नका लागि सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताए । उनले अहिले पनि कतिपय सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर हुँदा विद्यार्थी तथा अभिभावकको सामुदायिक विद्यालयप्रति विश्वास बढ्न नसकेको बताए ।
शिक्षाको सुधार गर्न तुलसीपुर उपमहानगरपालिकाले विभिन्न प्रयास थालेको भन्दै उपमहानगरको अभियानलाई सार्थक बनाउन पशुपति माविको पनि महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
विद्यालयमा बुधबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वका लागि चारजना सदस्य छनौट गरेको छ ।
भेलाले शभ्भु रेग्मी, गीता सार्की, भोजराज केसी र सरिता चौधरीलाई छनौट गरेको छ । छनौट गरिएका सदस्यबाट शिक्षा ऐन अनुसार एकजनालाई अध्यक्षमा छनौट गरिने विद्यालयका प्रधानाध्यापक रूद्रबहादुर डाँगीले जानकारी दिए ।
विद्यालयका सहायक प्रधानाध्याक सीमा बुढाथोकीको स्वागत मन्तव्यबाट शुरू भएको भेलामा प्रधानाध्याक डाँगीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
विस २०११ सालमा स्थापना भएको विद्यालयमा अहिले करिब ५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक शालिकराम डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here