- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरअधिवेशनको तयारी पूरा

अधिवेशनको तयारी पूरा

- Advertisement -spot_img

घोराही, १६ माघ । ग्यास बिक्रेता महासंघ नेपाल प्रदेश नं ५ को प्रथम साधारणसभा तथा प्रथम अधिवेशन माघ १८ गते हुने भएको छ । महासंघको प्रदेश ५ को तदर्थ समितिलाई पूर्णता दिनको लागि पहिलो साधारणसभा तथा अधिवेशन गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
संघका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठले प्रदेश ५ का १० वटा जिल्लाका ग्यास बिक्रेताहरू सहभागी हुने बताएका थिए । रोल्पा र पूर्वी रूकुममा भने समिति गठन नभएको उनको भनाइ थियो ।
अधिवेशनको उद्घाटन प्रदेश ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गर्ने उनले बताए । अधिवेशनको तयारी पूरा भईसकेको पनि जानकारी गराएका थिए । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।
महासचिव यादव श्रेष्ठले पत्रकार सम्मेलनमा सहभागीहरूलाई धन्यवाद दिएका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार निशानदाजु भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here